Nepal Rastra Khabar

Nepal Rastra Khabar Nepal Rastra Khabar: Reliable News for Society

Your go-to source for breaking news and trends. Follow us for instant updates.

Instant updates here(Social Media), in-depth coverage on the website. Click here for more: www.nepalrastrakhabar.com

Education Minister Mahabir Pun Says at TU Convocation Event as : “२१औँ शताब्दीको संसारले अब तपाईंको डिग्री के हो भनेर हो...
25/12/2025

Education Minister Mahabir Pun Says at TU Convocation Event as : “२१औँ शताब्दीको संसारले अब तपाईंको डिग्री के हो भनेर होइन, तपाईं के गर्न सक्षम हुनुहुन्छ भनेर सोध्छ। त्यसैले सधैँ आफैंलाई प्रश्न गर्नुहोस् मेरो ज्ञान र सीपले समाजका कुन समस्या समाधान गर्न सक्छ ? 🇳🇵 🙏

रमेश लेखक : सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छुनिवर्तमान गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने ब...
25/12/2025

रमेश लेखक : सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

निवर्तमान गृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन् ।

बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै लेखकले भाद्र २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफूलाई जानकारी लिन बोलाएको जानकारी दिए ।
“भाद्र २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मलाई बोलाएको छ,” लेखकले भने, “मैले आयोगमा उपस्थित भएर बयान दिने निर्णय गरेको छु ।”

आयोगले शुक्रबारका लागि बोलाए पनि आफू सोमबार आयोगमा जाने उनले स्पष्ट पारे ।

Now in Nepal: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पछिल्लो समय विभिन्न राजनीतिक, सामाजिक तथा युवा अगुवा...
25/12/2025

Now in Nepal: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पछिल्लो समय विभिन्न राजनीतिक, सामाजिक तथा युवा अगुवाहरूसँग निरन्तर भेटघाट बढाएका छन् । यो क्रम विशेष गरी आगामी प्रतिनिधिसभा निर्वाचन तिर अनुमानितलाई मध्यनजर गर्दै वैकल्पिक शक्तिहरू एकजुट गर्ने प्रयासका रूपमा देखिएको छ ।

ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घर यसका लागि प्रमुख बैठकस्थल बनेको छ । आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, रास्वपाकै अर्का नेता शिशिर खनाल, उज्यालो पार्टीका नेपालका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमार सिंहले बालेनलाई भेटेका हुन् ।

एलिजाले छाडिन् जनादेश पार्टी, बनिन् आजपा उपाध्यक्ष :जनादेश पार्टीको संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाडेकी...
25/12/2025

एलिजाले छाडिन् जनादेश पार्टी, बनिन् आजपा उपाध्यक्ष :

जनादेश पार्टीको संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाडेकी छन् । पत्रकार ऋषि धमला पत्नी समेत रहेकी उनी जनादेश पार्टी छाडेर प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेकी हुन् ।

उनले आफु आजपामा प्रवेश गरेको र उपाध्यक्षको जिम्मेवारी पाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘म एलिजा गौतमलाई यस पार्टीमा उपाध्यक्षको रूपमा स्वागत गर्नु भएकोमा आम जनता पार्टीका अध्यक्ष आदरणीय प्रभु साहलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

Binash Thapa Accident : मोटरसाइकल दुर्घटनामा क्रिकेट खेलाडी थापाको मृत्यु :क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटना...
25/12/2025

Binash Thapa Accident : मोटरसाइकल दुर्घटनामा क्रिकेट खेलाडी थापाको मृत्यु :

क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरका मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घषणा गरेको प्रहरीले जनाएको छ ।

उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् । विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका थापाले कोशी प्रदेशबाट अन्य फ्रेन्चाइज लिगसमेत खेलेका छन् ।

Merry Christmas 2025! 🎄 Warm wishes to you and your loved ones from Santa Claus🎁May this Christmas bring joy, peace, lov...
25/12/2025

Merry Christmas 2025! 🎄 Warm wishes to you and your loved ones from Santa Claus🎁
May this Christmas bring joy, peace, love & beautiful memories into your life ❤️
#

कुलमान घिसिङ : सबै नयाँ शक्ति मिलेर चुनावमा जानुपर्छऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी प्...
24/12/2025

कुलमान घिसिङ : सबै नयाँ शक्ति मिलेर चुनावमा जानुपर्छ

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति मिलेर अघि बढ्ने स्पष्ट पारेका छन् ।

बुधबार १ सय दिनको काम सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिबाट पछि हट्ने सोचमा नभएको र नयाँ शक्ति मिलेर अघि बढ्ने स्पष्ट पारेका हुन् ।

‘म मन्त्रीका रूपमा आएपछि राजनीतिक हिसाबले पनि इन्ट्री गरेको हुँ । मन्त्रीको हैसियतले जिम्मेवारी बहन गर्दै अघि बढिरहेको छु । उपयुक्त समयमा चुनावका लागि आवश्यक निर्णय लिनेछौँ,’ उनले भने ।

मन्त्री घिसिङले आगामी चुनावमार्फत नयाँ सक्षम नेतृत्व ल्याउन र देशमा स्थायी परिवर्तन सुनिश्चित गर्न सबै नयाँ शक्तिलाई एकजुट हुने प्रतिवद्धता व्यक्त गरे ।

राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै, लिङ्देन–थापाले आजै गर्ने हस्ताक्षरराजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा ...
24/12/2025

राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै, लिङ्देन–थापाले आजै गर्ने हस्ताक्षर

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज एकता हुने भएको छ ।

दुवै पक्षबीच सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । आज बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबीच एकता गर्ने सहमति गरेको हो ।

‘दुई दलबीच एकता सहमति पत्र साँझ ७ बजेसम्म हस्ताक्षर हुनेछ,’ उनले भने । ‘अहिलेसम्म एकता गर्ने सहमति मात्र भएको छ, पद बाँडफाँटको विषयमा केही निर्णय भएको छैन । कमल थापा कुनै पनि बार्गेनिङ नगरी एकताका लागि तयार हुनुहुन्छ ।’

Big Breaking : विवेकशील पार्टी रास्वोपासंग सामेल भएपछि पहिलोपटक विवेकशील पार्टीकी नेत्री रंजु दर्शनाले रास्वोपाबाट सामान...
24/12/2025

Big Breaking : विवेकशील पार्टी रास्वोपासंग सामेल भएपछि पहिलोपटक विवेकशील पार्टीकी नेत्री रंजु दर्शनाले रास्वोपाबाट सामानुपातिक निर्वाचन प्रणाली अन्तर्गत आफ्नो उम्मेदवारीको घोषडा गरेकी छन ।

उनले लेखेकि छन :

राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्य साथीहरूमा न्यानो नमस्कार 🙏

सामानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मेरो राजनीतिक जिवन मै पहिलो पटक उम्मेदवारी दिएको छु। हाल सम्म म आकांक्षी मात्र हुँ। आन्तरिक प्रतिस्पर्धामा आफ्नो योग्यता, क्षमता र यॅंहाहरूको मतले नै पक्का उम्मेदवार बनाउनेछ।

त्यसैले आज यॅंहाहरू समक्ष १२ गते देखि सुरू हुने आन्तरिक चुनावमा मतदान गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु।

Breaking News: Election officers appointed in all seven provinces for the National Assembly electionsThe Election Commis...
24/12/2025

Breaking News: Election officers appointed in all seven provinces for the National Assembly elections

The Election Commission has established election officer offices in seven provinces and appointed election officers for the upcoming National Assembly elections to be held on Magh 11. Commission spokesperson Narayan Prasad Bhattarai informed that the commission has appointed district judges as election officers.

Bhimraj Prasai has been appointed in Koshi Province, Shubhnath Puri in Madhesh, Geeta Shrestha in Bagmati, Himal Belbase in Gandaki, Prakashraj Pandit in Lumbini, Deepak Dhakal in Karnali, and Bhuwan Singh Thapa in Sudurpaschim.

Note: The election symbols will be given to the candidates on Poush 28th, and voting will be held from 9:00 AM to 3:00 PM.

जाँचबुझ आयोगलाई बयान दिन ओली तयार !नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोग घरमै आए बयान...
24/12/2025

जाँचबुझ आयोगलाई बयान दिन ओली तयार !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोग घरमै आए बयान दिन तयार भएका छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री, राष्ट्रपतिसँगको छलफलका क्रममा ओलीले आफ्नो बयान लिन घरमै आए स्वीकार गर्ने तर जाँचबुझ आयोगको कार्यालय भने नजाने बताएका हुन् ।

‘यो कार्की आयोगको काम छैन, किन बनाएको ? मसँग कुरा गर्नुछ भने गुन्डुको मेरो घरमै पठाइदिनुस्, म जे–जे भन्नु छ, त्यहीँ भनौँला,’ ओलीको भनाई उदृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

ओलीले यसअघि पनि बयान दिन जाँचबुझ आयोगको कार्यालय सिंहदरबार भने नजाने बताउँदै आएका थिए ।
जाँचबुझ आयोगले केही दिनमै बयानका लागि ओलीलाई पत्राचार गर्ने तयारी गरेको छ । मंगलबार ओली सरकारकै गृहमन्त्री रमेश लेखकलाई बोलाउँदै पत्रचार गरेको छ ।

Meanwhile in Nepal :नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्द...
24/12/2025

Meanwhile in Nepal :

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

संयोजक दाहाल र सहसंयोजक नेपाल केही दिन अघि भारतबाट उपचार गरी स्वदेश फर्किएकी चित्रकारलाई भेट्न डल्लुस्थित निवासमा पुगेका थिए। भेटका क्रममा उनहरूले चित्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

नेता झलनाथ खनालका अनुसार चित्रकारको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको छ भने थप सुधारका लागि उपचार जारी रहेको छ।

Address

Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Nepal Rastra Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Rastra Khabar:

Share