
22/07/2025
मिर्गौला रोगीलाई सरकारले ८ लाख ५० हजार रुपैयाँसम्मको उपचार सहायता दिने निर्णय गरेको छ। यसले असाध्य रोग लागेका बिरामीको उपचारमा राहत पुग्ने सरकारको विश्वास छ। यस्तै क्यान्सर, मुटु, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले एक लाख रुपैयाँ उपचार खर्च पाउने भएका छन् ।