26/10/2025
तनहुँमा दुई घण्टाका लागि पृथ्वी राजमार्ग बन्द हुने
तनहुँ, १० कात्तिक । तनहुँ जिल्लाको आँबुखैरेनी–मुग्लिङ सडक खण्डको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित डम्पिङ साइट क्षेत्रको पहिरो नियन्त्रण कार्यका क्रममा पृथ्वी राजमार्ग दुई घण्टाका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक गरेको सूचना अनुसार मिति २०८२ साल कात्तिक १० गते राति १२:०० बजेदेखि २:०० बजेसम्म (२ घण्टा) सडकमा सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ।
उक्त समयमा Seismic Resistivity Test (SRT) अर्थात् भूकम्पीय प्रतिरोध परीक्षण कार्य सञ्चालन गरिने भएकाले उक्त अवधीभर सडक बन्द गर्नुपर्ने भएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, तनहुँका प्रशासकीय अधिकृत सिर्जना रेग्मीद्वारा जारी सूचनामा सो अवधिमा यात्रु र सवारी चालकहरुलाई वैकल्पिक तयारी गर्न अनुरोध गरिएको छ। प्रशासनले सडक बन्दका कारण यात्रु तथा सरोकारवालामा पर्न सक्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।