Indreni Khabar

Indreni Khabar Indreni khabar covers recent and important news in local and national level.
(1)

राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापाले दाबी गरेसंगै बागमती प्रदेश राजनीतिमा नयाँ ट्वीस्ट, अब के होला?
19/08/2026

राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापाले दाबी गरेसंगै बागमती प्रदेश राजनीतिमा नयाँ ट्वीस्ट, अब के होला?

कोटेश्वरस्थित ग्रान्ड वी क्यान एकेडेमीमा भव्य स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न; अग्रजहरूलाई विशेष सम्मान​काठमाडौँ (कोट...
15/08/2026

कोटेश्वरस्थित ग्रान्ड वी क्यान एकेडेमीमा भव्य स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न; अग्रजहरूलाई विशेष सम्मान

​काठमाडौँ (कोटेश्वर) - ग्राण्ड वी क्यान इन्टरनेशनल एकेडेमी (Grand We Can Int'l Academy) मा ‘फेयरवेल तथा स्वागत कार्यक्रम-२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। काठमाडौँको कोटेश्वर–३२ स्थित प्रतिष्ठित शैक्षिक संस्थाले शैक्षिक सत्र २०८३ को स्वागत तथा बिदाइ कार्यक्रम विविध सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिका साथ भव्य रूपमा सम्पन्न गरेको हो।

​संस्थाको प्रमुख सान्त्वना महतको सभापतित्वमा सम्पन्न उक्त विशेष समारोहमा चर्चित गायक धिरज राइ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत र अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई बिदाइ गर्न आयोजना गरिएको यस कार्यक्रममा सांगीतिक, मनोरञ्जनात्मक तथा सम्मान कार्यक्रमले माहोल निकै रोमाञ्चक बनेको थियो। साथै विशेष अतिथिको रुपमा Bridgewater Int'l college का Vice Principal बिष्णु शर्माले बिध्यार्थीहरु शैक्षिक मार्गदर्शक र उच्च शिक्षाको लागि आह्वान गर्नु भयो।

​ज्येष्ठ नागरिक तथा अग्रजहरूलाई विशेष सम्मान:

​कार्यक्रमको अवसरमा एकेडेमीको उन्नति र समाजमा पुर्‍याएको योगदानको कदर गर्दै अध्यक्ष ई. राजु कटुवालका पिता रामजी कटुवाल, काका मकर बहादुर तथा ममि दुर्गा कटुवाललाई विशेष सम्मान (Special Honor) प्रदान गरिएको थियो। प्रमुख अतिथि धिरज राइ, सभापति श्रीमती सान्त्वना महत, विशिष्ट अतिथी राम प्रसाद तिमिल्सिना, अध्यक्ष ई. राजु कटुवाल तथा प्रमुख सल्लाहकार सोनित राज ढुङ्गेल, विशेष सल्लाहकार कंचन रायमाझीले संयुक्त रूपमा उहाँहरूलाई खादा तथा सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो।

​सांगीतिक तथा मनोरञ्जनात्मक धमका:

​कार्यक्रममा प्रमुख अतिथि तथा चर्चित पप गायक धीरज राई र गायक वीरेन मालाकारले आफ्ना लोकप्रिय सांगीतिक प्रस्तुति मार्फत विद्यार्थी तथा उपस्थित सम्पूर्णलाई नचाएका थिए। त्यसैगरी, चर्चित हास्य कलाकार राजेन्द्र गिरी र उनको टोलीको उत्कृष्ट प्रहसनले दर्शकहरूलाई पेट मिचीमिची हँसाएको थियो।

​मनोरञ्जनका साथै कार्यक्रममा विभिन्न मोडलहरू र शैक्षिक परामर्शदाता (Educational Mentors) हरूको पनि विशेष उपस्थिति र सहभागिता रहेको थियो। जहाँ बिशिस्ट अतिथी तथा ABM कलेजका संचालक राम प्रसाद तिमिल्सिनाले विद्यार्थीहरूलाई करियर सम्बन्धी प्रेरणादायी सुझावहरू दिएका थिए।

​मार्गदर्शन तथा शुभकामना:

​कार्यक्रममा मन्तव्य राख्दै एकेडेमीका प्रमुख सल्लाहकार सोनित राज ढुङ्गेलले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई एकेडेमीमा स्वागत गर्दै उज्ज्वल भविष्यको शुभकामना दिनुभयो। साथै, उहाँले बिदाइ भएर जाने विद्यार्थीहरूलाई आगामी उच्च शिक्षा र जीवनको नयाँ गोरेटोका लागि महत्त्वपूर्ण सल्लाह, हौसला र मार्गदर्शन प्रदान गर्नुभयो।

आसनबाट बोल्दै अध्यक्ष ई. राजु कटुवालले 'ग्रान्ड वी क्यान एकेडेमी'ले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा, अनुशासन र विद्यार्थीको चौतर्फी विकासमा जोड दिँदै आएको कुरा प्रष्ट पार्नुभयो। उहाँले आफ्ना अभिभावक तथा अग्रजहरूलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, कलाकार, शिक्षक वर्ग र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

​औपचारिक र अनौपचारिक गरी दुई चरणमा सञ्चालन भएको यस समारोहमा एकेडेमीका विद्यार्थीहरूले पनि आफ्ना आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए।

२९ गते पार्टी दर्ता गर्दै धवल शम्सेर राणा
12/08/2026

२९ गते पार्टी दर्ता गर्दै धवल शम्सेर राणा

30/07/2026

देशवासीको नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन

20/04/2026

सुदनलाई गृहमन्त्रीमा बर्खास्त नगरे आन्दोलन चर्किन्छ- श्याम बस्नेत

14/04/2026

यत्ति चाहि गर्नु

14/04/2026

बालेनको सम्पत्ति देखेर रिस गरेर भयो त? यता हेर्नुहोस

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Indreni Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Indreni Khabar:

Shortcuts

Share