24/04/2024
रुद्रकली र खगेन्द्रप्रसाद पनि
क्षितिज पारी जाने भएछन्
…
भन्छन्
हात्तीहरूको उल्लेखनीय
स्मरण क्षमता हुन्छ
के देख्लान्
के सोच्लान्
सम्झनाहरू कसलाई सुनाउलान्
…
भावनात्मक हिसावले
जंगल छोडेका पशुहरू
र घर मान्छेहरू
परदेशमा
उस्ता उस्तै होलान्
…
मान्छेहरुले त
फोन गर्लान
गीत कोर्लान
आवत जावत गर्लान
चित्त बुझाउलान
तर
जनावरहरू...
साँच्चै
हात्तीको आँशु
देख्नु भएको छ? …
शुभ रात्री
🌻🙏