30/05/2026
अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीनजना घाइते :
अछामको पञ्चदेवल विनायक नगरपालिका-४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा प्र ०१-०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनालगत्तै बेलखेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पुर्याएको थियो। त्यहाँ प्राथमिक उपचार गरेपछि उनीहरूलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ।