RADIO Baadal 89 MHZ

RADIO Baadal 89 MHZ THE SOUND OF BORDER

01/06/2026

महाकाली सन्धी (वि.सं. २०५३) मा नेपालको हस्ताक्षरका कारण हाम्रो भूमि लिपुलेक, लिपियाधुरा र कालापानी भारतको नक्शाभित्र पुग्यो । राष्ट्रघातका दृष्टिले यो अक्षम्य अपराध हो ।

महाकाली सन्धिका बेला को के थिए ?!
शेरबहादुर देउवा- प्रधानमन्त्री
माधवकुमार नेपाल- प्रमुख प्रतिपक्षी नेता
केपी शर्मा ओली- सन्धि अध्ययन कार्यदल संयोजक
पशुपतिशमशेर जबरा- जलस्रोतमन्त्री
डा. प्रकाशचन्द्र लोहनी- परराष्ट्रमन्त्री
रामचन्द्र पौडेल- सभामुख
अर्थात ‘तीन दल‘ कांग्रेस, एमाले र राप्रपा ।

देउवाले खुलासा गरे अनुसार उनि महाकाली सन्धीमा हस्ताक्षर गर्न दिल्ली जानुअघि राजा वीरेन्द्रले दरवार बोलाएर भन्नु भएको थियो- ‘महाकाली सन्धीमा हस्ताक्षर नगर, त्यो राष्ट्रघाती छ‘ । राजाले भनेको नमानेर देश बेचिएको सन्धीमा हस्ताक्षर गरिदिए । कतै यहि कारण श्री ५ वीरेन्द्रको विभत्स वंश नाश त गरिएन भन्दै आज पनि जनजनमा आशंका छ ।

आज पनि राजतन्त्रको सन्दर्भमा जनमत संग्रह गर्ने हो भने ८० प्रतिशत जनता पक्षमा हुन्छन् । तर त्यहि राजतन्त्रको मुद्दा बोक्ने दललाई जनताले किन विश्वास गर्दैनन् ?!

किन कि, महाभारतमा भीष्म, द्रोण, कर्ण सबै महान् थिए । तर उनीहरुको हार भयो । महाभारतमा जित शक्तिको नभई सिद्धान्तको थियो । भीष्म शक्तिशाली थिए, तर सिंहासनमा रहेका गलत मानिस बोकेका थिए । द्रोण विद्वान थिए तर पक्षपातीसँग सहकार्य थियो । कर्ण वीर थिए यद्यपि सत्यभन्दा बढी मित्रतालाई प्राथमिकता दिँदा दोषमुक्त भएनन् । महाभारतको सन्देश यो हो कि गलतसँग उभिएर कोही सही बन्न सक्दैन । इतिहास कर्म देख्छ, बहाना होइन ।

हिजो महाकाली बेच्दा मिलेमतो गर्नेदेखि आज प्रधानमन्त्री बालेनले ग्रेटर नेपालका लागि बेलायतलाई तान्दासम्म यि तीनै शक्ति समर्थन र विरोधको एकै कित्तामा छन् ।copy paste🙏

जन्मदिनको धेरै धेरै शुभकामना सर 🌹🎂🎂❤️🙏🏻"हजारौं मानिसहरूलाई प्रेरणा दिने र यस रेडियो बादल ८९ मेगगार्ज़को जग बसाल्ने हाम्रा...
29/05/2026

जन्मदिनको धेरै धेरै शुभकामना सर 🌹🎂🎂❤️🙏🏻
"हजारौं मानिसहरूलाई प्रेरणा दिने र यस रेडियो बादल ८९ मेगगार्ज़को जग बसाल्ने हाम्रा आदरणीय संस्थापक नूर आलम बादशाह ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎂
आज हाम्रो संस्थाले जुन उचाई हासिल गरेको छ, त्यो यहाँको कडा मिहिनेत र अठोटको प्रतिफल हो। आगामी दिनहरू अझै सफल र उत्साहजनक रहून्।" लाखौं लाख शुभकामना 🎉
रेडियो बादल ८९ मेगाहर्ज़ परिवार
सिम्रौनगढ़ बारा नेपाल

29/05/2026

आ.व. २०८२/८३ को बजेट साराम्स :
१. बजेटको आकार र स्रोत
- कुल बजेट : रु. १९ खर्ब ६४ अर्ब १ करोड
- चालु खर्च: ६०.१% - रु. १ खर्ब ८० अर्ब ९८ करोड
- पूँजीगत खर्च: २०.८% - रु. ४ खर्ब ७ अर्ब ८९ करोड
- स्रोत: राजस्व १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदान ५३ अर्ब ४५ करोड, ऋण ५ खर्ब ९५ अर्ब

२. ५ वटा प्राथमिकता
1. उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि
2. प्रतिफलमुखी गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार
3. सामाजिक क्षेत्रका गुणात्मक सुधार
4. सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता
5. नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार

३. जनतालाई प्रत्यक्ष असर गर्ने मुख्य घोषणा
- कर्मचारी: महँगी भत्ता मासिक ५ हजार पुर्‍याइने
- शिक्षा: हरेक विद्यालयलाई २५ लाख अनुदान, प्रविधिमैत्री बनाउने
- स्वास्थ्य: सामाजिक स्वास्थ्य सुरक्षा बीमा एकीकृत, वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको
- कृषि: बाली लगाउन १५ दिन अगाडि समर्थन मूल्य तोकिने
- ऊर्जा: ९४२ मेगावाट थप गरेर कुल क्षमता ८० मेगावाट पुर्‍याइने
- यातायात: साझा यातायातलाई १० वटा विद्युतीय बस, फास्ट ट्रयाकका ६० वटा पुल

४. कर र बैंकिङ नीति
- कर वृद्धि: चुरोट, मदिरा, सुर्तीमा कर बढाइने
- कर छुट: स्टार्टअप र महिला उद्यमीलाई छुट/सहुलियत
- बैंक: स्प्रेड दर ४.४% बाट ४% मा झारिने, NPL नियन्त्रणमा कडाइ

५. अन्य सुधार
- ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध
- ३ करोडभन्दा मुनिका परियोजनामा संघीय सरकारले लगानी नगर्ने
- सार्वजनिक संस्थाको खर्चमा विदेश भ्रमण रोक
- FATF ग्रे लिस्टबाट निस्कने र क्रेडिट रेटिङ सुधार गर्ने लक्ष्य

29/05/2026

कर्मचारीको तलब १०% ले बढेको छ । बाँकी १०% कार्यसम्पादनको आधारमा राम्रो गरे मात्र प्रोत्साहन भत्ता दिइने छ ।

29/05/2026

नेपाल बजेट २०८३/२०८४ : मधेश प्रदेशका प्रमुख बुँदाहरू 🇳🇵

* मधेश प्रदेशलाई पूर्वाधार विकासमा विशेष प्राथमिकता।
* कृषि, सिँचाइ र किसान सहयोग कार्यक्रम विस्तार।
* सडक, पुल तथा ग्रामीण यातायात सुधारका लागि बजेट विनियोजन।
* शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ योजना तथा सेवा विस्तार।
* युवालाई रोजगारी तथा सीप विकास कार्यक्रम सञ्चालन।
* औद्योगिक तथा व्यापारिक क्षेत्रको विकासमा जोड।
* बाढी नियन्त्रण तथा नदी व्यवस्थापनका लागि विशेष बजेट।
* बारा लगायत मधेशका जिल्लाहरूको विकास योजनालाई प्राथमिकता।
* खानेपानी तथा सरसफाइ कार्यक्रम विस्तार।
* महिला, दलित तथा पिछडिएका समुदायको उत्थानका लागि विशेष कार्यक्रम।

29/05/2026

बजेट भाषणको प्रत्यक्ष प्रसारण

Address

Simraungadh Municipality Bara
Bara
44400

Alerts

Be the first to know and let us send you an email when RADIO Baadal 89 MHZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RADIO Baadal 89 MHZ:

Share