Jayaprithvi F.M. Bajhang

Jayaprithvi F.M. Bajhang Jayaprithvi F.M. An independent community FM station broadcasting from Bajhang district. There is a radio.

This FM has started regular broadcasting from 23rd August, 2022. The radio, which has become a reliable source of information, news and entertainme.

18/10/2025

तिहार देउडा

सुरु भयो झिलिमिली आयो दिपावली।
आगनमा दिया बाती दैलोमा रँगोली।।

धनकीदेबी लक्ष्मी माता भरिदिया झोली।
सम्पुर्ण नेपाली जनमा शुभ दिपावली।।

आला घाउको पीडा छनाई जलाउने हियार।
बनाउदैन खुशियाली मान्दैन तिहार।।

चार जात छत्तिस बरणको जो माला गासला।
उसै दिन बालुला दियो जैल देस हासला।।

जयपृथ्वी एफएम बझाङले आफ्नो स्थापनाको चार वर्ष पूरा गरी भोलीदेखि पाँचौं वर्षमा प्रवेश गर्ने भएको छ । मानवतावादी राजा तथा ...
22/08/2025

जयपृथ्वी एफएम बझाङले आफ्नो स्थापनाको चार वर्ष पूरा गरी भोलीदेखि पाँचौं वर्षमा प्रवेश गर्ने भएको छ । मानवतावादी राजा तथा राष्ट्रिय विभूति जयपृथ्वी बहादुर सिंहको स्मृतिमा २०७८ साल भदौ ७ गते स्थापित यस एफएमले शुरुदेखिनै शिक्षा, संस्कृति, चेतनामूलक कार्यक्रम तथा जनजीविकासँग जोडिएका मुद्दाहरूलाई प्राथमिकताका साथ प्रसारण गर्दै आएको छ ।

वार्षिकोत्सवका अवसरमा एफएमले जयपृथ्वी नगरपालिकास्तरीय कविता प्रतियोगिता आयोजना गर्नेछ भने विभिन्न जनचेतनामूलक सन्देश र अन्तरक्रियामूलक कार्यक्रमहरू प्रसारण गरिने जनाएको छ । त्यस्तै, नेपालकै पहिलो पत्रकारका रूपमा परिचित तथा मानवतावादी सिद्धान्त बोकेका राजा जयपृथ्वी बहादुर सिंहको विचार, योगदान र दर्शनबारे विज्ञ, इतिहासकार र सञ्चारकर्मीबीच विशेष बहस कार्यक्रम पनि प्रसारण हुनेछ ।

यससँगै जयपृथ्वी बहादुर सिंहको १४९ औँ जन्मजयन्ति पनि भोलीकै दिन विशेष रूपमा मनाइनेछ । उहाँले नेपाली भाषा, शिक्षा र पत्रकारिताको जग बसाल्दै मानव सेवा र चेतनाको मूल्यमान्यतालाई स्थापित गर्न जीवन समर्पण गर्नुभएको इतिहासविद्हरू बताउँछन् ।

जयपृथ्वी एफएम बझाङले स्थानीय मुद्दा, कृषि, स्वास्थ्य, शिक्षा, संस्कृति, सन्देशमूलक तथा मनोरञ्जनात्मक कार्यक्रममार्फत् समाज रुपान्तरणमा भूमिका खेल्दै आएको छ । पाँचौं वर्ष प्रवेशको यस अवसरमा रेडियोले अझै जिम्मेवार, प्रभावकारी र समुदायमुखी प्रसारणमा जोड दिने प्रतिबद्धता जनाएको छ ।

अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेले आफू राष्ट्रपति भए पछि राष्ट्रपति भवनका एसी झिकेर स्कुलमा जडान ग...
15/08/2025

अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेले आफू राष्ट्रपति भए पछि राष्ट्रपति भवनका एसी झिकेर स्कुलमा जडान गराए । उनले साँसद र मन्त्रीको तलब २०% ले घटाएर शिक्षक कर्मचारीको तलब ५०% ले बढाए। उनको राष्ट्रवादी सोचले कुल गार्हस्त उत्पादन पनि मनग्य बढेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसँग ऋण लिन नमानेको मात्रै होईन ४.७ अर्व विदेशी ऋण पनि फिर्ता गरिसकेका छन् । उनका प्रगतिशिल कदमहरूले अफ्रिकाको मात्रै नभएर विश्वकै एक उदाउदो लिडरका रूपमा उभ्याईदिएको छ ।

15/08/2025

Address

Seti
Bajhang
1500

Alerts

Be the first to know and let us send you an email when Jayaprithvi F.M. Bajhang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jayaprithvi F.M. Bajhang:

Share