Routine of Bajhang adda

Routine of Bajhang adda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Bajhang adda, News & Media Website, Bajhang.

सबैले सक्दो सहयोग गरिदिनु होला । देश लाई विपद् परेको छ। हामी जस्तै जनता मरेका छन् ।🥹🙏 जय देश जय नेपाल 🫡🙏
27/08/2026

सबैले सक्दो सहयोग गरिदिनु होला ।
देश लाई विपद् परेको छ। हामी जस्तै जनता मरेका छन् ।🥹🙏
जय देश जय नेपाल 🫡🙏

सिँदै मल बारीमा "Directly fertilizer into the field"📍 Deura Bajhang
17/08/2026

सिँदै मल बारीमा "Directly fertilizer into the field"

📍 Deura Bajhang

🐍 ॐ नमः नागदेवाय।ॐ अनन्ताय नमः। ॐ वासुकये नमः।ॐ शेषाय नमः। ॐ पद्मनाभाय नमः।नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना। 🙏🌺Pic -...
17/08/2026

🐍 ॐ नमः नागदेवाय।
ॐ अनन्ताय नमः। ॐ वासुकये नमः।
ॐ शेषाय नमः। ॐ पद्मनाभाय नमः।
नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना। 🙏🌺

Pic - Tr Panta

"अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र"यस्तै प्रकृतिका घटना भएका नागरिकलाई राहत हुने भयो’, स्थानीय शिव ...
09/08/2026

"अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र"

यस्तै प्रकृतिका घटना भएका नागरिकलाई राहत हुने भयो’, स्थानीय शिव भण्डारीले भने। बझाङमा चुनौती भनेकै भौगोलिक बनावट हो । चार दिनसम्म हिँडेर सदरमुकाम पुग्ने बझाङीहरू पनि छन्।

‘सरकारी कागजात नागरिकता पाउन हामीलाई रु २५ हजारसम्म खर्च गर्नुपर्छ’, साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्रबहादुर धामीले भने, ‘जिल्लाका अन्य पालिकाबाट महँगो भाडा तिरे पनि छिटो हुन्छ । हाम्रो साइपालका बिरामीलाई सडकसम्म पुर्‍याउन र प्रशासनमा नागरिकताका लागि पुर्‍याउन धेरै खर्च भइसकेको हुन्छ।’

यता राज्यबाट प्राप्त हुने आधारभूत सेवा, सामाजिक सुरक्षा र अधिकारबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने सोचका साथ प्रशासन भने जहिल्यै कटिबद्ध भएर लागेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन्।

‘सरकारी अड्डामा नागरिक आउने परम्परागत शैलीलाई बदलेर जहाँ नागरिकलाई साँच्चिकै समस्या छ, त्यहाँ प्रशासन पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो । विशेषगरी अशक्त, हिँडडुल गर्न नसक्ने र विपन्न नागरिकलाई घरैमा गएर सेवा दिँदा राज्यप्रति नागरिकको विश्वास र अपनत्व निकै बढ्छ भनेर पनि हामी त्यहाँ पुग्छौँ’, उनले भनिन्।

Messi (Goat) father Jorge Messi has passed away at the age of 68 yrs
08/08/2026

Messi (Goat) father Jorge Messi has passed away at the age of 68 yrs

हिजो बझाङका हस्तकला लिएर चीनको ताक्लाकोट पुगे स्थानीय व्यापारीबझाङ‌को साइपाल गाउँपालिकामा स्थानीयले उत्पादन गरेका निगालो...
08/08/2026

हिजो बझाङका हस्तकला लिएर चीनको ताक्लाकोट पुगे स्थानीय व्यापारी

बझाङ‌को साइपाल गाउँपालिकामा स्थानीयले उत्पादन गरेका निगालोका परम्परागत हस्तकलाका सामग्री बिक्रीका लागि चीनको तिब्बतस्थित ताक्लाकोट बजारसम्म पुगेका छन् । बझाङ र चीनको सीमा जोडिएको उरैलेक नाका हुँदै स्थानीय व्यापारीहरू आफ्ना उत्पादन लिएर ताक्लाकोट पुगेका हुन्।

बझाङमा गरिबी र बेरोजगारीका कारण सामान्य किसान तथा मजदुरहरू ठूला लागूऔषध कारोबारमा प्रयोग हुने गरेका छन्। प्रहरीले बित्थड...
07/08/2026

बझाङमा गरिबी र बेरोजगारीका कारण सामान्य किसान तथा मजदुरहरू ठूला लागूऔषध कारोबारमा प्रयोग हुने गरेका छन्। प्रहरीले बित्थडचिरमा गरेको जाँचका क्रममा बुंगल नगरपालिका–२ का ६० वर्षीय गगनबहादुर धामी ४ किलो ६ सय ग्राम चरेशसहित पक्राउ परेका छन्।

नेपाल सरकारको शिक्षा नियमावली (दशौँ संशोधन) र राष्ट्रिय बाल अधिकार परिषद्को नयाँ निर्देशनअनुसार विद्यालयमा विद्यार्थीको ...
07/08/2026

नेपाल सरकारको शिक्षा नियमावली (दशौँ संशोधन) र राष्ट्रिय बाल अधिकार परिषद्को नयाँ निर्देशनअनुसार विद्यालयमा विद्यार्थीको इच्छाविपरीत जबरजस्ती कपाल काट्न पूर्ण रूपमा रोक लगाइएको छ। यो नियम उल्लङ्घन गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना र १ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।

बझाङ लगायत देशका विभिन्न ठाउँमा यो कानुन आइसकेको भए पनि कार्यान्वयनको पक्षमा अझै अन्योल छ। कतिपय विद्यालयहरूले पुरानै अनुशासनको नाममा जबर्जस्ती गर्ने प्रवृत्ति पूर्ण रूपमा छाडिसकेका छैनन् भने केही ठाउँमा अझै पनि विद्यार्थीहरूका गुनासाहरू आउने गरेका छन्।

यदि हजुरहरुको विद्यालय वा कलेज मा अजै पनि जबरजस्ती कपाल काट्ने र सबैसामु अपमान गर्न छाडिएको छैन भने हामीलाई भन्नुहोला त्यस स्कूलको नाम, प्रध्यानाध्यापक काे नाम र फोटो सहिद हामी व्यङ्गे गरिदिने छौ। धन्यवाद !!

Be careful all the teacher of all school ⚠️

“बझाङ-बनलेक ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्यो”बझाङदेखि डोटीको बनलेक (पश्चिम सेती) जोड्ने ४०० केभी क्षमता...
06/08/2026

“बझाङ-बनलेक ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्यो”
बझाङदेखि डोटीको बनलेक (पश्चिम सेती) जोड्ने ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाइएको छ। करिब २ हजार ५०० मेगावाट बराबरको विद्युत् प्रवाह गर्ने लक्ष्यसहित प्रस्ताव गरिएको उक्त आयोजना निर्माणका लागि आवश्यक अनुमति प्रक्रिया सुरु गरिएको हो। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रसारण लाइन निर्माणका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ। विद्युत् ऐन, २०४९ को व्यवस्थाअनुसार आयोजनाको विवरणसहित अनुमतिका लागि आवेदन दिइएको हो। प्रस्तावित प्रसारण लाइन बझाङको जयपृथ्वी नगरपालिका-१ मा निर्माण हुने चैनपुर सबस्टेसनदेखि डोटीको शिखर नगरपालिका-१० मा प्रस्तावित बनलेक (पश्चिम सेती) सबस्टेसनसम्म पुग्नेछ। यसको कुल लम्बाइ ६० किलोमिटर रहनेछ।आयोजनाअन्तर्गत ४००/१३२ केभी क्षमताको १६० एमभीए चैनपुर सबस्टेसन र ४००/१३२ केभी क्षमताको ३१५ एमभीए बनलेक (पश्चिम सेती) सबस्टेसन निर्माण गरिनेछ। प्रसारण लाइनमा १४३ वटा डबल सर्किट टावर निर्माण हुनेछन्। टावरको अधिकतम उचाइ ६१ मिटर रहनेछ भने टावरबीचको औसत दूरी ४०८ दशमलव ९९ मिटर रहनेछ। केही स्थानमा न्यूनतम दूरी १२७ दशमलव ७९ मिटरसम्म हुने अनुमान गरिएको छ। आयोजना निर्माणका लागि कुल २९५ दशमलव ४२ हेक्टर जमिन आवश्यक पर्नेछ। त्यसमध्ये टावर निर्माणका लागि ३० दशमलव ४१ हेक्टर र प्रसारण लाइनको क्षेत्राधिकारका लागि करिब २६५ हेक्टर जग्गा आवश्यक पर्नेछ। त्यस्तै, दुईवटा सबस्टेसन निर्माणका लागि २१ दशमलव ४१ हेक्टर जमिन आवश्यक पर्नेछ। जसमध्ये बनलेक सबस्टेसनका लागि सात हेक्टरजसमध्ये बनलेक सबस्टेसनका लागि सात हेक्टर र चैनपुर सबस्टेसनका लागि १४ दशमलव ३७ हेक्टर जग्गा प्रयोग हुनेछ। प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर रहनेछ। आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण तथा सञ्चालनका क्रममा भूक्षय, बाढी, वायु प्रदूषणलगायतका वातावरणीय असर न्यून हुने गरी काम अघि बढाइने जनाइएको छ। आयोजनासम्बन्धी सुझाव तथा राय दिन विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

आयोजनाअन्तर्गत ४००/१३२ केभी क्षमताको १६० एमभीए चैनपुर सबस्टेसन र ४००/१३२ केभी क्षमताको ३१५ एमभीए बनलेक (पश्चिम सेती) सबस्टेसन निर्माण गरिनेछ। प्रसारण लाइनमा १४३ वटा डबल सर्किट टावर निर्माण हुनेछन्। टावरको अधिकतम उचाइ ६१ मिटर रहनेछ भने टावरबीचको औसत दूरी ४०८ दशमलव ९९ मिटर रहनेछ। केही स्थानमा न्यूनतम दूरी १२७ दशमलव ७९ मिटरसम्म हुने अनुमान गरिएको छ। आयोजना निर्माणका लागि कुल २९५ दशमलव ४२ हेक्टर जमिन आवश्यक पर्नेछ। त्यसमध्ये टावर निर्माणका लागि ३० दशमलव ४१ हेक्टर र प्रसारण लाइनको क्षेत्राधिकारका लागि करिब २६५ हेक्टर जग्गा आवश्यक पर्नेछ। त्यस्तै, दुईवटा सबस्टेसन निर्माणका लागि २१ दशमलव ४१ हेक्टर जमिन आवश्यक पर्नेछ। जसमध्ये बनलेक सबस्टेसनका लागि सात हेक्टर र चैनपुर सबस्टेसनका लागि १४ दशमलव ३७ हेक्टर जग्गा प्रयोग हुनेछ। प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर रहनेछ। आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण तथा सञ्चालनका क्रममा भूक्षय, बाढी, वायु प्रदूषणलगायतका वातावरणीय असर न्यून हुने गरी काम अघि बढाइने जनाइएको छ। आयोजनासम्बन्धी सुझाव तथा राय दिन विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

Actor Pradeep Rawat, Known for Lagaan and Ghajini, Passes Away at 74 After Battle With Can'cer 🥹
05/08/2026

Actor Pradeep Rawat, Known for Lagaan and Ghajini, Passes Away at 74 After Battle With Can'cer 🥹

Address

Bajhang
103837

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Bajhang adda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share