Radio Rajapur 88.6 MHz

Radio Rajapur 88.6 MHz This is the radio station in Rajapur Bardiya by Keshav Koirala.

07/04/2025

राजापुर भन्सार कार्यालयको आयोजनामा भन्सार सुधार, सचेतना तथा राजस्व चुहावट नियन्त्रणका विविध विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता भन्सार कार्यालय राजापुरका प्रमुख धन बहादुर शाहिले गर्नुभयो ।
जिल्ला समन्वय प्रमुख सुर्य बहादुर बिष्टको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रियामा करदाता सेवा कार्यलय प्रमुख राजेन्द्र खड्का, इलाका प्रहरी कार्यलय प्रमुख सागर बोहोरा,ससत्र प्रहरी बल बिओपी राजापुरका प्रमुख राजेन्द्र कुवर लगायत सहभागी हुनुहुन्थ्यो ।स्थानीय व्यापारी, उद्योगी, सुरक्षा निकायका प्रतिनिधिहरू, नागरिक समाजका अगुवाहरू, सञ्चारकर्मीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख शाहिले कार्यक्रममा बोल्दै भन्सार प्रणालीमा पारदर्शिता, द्रुत सेवा प्रवाह र प्रविधिको प्रयोगबाट हुने सुधारका प्रयासबारे जानकारी दिनु भयो।
उहाँले अवैध रूपमा वस्तु ओसारपसारबाट हुन सक्ने राजस्व चुहावटको जोखिमलाई कम गर्न सबै सरोकारवालाबीच समन्वय र सचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो। “भन्सारमा हुने सुधारले न केवल राजस्व बढाउँछ, यो देशको आर्थिक सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँछ,” उहाँले भन्नुभयो।
कार्यक्रममा सरोकारवालाहरूले वस्तु परीक्षण, कागजी प्रक्रिया सरलिकरण, सीमामा हुने असहजताका विषयमा सुझाव दिएका थिए। साथै, जनचेतनामूलक कार्यक्रमहरू थप प्रभावकारी बनाउने मागसमेत राखिएको थियो।
अन्त्यमा, कार्यक्रमले समन्वयात्मक प्रयासमार्फत भन्सार सुधार र राजस्व चुहावट नियन्त्रणमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै समापन गरिएको थियो ।

नेपाल विद्युत प्राधिकरण, राजापुर वितरण केन्द्र बर्दियाले शनिवार राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा विद्युत सेवा अस्...
21/03/2025

नेपाल विद्युत प्राधिकरण, राजापुर वितरण केन्द्र बर्दियाले शनिवार राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा विद्युत सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ । केन्द्रले एक सूचना जारीगर्दै चैत्र ९ गते बिहान ११ बजेदेखि २ बजेसम्म टेलीकमको फाइवर मर्मत र सुधार कार्यका लागि उक्त क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध रहने जानकारी दिएको छ । यस दौरान, विद्युत सेवा प्रभावित हुने सम्भावित उपभोक्ताहरूलाई सचेत पार्नको लागि प्राधिकरणले पूर्वसूचना दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रभावित क्षेत्रका उपभोक्ताहरूलाई असुविधाको लागि माफी माग्दै, निर्धारित समयमा सुधार कार्य सम्पन्न गरिने र विद्युत सेवा पुनः सामान्य हुने जानकारी दिएको छ । राजापुर र गेरुवा गाउँपालिकाका उपभोक्ताहरूलाई विद्युत सेवा पुनः प्राप्तिका लागि तोकिएको समयलाई ध्यानमा राखेर आवश्यक तयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

16/03/2025

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ मा अवस्थित अमर शहिद बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनकोे निर्वाचनमा संयुक्त लोकतान्त्रिक प्रगतिशील प्यानल ,अखिल क्रान्तिकारी,नागरिक प्यानल विच कडा प्रतिस्पर्धा हुने भएको छ । संयुक्त लोकतान्त्रिक प्रगतिशीलबाट सभापतिमा अमृत थारु र अखिल क्रान्तिकारी बाट सभापतिमा इशा चौधरीको प्यानल बाट सभापतिमा प्यानल बिच तिब्र प्रतिस्पर्धा हुने भएको छ । लोकतान्त्रिक प्यानलबाट सचिवमा सदाकर टेर्रा थारु कोषाध्यक्षमा संगिता थारु तथा सदस्यहरुमा क्रमशः समिक्षा जैशी,सुशान्त दहित,अनुप थारु, पारश अधिकारी, प्रितम कुश्मी थारु,सुमन कुमार थारु, समानुपातिक तर्फ शुसान्त मान प्रधान,खुशी आर्य बानिया,मोहन बुढा ,कोमल थारु,नेहा पोख्रेल,रेनुका थारु, जानकि चौधरी,अमिसा बिक रहेका छन । त्यस्तै अखिल क्रान्तिकारी प्यानलबाट सचिवमा संगम थारु, कोषाध्यक्षमा सरिता बिक सदस्यहरुमा क्रमशः जनम चौधरी,धनलक्ष्मी चौलागाँई अरुण थारु,बसन्ती दहित ,अक्कल महतरा,बिमल दहित थारु रहेका छन । यस्तै समानुपातिक तर्फ अस्मिता थारु, समिर चौधरी,शैजला थारु,रमा चौलागाँई,संजिता कुमारी चौधरी,निशा परियार रहेका छन् । स्ववियु निर्वाचनका लागि तिनै प्यानलका उम्मेदवारहरुले प्रचार प्रसार अभियान तीब्र बनाएका छन । दुवै प्यानलले होम सेन्टरलाई ग्यारेन्टी दिने एजेन्डा बनाएका छन् । अखिल क्रान्तीकारीले निशुल्क छात्रबृती दिने समेत एजेन्डा ल्याएको छ । क्याम्पसका विद्यार्थी विच प्यानल छनोटको चर्चा चुलिएको छ । चैत्र ५ चैत हुने निर्वाचन विहान ८ बजेदेखी दिउँसो ४ बजेसम्म हुने निर्वाचन अधिकृत राज कुमार ज्ञवाली जानकारी दिनु भयो

सामाजिक क्षेत्रमा काम गर्दै आएको युनिक नेपाल बर्दियाले जिल्लाका २ पालिका  राजापुर नगरपालिका र गेरुवा गाँउपािलकाका ७७ जना...
02/03/2025

सामाजिक क्षेत्रमा काम गर्दै आएको युनिक नेपाल बर्दियाले जिल्लाका २ पालिका राजापुर नगरपालिका र गेरुवा गाँउपािलकाका ७७ जना बिध्यार्थीहरुलाई ६ लाख २० हजार रुपैयाको छात्रबृती बितरण गरेको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका भित्रका १३ सामुदायिक विद्यालयमा अध्ययनरत गरिव बिपन्न टुहुरा एवं मुक्त कमैया परिवारका बिध्यार्थिहरुलाई लामो अवधिको ५ बर्षे २७ जना छात्र छात्रालाई जनहि १० हजार रुपैया र छोटो अवधिको बार्षिक ७ हजारका दरले ५० जनालाई जनहि ७ हजार रुपैयाँका दरले छात्रबृती हस्तान्तरण गरिएको हो । कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गर्दै प्रमुख अतिथि एवं युनिक नेपालका संरक्षक तथा पूर्व भूमि सुधार मन्त्री डा। गोपाल दहितले चेक हस्तान्तरण गर्दै यस क्षेत्रका नागरिकहरु विपन्न अवस्थामा रहेकाले आफ्ना वालवालिकाहरुलाई उच्च शिक्षा अध्ययन गराउन नसक्ने अवस्थामा रहेकाले युनिक नेपालले उच्च शिक्षा हासिल गर्नका लागि युनिक छात्रवृत्ति लागुगरी प्रत्येक वर्ष छात्रवृत्ति वितरण गर्दै आएको र यसलाई निरन्तरता दिइरहेको बताउनु भयो । डा दहितले शिक्षा क्षेत्रलाई अगाडि बढाउन आफु निरन्तर प्रयासरत रहेको समेत वताउनु भयो । कक्षा ८ देखी लामो अवधिको छात्रबृती र कक्षा ११–१२ मा अध्ययनरत बिध्याथीहरुलाई छोटो अवधिको छात्रबृती रकम दिदै आएको युनिक नेपालका अध्यक्ष प्रिमलाल थारुले वताउनुभयो ।कार्यक्रममा शुभकामना मन्तव्य दिने बक्ताहरुले युनिकले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै छात्रबृती रकमले बिध्याथीहरुको मनोवल उच्च राख्न र पठन कार्यलाई निरन्तरता दिन सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा राजापुर नगरपालिका र गेरुवा गाँउपालिकाका वडाअध्यक्षहरु, शिक्षक, बिध्यालय व्यवस्थापन समितीका अध्यक्षहरु युनिक नेपालका पदाधिकारीहरु, विद्यार्थीहरु उपस्थित थिए । कार्यक्रमको सहजिकरण युनिक नेपालका कार्यक्रम संयोजक सोम डेमनरौराले गर्नु भयो

थारु लेखक संघ र जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा नवौं थारु साहित्य सम्मेलनको एक कार्यक्रम बिच भव्य रुपमा उद्घा...
01/03/2025

थारु लेखक संघ र जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा नवौं थारु साहित्य सम्मेलनको एक कार्यक्रम बिच भव्य रुपमा उद्घाटन गरिएको छ । गुरुवाद्वारा मन्त्र पाठ गरि कार्यक्रमको उद्घाटन गरिएको हो । युनिक नेपाल बर्दियाको प्राङ्गढमा आयोजित उद्घाटन समारोहमा गुरुवाले मन्त्रमा ६४ र काली शब्दहरूको उच्चारण गर्दा, उपस्थित सहभागीहरूले शाक्त सम्प्रदाय र वैदिक सनातनी परम्परामा आधारित गहिरो संदेश प्राप्त गरेका थिए । समारोहमा गरिएको मन्त्रोच्चारणको विशेषता भनेको, युद्धका समयमा उत्तेजनाको आवश्यकता र त्यसका लागि रक्सीको प्रयोगको संकेत थियो । आयोजकहरूले यसलाई शाक्त सम्प्रदायको प्रतीक मान्दै, थारुहरूको ऐतिहासिक र सांस्कृतिक गहिराईलाई उजागर गर्ने प्रयास गरे ।
समारोहका दौरान, शाक्त सम्प्रदाय र वैदिक सनातन धर्मका बारेमा चर्चा गर्दा, थारु समुदायको पुरानो परम्परा र संघर्षको महत्वलाई दर्शाइयो । यो तथ्यलाई पुष्टि गर्दै, उनीहरूको योद्धा स्वभाव र धर्मनिष्ठता सँगसँगै, उनीहरूलाई एक वैदिक सनातनी समुदायको रुपमा प्रस्तुत गरिएको छ । समारोहमा थारु समुदायको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानलाई पुनः पुष्टि गर्दै, शाक्त सम्प्रदाय र वैदिक सनातनी परम्परामा आधारित एक सशक्त छवि प्रस्तुत गरेको छ । कार्यक्रममा राजापुरमा शिक्षाको आवश्यकता बिषयमा चर्चा गरिएको छ ।

राजापुर नगरपालिका वडा नम्बर २ नयाँ गाँउमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा चार कोठे भवनको निर्माण कार्य शुभारम...
01/03/2025

राजापुर नगरपालिका वडा नम्बर २ नयाँ गाँउमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा चार कोठे भवनको निर्माण कार्य शुभारम्भ गरिएको छ । संघीय सरकारको सशर्त अनुदानमा निर्माण हुन लागेको भवनको राजापुर नगरपालिका वडा नं २ का अध्यक्ष रामचन्द्र चौधरीले शिलान्यास गर्नुभयो । करीब ६५ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन २०८२ जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न गरिने सव–इञ्जिनियर सञ्जीव चौधरीले जानकारी दिनुभएको छ । शिव कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाएको छ ।
शिलान्यास कार्यक्रममा वडा सदस्य रामकुमार चौधरी, विद्यालयका प्रधानाध्यापक मोहन सिग्देल लगायत स्थानीयवासी तथा समुदायको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक सिग्देलले नयाँ भवन निर्माणले विद्यार्थीहरूको पठनपाठन सहज हुने विश्वास व्यक्त गर्नुभएको छ ।

24/02/2025

राजापुर नगरपालिका वडा नं ४ स्थित महाकालेश्वर शिव मन्दिरलाई स्थानिय समाजसेवी विष्णु रिजालले ४० लाख मूल्य बराबरको २ कठ्ठा जग्गा दान गर्नुभएको छ । मंदिरको बिकास र बिस्तारकालागी मंदिर सँगै जोडिएको उक्त जग्गा दान गर्नुभएको हो । यस निर्णयले मन्दिरको विकास र विस्तारमा ठूलो मद्दत पुगेको छ । समाजसेवी रिजालले स्थानीय समुदायसँगको सल्लाहपछि स्वइच्छीक रुपमा यो दान गर्नुभएको हो । धार्मिक स्थलको संरक्षण र विकास गर्नु हामी सबैको कर्तव्य हो, र छोटो प्रयासले मन्दिरको भव्यता र व्यवस्थापनमा योगदान पुर्याउन जग्गा दान गरेको रिजालले बताउनुभयो । यस दानले मन्दिरको भवन विस्तार, पूजा कार्यक्रम र धार्मिक क्रियाकलापहरूलाई थप मजबुत बनाउने छ। स्थानीय समुदायले पनि यो कदमको स्वागत गर्दै समाजसेवी रिजालको योगदानलाई उच्च मूल्याङ्कन गरेका छन्। मन्दिरको व्यवस्थापन समितिले दान गरिएको जग्गाको उपयोगलाई प्राधान्य दिनुका साथै भविष्यमा मन्दिरको विकासका लागि अन्य योजनाहरू पनि अघि बढाउने जनाएको छ । समाजसेवी रिजालको यो कदमले धार्मिक क्षेत्रको संरक्षण र समुदायको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

Address

Rajapur 04
Bardiya

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Website

Alerts

Be the first to know and let us send you an email when Radio Rajapur 88.6 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Rajapur 88.6 MHz:

Share

Category