18/05/2026
“के साँच्चै पृथ्वीमा एलियन आएका हुन् ? अमेरिकी अनुसन्धानकर्ताको सनसनीपूर्ण दाबीपछि विश्वभर हलचल !”
"के एलियन साँच्चै छन् त? दुर्घटनाग्रस्त UFO बाट ४ फरक प्रकारका एलियन जीवहरू भेटिएको दाबीपछि अहिले विश्वभर यसको चर्चा चुलिएको छ। अमेरिकाका पूर्व सरकारी अनुसन्धानकर्ता डा. ह्यारल्ड पुटहफ (Dr. Hal Puthoff) ले यो सनसनीपूर्ण खुलासा गरेका हुन्।
उनका अनुसार, रिकभरी अपरेसनमा संलग्न व्यक्तिहरूले ४ फरक प्रजातिका एलियन फेला पारेका थिए, जसमा: 'ग्रे' (Gray), 'नोर्डिक' (Nordic), 'रेप्टिलियन' (Reptilian) र 'इन्सेक्टोइड' (Insectoid) प्रजाति रहेका छन्।
नासा र अमेरिकी सरकारले अहिलेसम्म एलियनको स्पष्ट प्रमाण सार्वजनिक नगरे पनि, पछिल्लो समय UFO सम्बन्धी गोप्य फाइलहरू लगातार बाहिर ल्याइरहेका छन्। वैज्ञानिकहरू भन्छन्– आकाशमा अनौठा वस्तु देखिनु सत्य हुन सक्छ, तर ती एलियन नै हुन् भन्ने ठोस प्रमाण अझै बाँकी छ।"