kavre press

kavre press एकै क्लिकमा सबै समाचार

27/08/2026

त्रीशुली बजारको ताजा अबस्था!

27/08/2026

बालेन नुवाकोट पुगेपछी आर्मी ब्यारेक अगाडि लागेको भिड!

27/08/2026

राष्ट्रसेवक कर्मचारीको छोरीको पुकार कृपया मेरो बाबालाई खोज्न सहयोग गरिदिनुहोस् ।

27/08/2026

बाढीले बगाएर ल्याएको मृत शरीरबाट सुन निकाल्ने जस्ता हर्कत गर्नेहरूलाई हदैसम्मको कारबाही हुनुपर्छ
माननीय जगदीश खरेलको यो भनाई सुन्नुहोस्।

नेपाल–चीन सीमातर्फ चोजियान खोला पुर्पुच्याङ्बु खोलामा मिसिने स्थाननजिक करिब २० लाख घनमिटर पानी जम्मा भएको अवरोधित ताल भर...
27/08/2026

नेपाल–चीन सीमातर्फ चोजियान खोला पुर्पुच्याङ्बु खोलामा मिसिने स्थाननजिक करिब २० लाख घनमिटर पानी जम्मा भएको अवरोधित ताल भरिँदै गएको छ। आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ। यसले ताल फुट्ने र आकस्मिक ठूलो बाढी आउन सक्ने जोखिम बढाएको छ। सम्बन्धित निकायले निरन्तर अनुगमन र जोखिम विश्लेषण गर्दै कदम अगाडि बढाओस्।

सतर्क रहौँ। जोखिमलाई हल्का नलिऔँ।

27/08/2026

भोटेकोसी बाढिपछि छिमेकी राष्ट्रहरूको सहयोग प्रतिबद्धता

मिति २०८३/०५/१० गते रसुवा तथा नुवाकोट जिल्लामा गएको भीषण बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लाबाट कामको सिलसिलामा उक्त क्षेत...
27/08/2026

मिति २०८३/०५/१० गते रसुवा तथा नुवाकोट जिल्लामा गएको भीषण बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लाबाट कामको सिलसिलामा उक्त क्षेत्रमा गएका ५२ जना व्यक्तिहरू सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन भएका व्यक्तिहरूका आफन्तले जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकमा ५२ जनाको नाम टिपाएका छन्। उनीहरूको अवस्था र हालको स्थानबारे खोजी तथा आवश्यक समन्वय भइरहेको जिल्ला प्रशासनले जनाएको छ।

रसुवाको बाढीपछि धुलिखेल अस्पतालको स्वास्थ्य टोली परिचालन
26/08/2026

रसुवाको बाढीपछि धुलिखेल अस्पतालको स्वास्थ्य टोली परिचालन

रसुवाको बाढीपछि धुलिखेल अस्पतालको स्वास्थ्य टोली परिचालन - KavrePress

नेपालको रसुवा जिल्ला आएको भीषण बाढीले गर्दा शोकमा रहेको नेपाललाई सहयोग आफूहरू आउन लागेको भारतिय अभिनेता सोनु सुढले सामाज...
26/08/2026

नेपालको रसुवा जिल्ला आएको भीषण बाढीले गर्दा शोकमा रहेको नेपाललाई सहयोग आफूहरू आउन लागेको भारतिय अभिनेता सोनु सुढले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । चलचित्रमा मुख्यत: खलनायकको भूमिका निर्वाह गर्ने उनी वास्तविक जीवनमा भने विभिन्न सामाजिक कामहरू गर्दै आएका छन् । भारतिय प्रधानमन्त्री मोदी, आइ कांग्रेसका सभापति राहुल गान्धीले समेत नेपालमा भएको जनधनको क्षतिमा आफ्नो देशको तर्फबाट ऐक्यबद्धता जनाएका छन्। ।

26/08/2026

जिल्ला प्रशासन कार्यालय काभ्रपलाञ्चोकको अनुरोध

काभ्रेपलाञ्चोक जिल्लाको कोही महानुभाव रसुवा, नुवाकोट जिल्लामा कार्यरत वा भ्रमणको सिलसिलामा जानु भएको र अहिले(भाद्र १० मा भोटेकोशीमा आएको बाढी पश्चात्) सम्पर्क नभइरहेको भए वहाको नाम, वहां रहेको/पुगेको त्यहाको ठाउँ ,कहिले देखि उक्त क्षेत्रमा के सिलसिलामा हुनुहुन्थ्यो? त्यो कुरा खुलाई तपाईंको आफ्नो नाम र सम्पर्क नम्बर जिल्ला विपद व्यवस्थापन समितिको फोन १२३४ मा टिपाई दिनु भएमा वा ९७४३९६८८३६ वा ९८५१२३७७७७ मा WhatsApp गर्दिनु भएमा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित जिल्लाका सुरक्षा निकायहरूसँग समन्वय गरी खोजी कार्यमा सहयोग गर्न तथा तपाईलाई अद्यावधिक सूचना उपलब्ध गराउने व्यहोरा अनुरोध गरिन्छ।

Address

Kavrepalanchok
Banepa Bazar
45210

Alerts

Be the first to know and let us send you an email when kavre press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share