कर्मादीप मिडिया

कर्मादीप मिडिया 'MadiSamachar is the multimedia web magazine published by Madisaptahik patrika Bharatpur, Chitwan, Nepal.
(1)

10/09/2025

सरकारको नेतृत्वकोे दौडमा म छदै छैन: रवि लामिछाने

10/09/2025

बसन्तपुर बजारको अबस्था
कर्फ्यू छ बाहिर ननिस्कनु होला ।

09/09/2025

खुसी 😁

09/09/2025

पढ्ने ठाउँमा राजनीति गर्न हुँदैन माडी

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले ...
09/09/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ ।

09/09/2025

प्रदर्शनकारीले माडी नगरपालिका कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो तोडफोड ।

09/09/2025

माडीमा प्रदर्शन

09/09/2025
माडी, चितवन —  नेकपा एमाले माडीका नेता एवं माडी नगरपालिका वडा नं. १ वडाध्यक्ष पदका प्रत्यासी रहनुभएका युवा अगुवा टिकाराम...
09/09/2025

माडी, चितवन — नेकपा एमाले माडीका नेता एवं माडी नगरपालिका वडा नं. १ वडाध्यक्ष पदका प्रत्यासी रहनुभएका युवा अगुवा टिकाराम सुवेदीले नेकपा एमाले परित्यागको घोषणा गर्नुभएको छ।

लामो समयदेखि एमालेसँग आवद्ध सुवेदीले प्रधानमन्त्री एवं नेतृत्वले हत्या जस्तो घटनामा नैतिक जिम्मेवारी नलिएको भन्दै असन्तुष्टि प्रकट गरी एमाले परित्यागको घोषणा गर्नुभएको हो ।

सुवेदीले मंगलबार बिहान एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिनुपर्ने अवस्थामा त्यसो नगरी "बर्बर हत्याको मुखदर्शक बनेर" जिम्मेवार पदमा निरन्तर रहनु गलत रहेको भन्दै आफूले पार्टी छाड्ने निर्णय लिनुभएको हो ।

“२०५९ सालदेखि सुरु भएको मेरो सक्रिय पार्टी जीवन र २०७४ सालदेखि निरन्तर भइरहेको पार्टी सदस्यता आजैको मितिदेखि परित्याग गरेको घोषणा गर्दछु।” सुवेदीको भनाइ छ । पार्टी त्यागको निर्णय आफ्नो आत्माको आवाज र नैतिक धरातलमा आधारित रहेको उहाँले स्पष्ट पार्नुभएको छ।

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी...
08/09/2025

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।

Address

Madi-3
Basantapur
44214

Alerts

Be the first to know and let us send you an email when कर्मादीप मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कर्मादीप मिडिया:

Share