संवाहक डटकम

संवाहक डटकम तपाँईको समाचार तपाँईकै भाषामा

भक्तपुर । नेपाली कांग्रेसकी महासमिति सदस्य तथा बागमती प्रदेशकी पूर्वमन्त्री, शहीद राधेश्याम जोन्छेँकी धर्मपत्नी रजनी जोन...
04/11/2025

भक्तपुर । नेपाली कांग्रेसकी महासमिति सदस्य तथा बागमती प्रदेशकी पूर्वमन्त्री, शहीद राधेश्याम जोन्छेँकी धर्मपत्नी रजनी जोन्छेँको निधन भएको छ। उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा उहाँको आज बिहान निधन भएको परिवारले जनाएको छ। स्वर्गीय जोन्छेँले लामो समयसम्म नेपाली कांग्रेस र लोकतान्त्रिक आन्दोलनप्रति समर्पित रहँदै राजनीतिक, सामाजिक एवं मानवअधिकारका क्षेत्रहरूमा सक्रिय योगदान पुर्‍याउनु भएको थियो। उहाँका सुपुत्रहरू राजील, सत्यक र ऋषभसहित परिवारजन शोकमा हुनुहुन्छ। स्वर्गीय जोन्छेँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्द्दछौं ।

भक्तपुर । नेपाली कांग्रेसकी महासमिति सदस्य तथा बागमती प्रदेशकी पूर्वमन्त्री, शहीद राधेश्याम जोन्छेँकी धर्मपत्....

रसुवा । रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अव...
03/11/2025

रसुवा । रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्माणाधीन अवस्थामा रहेको मितेरी पुलको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ । गत असारमा ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि दुई देशबीचको आवतजावत बन्द भएको अवस्थमा चिनियाँ पक्षले निर्माण सो पुल निर्माण गरिरहेको छ । रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चिनियाँ अधिकारीहरूसँगको छलफलपछि एक महिनाभित्र पुल निर्माण सम्पन्न हुने र पुनः बैठक बसी सञ्चालन मिति तय गरिने राससलाई जानकारी दिनुभयो ।...

रसुवा । रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ । चिनियाँ अधिकारीहरूका अनुसार निर्...

चितवन । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकीय गन्तव्य ब...
03/11/2025

चितवन । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकीय गन्तव्य बनाउन सबै मिलेर लाग्नु पर्ने बताउनुभएको छ । मन्त्रालयको चितवन स्थित कार्यालयको भ्रमण, अनुगमन तथा चितवन राष्ट्रिय निकुञ्जको अवलोकनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । बागमती प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार तथा अभिलेखीकरणको अभावका कारण यहाँ आन्तरिक तथा वाह्र्य पर्यटकहरूको कमी भएको बताउँदै उहाँले पर्यटक बढाउन हाम्रा कार्यालयहरू तथा पर्यटन व्यवसायीहरूले हाम्रा गन्तव्यहरूको प्रचार प्रसार समेतमा ध्यान दिनु पर्ने बताउनुभएको थियो ।...

चितवन । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चितवनलाई बागमती प्रदेशको गौरवशाली पर्यटकी....

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृ...
03/11/2025

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार श्रेष्ठले २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्मको अवधिमा आफ्नो पारिवारिक सदस्यहरूसहित वैधानिक आम्दानी र प्रमाणित खर्चको तुलनामा एक करोड ४३ लाख १८ हजार ९३७ रुपियाँ ५२ पैसा बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको छ।...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजन...

काठमाडाैं । कात्तिक नाचको महत्वपूर्ण अंशमध्येको एक वराह अवतार हिजो द्वादशीका दिन प्रस्तुत गरिएकाे छ । विप्णु अवतारमा आधा...
03/11/2025

काठमाडाैं । कात्तिक नाचको महत्वपूर्ण अंशमध्येको एक वराह अवतार हिजो द्वादशीका दिन प्रस्तुत गरिएकाे छ । विप्णु अवतारमा आधारित रहेको कात्तिक नाच दश दिनसम्म प्रस्तुत गर्ने गरिन्छ । वराह अवतार अन्तर्गत स्वर्गलोकका राजा इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित छ । यज्ञ भङ्ग भएपछि विष्णुले वराह अवतार लि हिरण्याक्ष दैत्यसँग युद्ध गर्छ । आफूहरूले हार्दै जाँदा हिरण्याक्षसहित उनका दैत्यगण भाग्छन् ।...

काठमाडाैं । कात्तिक नाचको महत्वपूर्ण अंशमध्येको एक वराह अवतार हिजो द्वादशीका दिन प्रस्तुत गरिएकाे छ । विप्णु अव....

हेटौँडा — बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सम्पन्न सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूको सम्मेलनले व...
02/11/2025

हेटौँडा — बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सम्पन्न सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूको सम्मेलनले वित्तीय संघीयतालाई सुदृढ, पारदर्शी र उत्तरदायी बनाउने साझा प्रतिबद्धता जनाउँदै ‘हेटौँडा घोषणापत्र’ जारी गरेको छ। संघीयता कार्यान्वयनका क्रममा देखिएका कमजोरी सच्याउने र प्रदेश–स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने उद्देश्यसहित जारी घोषणापत्रमा कोशी प्रदेशका रामबहादुर मगर, मधेश प्रदेशका अर्थमन्त्री, बागमती प्रदेशका प्रभात तामाङ, गण्डकी, लुम्बिनीका धनेन्द्र कार्की, कर्णाली र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीहरूका हस्ताक्षर रहेका छन्।...

हेटौँडा — बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सम्पन्न सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूको ....

नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामा (साउन र भदौ) रेमिटेन्समार्फत न...
01/11/2025

नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामा (साउन र भदौ) रेमिटेन्समार्फत नेपालमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशतले वृद्धि भएको हो । सोही अवधिमा मुलुकको विदेशी विनिमय सञ्चिति पनि ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चिति १९.७ महिनासम्मको वस्तु आयात र १६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यी तथ्यांकहरूले स्पष्ट गर्छन् नेपालको आर्थिक रक्तसञ्चार अहिले रेमिटेन्सकै भरमा चलिरहेको छ ।...

नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामा (साउन र भदौ) रेमिटेन्स.....

नेपालगन्ज । बरिष्ठ कलाकार कमल बि.के. निर्मोहीलाई आवतजावत सहजताका लागि व्हील चेयर प्रदान गरिएको छ । पछिल्लो समय स्वास्थ्य...
01/11/2025

नेपालगन्ज । बरिष्ठ कलाकार कमल बि.के. निर्मोहीलाई आवतजावत सहजताका लागि व्हील चेयर प्रदान गरिएको छ । पछिल्लो समय स्वास्थ्यमा उल्लेख्य सुधार भएका निर्मोहीलाई आवतजावतमा समस्या भएपछि बास नेपालले व्हील चेयर हस्तान्तरण गरेको हो । आज निर्मोही निवासमा पुगेर समिति सदस्य नेपाल उद्योग बाणिज्य संघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाकी निबर्तमान उपप्रमुख उमा थापा मगर, बास नेपालका केन्द्रीय उपाध्यक्ष दिला शाह, सदस्य बसन्ती रोकाया, बास नेपालका निर्देशक हेमराज भट्ट लगायतले ह्वेल चेयर बरिष्ट कलाकार कमल बि.क....

नेपालगन्ज । बरिष्ठ कलाकार कमल बि.के. निर्मोहीलाई आवतजावत सहजताका लागि व्हील चेयर प्रदान गरिएको छ । पछिल्लो समय स्....

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ। शनिब...
01/11/2025

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ। शनिबार उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको हो। करिब एक घण्टा महामन्त्रीद्वयसँग आगामी निर्वचनबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिनुभयो।...

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राख्नु.....

पोखरा  । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानक...
01/11/2025

पोखरा । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल कार्की ‘अन्जान’, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा आदर्श पोखरेल र सहसचिवमा बिर्सना बस्नेत चयन भए । यस्तै सदस्यहरूमा राजाराम पौडेल, सुरज उपाध्याय, रेशम रचक, जमुना पौडेल बराल र गणेशराज सदाशङ्कर चयन भएका छन् ।...

पोखरा । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्र....

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन...
01/11/2025

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ। मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ। उहाँ लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा हुनुहुन्थ्यो। विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उहाँले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस....

यो मूर्ति पाटन दरबार संग्रहालयको सुन्दरी चौकस्थित तुषा हितीमा कुँदिएको देवी बगलामुखीको प्रतिमा हो। यसले तान्त्रिक परम्पर...
01/11/2025

यो मूर्ति पाटन दरबार संग्रहालयको सुन्दरी चौकस्थित तुषा हितीमा कुँदिएको देवी बगलामुखीको प्रतिमा हो। यसले तान्त्रिक परम्पराका दश महाविद्याहरूमध्येकी एक, देवी बगलामुखीको दुर्लभ र जीवन्त स्वरूप प्रस्तुत गर्दछ। मूर्तिमा उहाँलाई अठार हातसहित देखाइएको छ, जहाँ प्रत्येक हातमा फरक–फरक अस्त्र–शस्त्र रहेका छन्। मूर्तिको मध्यभागमा उहाँले सम्भवतः मदन नामक असुरको मुख समातेकी र फाड्न लागेको मुद्रा ग्रहण गर्नुभएको छ। यो अभिव्यक्तिले नकारात्मक वाणीलाई मौन पार्ने र विनाशकारी शक्तिहरूलाई नियन्त्रण गर्ने उहाँको दैवी सामर्थ्यलाई सशक्त रूपमा उद्घाटन गर्छ, जो उहाँको साधनाको मूल तत्त्व हो।
बगलामुखीका दायाँ–बायाँ अन्य महत्त्वपूर्ण देवताहरू पनि कुँदिएका छन् — बायाँपट्टि तीन टाउके महिषासुरमर्दिनी उभिएकी छिन्, जो भैंसी राक्षसको संहारक हुन्, र दायाँपट्टि दुई मानव आकृतिमाथि आरूढ वराही देखिएकी छिन्, जो अर्को उग्र र शक्तिशाली स्वरूपको प्रतीक हुन्। यी सम्पूर्ण मूर्तिहरूले दैवी बहुरूपताको गहिरो दर्शन र नेवार तान्त्रिक कलाको सूक्ष्म सौन्दर्य प्रस्तुत गर्छन्।
यस मूर्तिसँग सम्बन्धित प्राचीन पाण्डुलिपिहरूमा देवी बगलामुखीको बीज मन्त्र पनि उल्लेख पाइन्छ, जुन केवल दीक्षित साधकहरूको लागि मात्र आरक्षित रहन्थ्यो। यसले यसको पवित्रता र गूढ धार्मिक महत्वलाई झल्काउँछ। परम्परागत रूपमा यस्ता ग्रन्थ र मूर्तिहरू आगम घरभित्रै पढिन्थे, अध्ययन र साधनाका लागि मात्र प्रयोग गरिन्थे। पछिल्ला समयहरूमा यस्ता दुर्लभ सम्पदाहरू संग्रहालय र अध्ययनस्थलमा पनि प्रदर्शित हुन थालेका छन्।
यो अमूल्य मूर्ति र यसको तान्त्रिक परम्परा नेपालका सांस्कृतिक तथा धार्मिक सम्पदाको गौरवशाली भाग हुन्। आशा छ, यस्ता सम्पदाहरूलाई भविष्यमा पनि सम्मानपूर्वक संरक्षण र पूजनीय रूपमा निरन्तरता दिइनेछ, जसरी यो बगलामुखी मूर्तिलाई शताब्दीयौंदेखि साधकहरूले श्रद्धा र भक्ति सहित पूज्दै आएका छन्।

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when संवाहक डटकम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to संवाहक डटकम:

Share