Thalara Khabar

  • Home
  • Thalara Khabar

Thalara Khabar थलाराखबरले सम्मानित समाचार मिडियामा समाचार संवादको रूपमा काम गर्दै आएको छ।

थलारा गाउँपालिकाको सुचना
31/10/2025

थलारा गाउँपालिकाको सुचना

28/10/2025

थलारा गाउँपालिका कार्यालयमा लगाएको ताला आज खुलेको छ ‌। असोज २१ गतेदेखि लगाइएको ताला आज खुलेको हो ।सडक निकासको मा.....

भारत हुँदै आउने २ मौसमी प्रणालीको असर नेपालमा: आज राति देखि नै वर्षा र हिमपात
27/10/2025

भारत हुँदै आउने २ मौसमी प्रणालीको असर नेपालमा: आज राति देखि नै वर्षा र हिमपात

यो साता नेपालमा मौसम सक्रिय रहने भएको छ। पश्चिमी वायुको प्रभाव, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको ख....

बझाङको थलारा गाउँपालिका–४ ठिङ निवासी ४० वर्षीया शान्तिदेवी जोशी भारतको नयाँ दिल्लीस्थित हरि नगर ई ब्लकबाट अक्टोबर २१ तार...
26/10/2025

बझाङको थलारा गाउँपालिका–४ ठिङ निवासी ४० वर्षीया शान्तिदेवी जोशी भारतको नयाँ दिल्लीस्थित हरि नगर ई ब्लकबाट अक्टोबर २१ तारेखदेखि सम्पर्कविहीन भएकी छन्।
परिवारका अनुसार शान्तिदेवी जोशी सो दिन दिउँसो करिब ३ बजेपछि सम्पर्कमा नआएको र त्यसपछि उनका मोबाइल फोनहरू समेत बन्द रहेको जानकारी दिएका छन्। उनी केही समयदेखि नयाँ दिल्लीको हरि नगर ई ब्लकमा बस्दै आएकी थिइन्।
जोशीका श्रीमान् चेतराज जोशीले पछिल्लो चार दिनदेखि शान्ति देवीको कुनै समाचार नआएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार आफन्त र साथीहरूका माध्यमबाट खोजी जारी भए पनि हालसम्म कुनै सुराग पाउन सकिएको छैन।
परिवारले शान्ति देवीलाई कसैले देखे वा भेटेमा मोबाइल नम्बर ९२८९३०२२३०, ८८००६८४५९६ र ०७५०३२५६३५३ मा सम्पर्क गर्न आग्रह गरेका छन्।
परिवारले सबै नेपाली दाजुभाइ तथा दिल्लीस्थित समुदायका सदस्यहरूलाई पनि सक्दो सहयोग गरी शान्ति देवी जोशीको खोजी कार्यमा साथ दिन अनुरोध गरेका छन्।

25/10/2025

बुङ्गल नगरपालिका वडा नं. १० बिचाघारस्थित वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ।

कार्तिक ८ गते साँझ करिब ५ बजे १० जनाको अज्ञात समूहले वडा कार्यालयको वडा अध्यक्ष बस्ने कक्षको ढोकाको ताला फोडी भित्र प्रवेश गरी एक थान Acer ल्यापटप, वडा अध्यक्ष प्रेम ओखेडाको टेबुलमा रहेको नेमप्लेट र कार्यालयको बाहिर राखिएको साइन बोर्डमा तोडफोड गरेको प्रहरीले जनाएको छ।

घटना भएको सूचना पाएलगत्तै साँझ ७ बजे अस्थायी प्रहरी पोष्ट पुतलीलेखबाट प्रहरी हवल्दार हरिश कुमार पार्किंको नेतृत्वमा टोली खटिएको थियो।

प्रहरीका अनुसार तोडफोडमा संलग्न व्यक्ति को हुन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। हाल घटनामा संलग्नहरू फरार रहेको र उनीहरूको खोजतलास जारी रहेको जनाएको छ।

24/10/2025

बझाङमा वडा अध्यक्ष र स्थानीयबीच झडप, दुवै पक्षका युवाहरू घाइते !

बझाङको जयपृथ्वी नगरपालिका–८ जोशी गाउँमा वडा अध्यक्ष पक्ष र स्थानीयबीच झडप हुँदा दुवै पक्षका युवाहरू घाइते भएका छन्।

घटना कार्तिक ४ गते लक्ष्मीपूजाको राति भएको हो। वडा अध्यक्ष लोकेन्द्र बोहराको समूह र स्थानीय चक्रप्रसाद जोशीको समूहबीच सामान्य विवादबाट सुरु भएको विषयले ठूलो रूप लिँदै झडपमा परिणत भएको वडा अध्यक्ष बाेहराले बताए ।

चक्रप्रसाद जोशीका अनुसार, जोशी गाउँको पसल नजिक बाटो हुँदै हिँडिरहेका बेला वडा अध्यक्षको समूहले आफूलाई कुटपिट गरेको आरोप लगाएका छन्। कुटपिटबाट उनको टाउकोमा चोट लागेको र जिल्ला अस्पताल बझाङमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएकाे स्वयं आफै बताउछन् ।

यस्तै, वडा अध्यक्ष बोहराका अनुसार आफूहरू बाइकमा जाँदै गर्दा जोशीले मदिरा सेवन गरेको अवस्थामा बाटो काट्दै धक्का–मुक्का गरेको र त्यसपछि झडप भएको बताएका छन्। हामी बाइकमा गइरहेका थियौं, उनले बाटो काटे र झगडा गर्न थाले, त्यस क्रममा हल्का चोट लाग्यो, अध्यक्ष बोहराले भने।

उनका अनुसार जोशी समूहका युवाहरूले ‘हामी जेनजी हौं’ भन्दै मदिरा सेवन गरेर दादागिरी देखाउन खोजेका थिए। “मैले मेरा केटाहरूलाई लफडा नगर भन्नेसम्म भनेको थिएँ, तर स्थिति नियन्त्रणबाहिर गयो,अध्यक्ष बोहराले बताए।

झडपमा वडा अध्यक्ष बोहरासहित उनका टिमका करिब ६ जना युवाहरूको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ। वडा अध्यक्ष बोहराको पनि टाउकोमा चोट लागेकाले उनलाई समेत थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
24/10/2025

दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।शुक्रवार बिहान लटिनाथबाट स....

थलारा गाउँपालिका वडा नम्बर ८ को डाडाबाग सायर मेला  सम्पन्न
22/10/2025

थलारा गाउँपालिका वडा नम्बर ८ को डाडाबाग सायर मेला सम्पन्न

थलारा गाउँपालिका वडा नम्बर ८ को डाडाबाग सायर मेला आज सम्पन्न भएको छ ।थलारा गाउँपालिका वडा नम्बर ८ को आर्थिक सहयोग ...

थलारा गाउँपालिका वडा नम्बर ८ को डाडाबाग सायर मेलाको दोस्रो दिन ८ वटा खेल भए, मंगलबार १२ बजे देखि देउडा कार्यक्रम
20/10/2025

थलारा गाउँपालिका वडा नम्बर ८ को डाडाबाग सायर मेलाको दोस्रो दिन ८ वटा खेल भए, मंगलबार १२ बजे देखि देउडा कार्यक्रम

थलारा गाउँपालिका वडा नम्बर ८ को डाडाबाग सायर मेलाको दोस्रो दिन ८ वटा खेल भएका छन।थलारा गाउँपालिका वडा नम्बर ८ को आ...

20/10/2025

बझाङमा कुटपिटबाट एक युवकको मृत्यु !

बझाङको जयपृथ्वी नगरपालिका–५ डिलबगरका २० वर्षीय अभिषेक थापाको कुटपिटबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मिति कार्तिक २ गते राति करिब ८ बजेर १० मिनेटमा स्थानीय अनिल थापा, प्रचण्ड थापा र खगेन्द्र जोशीले अभिषेक थापामाथि कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि धनगढी स्थित निसर्ग अस्पतालमा पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा कार्तिक ३ गते दिउँसो करिब १२ बजेर ५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

घटनामा संलग्न तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

19/10/2025

मष्टा गाउँपालिकामा सडक सफा गर्ने क्रममा ढुंगा खस्दा एक महिलाको मृत्यु भएको छ। आज वेलुका करिब ४ बजेर ५० मिनेट जाँदा मष्टा गाउँपालिका–६ कालाखालीको पारिपट्टी डुंग्रीबाट जिन्नाडा गाउँ जोड्ने शाखा सडक खण्डमा सुप–प्र ०१–००क १५३० नम्बरको जेसिबीले सडक सफा गरिरहेको समयमा माथिबाट खसेको ढुंगाले बाटोमा हिँडिरहेकी महिलालाई लागेको हो।

ढुंगाले लागेर जिन्नाडाकी करिब २२ वर्षीया निकिता थापा घाइते भएको र उहाँलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याइएकोमा करिब ५ बजेर ३० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनापछि जेसीबी र जेसिबी चालक बित्थडचिर गाउँपालिका–५ का २४ वर्षीया लक्ष्मण बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी खगेन्द्र धमलाले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थलारा गाउँपालिका वडा नम्बर ८ को डाडाबाग सायर मेला आजबाट सुरु
19/10/2025

थलारा गाउँपालिका वडा नम्बर ८ को डाडाबाग सायर मेला आजबाट सुरु

थलारा गाउँपालिका वडा नम्बर ८ को डाडाबाग सायर मेला आजबाट सुरु भएको छ ।थलारा गाउँपालिका वडा नम्बर ८ को आर्थिक सहयोग ...

Address


Alerts

Be the first to know and let us send you an email when Thalara Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thalara Khabar:

  • Want your business to be the top-listed Media Company?

Share