27/08/2026
प्रधानमन्त्री बालेन शाहले नुवाकोट तथा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उद्धार, राहत तथा पुनःस्थापनाबारे निम्न विवरण प्रस्तुत गर्नुभएको छ।
* खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १३,२९५ सुरक्षाकर्मी परिचालित।
* आज ६९ हवाई उडानमार्फत ५७३ जनाको उद्धार।
* करिब ३,५०० जनाका लागि अस्थायी आवासको व्यवस्था।
* राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन।
* प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित।
* नेपाल टेलिकम र Ncell का बन्द भएका ७० टावर/साइट पुनःस्थापनाको काम जारी।
* सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चार सेवा शीघ्र पुनःसञ्चालनमा जोड।
* राहत तथा उद्धार सामग्री हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रमा निरन्तर पठाइँदै।
* भोटेकोशी, त्रिशूलीलगायत जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह।
* संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा स्वयंसेवी संस्थाबीच निरन्तर समन्वय।
* सरकारको मुख्य प्राथमिकता जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, तत्काल राहत र शीघ्र पुनःस्थापना रहेको छ।