18/05/2022
काभ्रेको खानीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् ।
अध्यक्षमा
माओवादी केन्द्र:४४८५
नेकपा एमाले:३१५६
उपाध्यक्षमा
नेपाली कांग्रस:४३२७
नेकपा एमाले:२९८७
७ वडा रहेको खानीखोलामा माओवादी केन्द्रले ४ र कांग्रेसले २ र एमालेले एक वडामा जित हासिल गरेका छन् ।
खानीखोला १ नं. वडामा वडा अध्यक्ष नेकपा माओवादी केन्द्रका सन्तमान थिङ, २ मा नेपाली कांग्रेसका दशरथ थिङ, ३ मा माओवादीका सागर लामा, ४ मा माओवादीका निशान मोक्तोन, ५ मा माओवादीका बुद्धिबहादुर स्याङतान, ६ मा कांग्रेसका बृहस्पति लामा र ७ मा एमालेका रामबहादुर मोक्तान वडा अध्यक्षमा विजय भएका छन् ।