Samachar setu

Samachar setu Stay informed with Bhairahawa and national news, insightful perspectives, and essential information. All content is shared with credit to the respective owners.
(2)

Join our community for the freshest updates, trending stories, and local highlights.

09/06/2026

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय, अरू दुई महत्त्वपूर्ण निर्णय पनि

शपथ ग्रहण गरेपछि पत्रकारहरूसँग मन्त्री महावीर पुनले भने - "बधाई दिने सबैलाई धन्यवाद । धेरै प्रश्न नसोध्नुहोला । मन्त्री ...
09/06/2026

शपथ ग्रहण गरेपछि पत्रकारहरूसँग मन्त्री महावीर पुनले भने - "बधाई दिने सबैलाई धन्यवाद । धेरै प्रश्न नसोध्नुहोला । मन्त्री बनेको होइन पासोमा परेको हो, अरुलाई पासोमा थाप्छु भनेको आफैं पासोमा पर्‍यो । भोलि के गर्नुहुन्छ के छ योजना भनेर नसोध्नुहोला, आफ्नो बुद्धिले भ्याएसम्म गर्ने हो, सबैले एकैचोटि जानेर आएको हुँदैन ।

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ। तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी
09/06/2026

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ।
तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

09/06/2026

मन्त्रिपरिषद्‌मा गृहमन्त्री गुरुङलाई पाँचौं र नवप्रवर्तनमन्त्री पुनलाई आठौँ वरीयता

सरकारले हडताल गर्न नपाउने २५ वटा स्थानको नाम राजपत्रमा प्रकाशित गरेको छ।
09/06/2026

सरकारले हडताल गर्न नपाउने २५ वटा स्थानको नाम राजपत्रमा प्रकाशित गरेको छ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका उत्पादनतस्वीर : प्रधानमन्त्रीको सचिवालय
09/06/2026

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका उत्पादन

तस्वीर : प्रधानमन्त्रीको सचिवालय

महानायक राजेश हमालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना ।💐
09/06/2026

महानायक राजेश हमालज्यूलाई जन्मदिनको हार्दिक शुभकामना ।💐

सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा आज जेठ २६ गते मङ्गलबार बिहान ११:०० बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ। उक्त बैठक ...
09/06/2026

सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा आज जेठ २६ गते मङ्गलबार बिहान ११:०० बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ। उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जानकारी प्रवक्ता सस्मित पोख्रेलले दिनुभएको छ।

रुपन्देही क्रिकेट संघको महिला सदस्यमा उपप्रमुख उमा अधिकारी निर्वाचित: सामाजिक सञ्जालमा आलोचना।​रुपन्देही क्रिकेट संघको ह...
09/06/2026

रुपन्देही क्रिकेट संघको महिला सदस्यमा उपप्रमुख उमा अधिकारी निर्वाचित: सामाजिक सञ्जालमा आलोचना।
​रुपन्देही क्रिकेट संघको हालै सम्पन्न अधिवेशनबाट महिला सदस्यमा ७७ मत प्राप्त गरी सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी निर्वाचित हुनुभएको छ। यद्यपि, स्थानीय तहको उपप्रमुख जस्तो उच्च पदमा रहेकी व्यक्तिले महिला कोटाको आरक्षित सिटमा प्रतिस्पर्धा गरेको भन्दै आलोचना भइरहेको छ।
​यस घटनाले खेलकुदमा महिला प्रतिनिधित्व र अवसरको न्यायोचित वितरणबारे नयाँ बहस छेडिएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सेल्फी खिच्ने वा टिकटक बनाउने कार्य गरेमा कारबाही गरिने !काठमाडौँको लाइफलाइन मानिने नाग...
09/06/2026

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सेल्फी खिच्ने वा टिकटक बनाउने कार्य गरेमा कारबाही गरिने !
काठमाडौँको लाइफलाइन मानिने नागढुङ्गा मुग्लिन खण्डमा पर्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। नेपालमा पहिलो पटक जे कुरा देखे पनि सर्वसाधारणको उत्सुकताले सेल्फी खिच्ने वा टिकटक बनाउन रोकिने कार्य गरेमा सुरुङभित्र ठुलो ट्राफिक जाम र सुरक्षा जोखिम हुनसक्ने भए पछि कारबाही गरिने भएको छ।
आयोजना निर्देशक इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङभित्र सवारी साधनको गति सीमा (स्पीड लिमिट) तोकेको छ र ओभरटेक गर्न प्रतिबन्ध लगाएको छ । सुरुङभित्र सीसीटीभी क्यामेरा मार्फत चौबिसै घण्टा निगरानी गरिने र नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने संयन्त्र बनाइएको छ ।

Address

Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Samachar setu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share