हाम्रो बन्दिपुर

  • Home
  • हाम्रो बन्दिपुर

हाम्रो बन्दिपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो बन्दिपुर, News & Media Website, .

हाम्रो बन्दिपुर - मुख्यत बन्दिपुर बजार, बन्दिपुर गाउँपालिका, तनहुँ, गण्डकी प्रदेशलाई आत्मीय मानेर अघि बढेको सामाजिक संजाल हो । बन्दिपुर संग सम्बन्धित केही जानकारी चाहिएमा हामिलाइ फोन अथवा म्यासेज गर्न सक्नुहुनेछ ।।

16/09/2025

बन्दिपुर ipo पर्यो कि नाइ??

बन्दीपुर गाउँपालिकाका सबै सामुदायिक र संस्थागत ‌सहित सम्पूर्ण शैक्षिक संस्थामा शोक बिदा घोषणा । बन्दीपुर गाउँपालिकाले जे...
09/09/2025

बन्दीपुर गाउँपालिकाका सबै सामुदायिक र संस्थागत ‌सहित सम्पूर्ण शैक्षिक संस्थामा शोक बिदा घोषणा ।

बन्दीपुर गाउँपालिकाले जेन-जी आन्दोलनका क्रममा भएको मृत्युजन्य घटनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक बिदा घोषणा गरेको छ। गाउँपालिकाले सोमबार (२०८२ भदौ २४ गते) सामुदायिक तथा संस्थागतसहित सम्पूर्ण शैक्षिक संस्था बन्द रहने जनाएको छ। विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिएको र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ ‌।

बन्दीपुर बजार क्षेत्र प्लास्टिक झोलामुक्त घोषणातनहुँ । बन्दीपुर गाउँपालिकाले शुक्रबार आयोजित एक विशेष समारोहका बीच बन्दी...
05/09/2025

बन्दीपुर बजार क्षेत्र प्लास्टिक झोलामुक्त घोषणा

तनहुँ । बन्दीपुर गाउँपालिकाले शुक्रबार आयोजित एक विशेष समारोहका बीच बन्दीपुर बजार क्षेत्रलाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको छ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, प्रतिनिधि संस्थाका प्रतिनिधि तथा गाउँपालिकाका वडाध्यक्षहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा पर्यटनविद् भरत बस्नेतले प्लास्टिकको जथाभावी प्रयोगले मानव जीवन मात्र नभई विभिन्न जीवजन्तु, जनावर र जलचरमा समेत प्रतिकूल असर पारेको बताउँदै बन्दीपुरलाई जोगाउन दुईवटा पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। उनले बन्दीपुर वरपर पुराना शैलीका घरहरूमा भवन आचारसंहिता पालना गर्दै निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। यस्तै पालिकामा प्लास्टिकजन्य सामग्रीमुक्त बनाउनु पर्ने समेत बताएका थिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले प्लास्टिक प्रयोग नियन्त्रणको सुरुवात बन्दीपुर बजारबाट गरिएको भए पनि यसलाई बिस्तारै गाउँपालिकाभर लागू गरिने उल्लेख गरे। उनले भने, “प्लास्टिकको प्रयोगले हाम्रो स्वास्थ्य मात्र होइन, पर्यावरण, पर्यटन र भविष्यको पुस्तालाई समेत असर पुर्‍याइरहेको छ। बन्दीपुरलाई सौन्दर्य, संस्कृति र स्वच्छ वातावरणको नमुना बनाउन हामी सबैले यो अभियानलाई आत्मसात् गर्नुपर्छ। सुरुवात बजार क्षेत्रबाट भएको हो, तर यसलाई वडावडामा विस्तार गर्दै गाउँपालिकाभर लागू गर्ने हाम्रो प्रतिबद्धता छ। यसका लागि स्थानीय बासिन्दा, संघसंस्था, व्यवसायी र पर्यटक सबैको सहयोग अपरिहार्य हुनेछ।”
समापन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले औपचारिक घोषणा गरेका थिए।
कार्यक्रमको सञ्चालन सुरोज भट्टराईले गरेका थिए।

तनहुँको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय स्थल पहाडकी रानी बन्दीपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर...
02/09/2025

तनहुँको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय स्थल पहाडकी रानी बन्दीपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार साँझ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा काठमाडौँमा ‘Bandipur in Kathmandu 2025 – Grand Agency Meet’ सम्पन्न भएको छ ।
Photo: Sagar Giri

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकारमा आकस्मिक उद्धार तथा निकासी सम्बन्धी तालिम आयोजना गरिएको छ। बन्दीपु...
02/09/2025

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकारमा आकस्मिक उद्धार तथा निकासी सम्बन्धी तालिम आयोजना गरिएको छ। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आफ्नो सेवा अझ सुरक्षित र विश्वस्तरीय बनाउनका लागि उक्त तालिम सञ्चालन गरेको हो।

शुभ प्रभात 🙏छाब्दी बाराही माताले सबैको रक्षा गरुन् 🕉️🙏Photo Krishna Neupane
02/09/2025

शुभ प्रभात 🙏
छाब्दी बाराही माताले सबैको रक्षा गरुन् 🕉️🙏
Photo Krishna Neupane

तनहुँको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय स्थल बन्दीपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले...
02/09/2025

तनहुँको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय स्थल बन्दीपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार साँझ काठमाडौँमा आयोजित बन्दीपुर इन काठमाडौँ कार्यक्रम समारोहको उद्घाटन गर्नुहुँदै नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल ।

Photo : Sagar Giri

01/09/2025

Tourism Promotional Program "Bandipur in Kathmandu 2025 "

बन्दीपुरको पर्यटन प्रवर्द्धनको लागि  Bandipur In Kathmandu 2025 Grand Agency Meets
01/09/2025

बन्दीपुरको पर्यटन प्रवर्द्धनको लागि
Bandipur In Kathmandu 2025
Grand Agency Meets

डुम्री बन्दीपुर सडक खण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका  १, प्युघरमा अवस्थित ऐतिहासिक ठाँटी विगतमा सर्वसाधारणले थक...
29/08/2025

डुम्री बन्दीपुर सडक खण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका १, प्युघरमा अवस्थित ऐतिहासिक ठाँटी विगतमा सर्वसाधारणले थकान मार्ने, गर्मी हुँदा होस् या झरी पर्दा ओत लाग्नको निमित्त प्रयोग गरिदै आएको थियो। हाल यो ठाँटी संरक्षण र पुनर्निर्माणको पर्खाइमा छ। स्थानीय स्तरबाट यसको पुनर्निर्माणका लागि चासो देखाइए पनि हालसम्म अलपत्र अवस्थामा रहेको छ। दैनिक रूपमा सर्वसाधारणले अझै पनि जीर्ण अवस्थामा समेत प्रयोग गर्दै आइरहेका छन् । समुदाय आफैं अग्रसर भए पनि विभिन्न संघसंस्था र व्यक्तिहरूको अवरोधका कारण पुनर्निर्माण कार्य अघि बढ्न सकेको स्थानीयहरूको आक्रोश छ ।

बन्दीपुरमा असोज ११ देखि ‘८औँ जुन तारा रनिङशील कप’ भलिबल प्रतियोगिता हुने बन्दीपुर।  तनहुँको बन्दीपुर गाउँपालिका–२ हल्थुम...
21/08/2025

बन्दीपुरमा असोज ११ देखि ‘८औँ जुन तारा रनिङशील कप’ भलिबल प्रतियोगिता हुने
बन्दीपुर। तनहुँको बन्दीपुर गाउँपालिका–२ हल्थुम्कामा असोज ११ देखि १४ गतेसम्म ‘८औँ जुन तारा रनिङशील कप तथा सांस्कृतिक कार्यक्रम–२०८२’ अन्तर्गत गाउँस्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको छ। जुन तारा युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पुरुषतर्फ विजेताले नगद ८० हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले ३० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछन्। महिलातर्फ विजेताले २० हजार रुपैयाँसहित पुरस्कार पाउने व्यवस्था गरिएको छ।

प्रतियोगितामा ४० वर्षमाथिका प्रौढ भलिबल, चुट्का प्रतियोगिता र सांस्कृतिक प्रस्तुति पनि हुनेछ। चुट्का प्रतियोगितामा प्रथम हुने टोलीलाई १० हजार रुपैयाँ दिइनेछ। उत्कृष्ट खेलाडी र अन्य श्रेणीमा विशेष पुरस्कारको व्यवस्था गरिएको छ। तीन जना सम्म राष्ट्रिय स्तरका खेलाडी सहभागी हुन पाउनेछन्। क्लबका अध्यक्ष आशलाल गुरुङका अनुसार टिम दर्ता फोनमार्फत पनि गर्न सकिने छ।

Address


Telephone

+9779849380889

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो बन्दिपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share