04/04/2025
आज रवि लामिछानेलाई जेल हालियो, र अब केही दिनमै वालन शाहलाई पनि निलम्बन गरिने निश्चित जस्तै देखिन्छ।
देशको न्यायपालिका नै अहिले दलगत कोटाको भागबण्डामा चलेको छ। न रविले यो कुरा समयमै बुझ्न सके, न त वालनले।
महानगरका पदाधिकारीदेखि वडा अध्यक्षसम्म — सबै दलिय भागबण्डाबाट आएका छन्। यो कडो यथार्थ पनि वालन शाहले गहिरो गरी बुझ्न सकेनन्।
यदि साँच्चिकै देशमा परिवर्तन ल्याउने, भ्रष्टाचारमुक्त नेपाल बनाउने सपना यी दुईले देखेका भए,
यदि साँच्चिकै देशलाई समृद्धितर्फ लैजाने दृढ संकल्प गरेका भए,
उनीहरूले अस्ती चैत्र १५ गते भएको जनआन्दोलनको पक्षमा खुलेर आवाज उठाउनुपर्ने थियो।
तर दुर्भाग्यवश, आफूहरू मात्र राजासमान बन्ने रहरले ग्रसित भए — देश र जनताको वास्तविक पीडा बिर्सिए।
आजको गणे सत्ता (सत्तारूढ गठबन्धन) यिनीहरूलाई पनि त्यही शैलीमा समाप्त गर्ने दिशामा अग्रसर भइसकेको छ,
तर दुःखको कुरा, यी पात्रहरूले अझै पनि कठोर यथार्थ बुझ्न सकेका छैनन्।
देशलाई साँच्चिकै परिवर्तन गर्ने सपना देख्नेहरूलाई व्यक्तिगत आकांक्षा होइन, जनताको आवाज र पीडालाई आत्मसात् गर्नुपर्छ।
तर जब परिवर्तनका सिपाहीहरू नै आफूलाई राजा ठान्न थाल्छन्,
त्यतिखेर परिवर्तनको सपना फेरि अर्को लडाइँको निम्तो बनिदिन्छ।