08/09/2026
लाजियोले सिरी एमा युडिनिजमाथि जित हासिल गरेको छ ।
सोमवार राति भएको खेलमा लाजियोले युडिनिजमाथि २–१ को जित हासिल गरेको हो ।
युडिनिजको गृह मैदान ब्लुइनर्जी स्टेडियममा भएको खेलमा पाउना टोलीले एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गर्यो ।
लाजियोलाई जिताउन डेभिड फ्राटेसी र अल्बर्ट गुडमन्डसनले गोल गरे ।
घरेलु टोलीका लागि भने जेस्पर कार्लस्ट्रोमले गोल गरे ।
जितसंगै लाजियोले ३ खेलबाट ९ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित युडिनिजको समान ३ खेलमा ४ अंकसहित तालिकाको ११ औं स्थानमा रहेको छ ।
| | |