Nepal Network Media/Devghat Live•

  • Home
  • Nepal Network Media/Devghat Live•

Nepal Network Media/Devghat Live• समाज रुपान्तरण को अलग धार लुकाइएको विषय को प्रष्ट उजागर बेथिति विरुद्ध को एक प्रहार. Nepal Network Media/Devghat Live

10/09/2026

परिवार समालेर बसेको छोरा हौ हाम्रो लथालिङ्ग नबनाऊ
कार्यक्रम:- GEN-Z आन्दोलनको एक वर्ष
भिडियो स्रोत:- times television

धार्मिक द्वन्द भड्काउने किसिमले आफैँलाई गोली हान्न लगाएका विवादित आरोपमा मुछिएका धर्मगुरु श्रीनिवास गृहमन्त्रीसँगै ।
08/09/2026

धार्मिक द्वन्द भड्काउने किसिमले आफैँलाई गोली हान्न लगाएका विवादित आरोपमा मुछिएका धर्मगुरु श्रीनिवास गृहमन्त्रीसँगै ।

काठमाडौंको थानकोटमा सिलिन्डर बोकेको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।अनियन्त्रित भएको ट्रकले एउट...
07/09/2026

काठमाडौंको थानकोटमा सिलिन्डर बोकेको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

अनियन्त्रित भएको ट्रकले एउटा बलेरोलाई समेत ठक्कर दिएको छ। दुर्घटनामा ट्रक चालकको मृत्यु भएको हो।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

ग्यास अभावले काठमाडौंका विद्यार्थीको पीडा बढ्दो : महिनौंदेखि खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीहरू बाहिर खाना खान बाध्...
07/09/2026

ग्यास अभावले काठमाडौंका विद्यार्थीको पीडा बढ्दो :

महिनौंदेखि खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीहरू बाहिर खाना खान बाध्य छन्। परीक्षा नजिकिँदै गर्दा खानाकै समस्या भएपछि कसरी पढ्ने?
कतिपय ठाउँमा एक महिनापछिको कुपन दिइएको र सम्बन्धित निकायबाट समेत उचित सहयोग नपाएको उनीहरूको भनाइ छ।
“पढेर केही गरौँ भन्ने सपना बोकेर काठमाडौं आएका हौँ, तर अहिले दुई छाक खानकै लागि संघर्ष गर्नुपरेको छ।”
हाम्रो समस्या कहिले समाधान हुन्छ ?”

07/09/2026

भोटेकोसी बाढीमा परी दिवंगत भएकाहरूको स्मृतिमा देवघाटधाममा आयोजित सामूहिक श्रद्धाञ्जली प्रार्थना सभा

काठमाडौं / भोटेकोशी बाढीमाज्यान गु'माएका दिवंगत आत्माहरूको १३औँ दिनको पुण्यतिथिमा चिरशान्तिको कामना गर्दै माइतीघरमा गरिय...
07/09/2026

काठमाडौं / भोटेकोशी बाढीमाज्यान गु'माएका दिवंगत आत्माहरूको १३औँ दिनको पुण्यतिथिमा चिरशान्तिको कामना गर्दै माइतीघरमा गरियो दीप प्रज्वलन

झापाका वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको छ।
07/09/2026

झापाका वनमा डेरा जमाएर बसेका २२ वटा हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको छ।

रसुवा, नुवाकोटलगायतका जिल्लामा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधान...
07/09/2026

रसुवा, नुवाकोटलगायतका जिल्लामा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। चेक हस्तान्तरण कार्यक्रममा महामन्त्री पौडेलसँगै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू सहभागी थिए।

केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी, त्रिशूलीलगायत नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीपहिरोका कारण कैयौं परिवार विस्थापित भएका छन् भने सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ।

विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार तथा सुरक्षित बासस्थानको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारलाई उक्त रकम उपलब्ध गराइएको महामन्त्री पौडेलले बताए।

रकम हस्तान्तरणपछि पौडेलले संकटको यस घडीमा नेपाली कांग्रेस बाढीपहिरोबाट प्रभावित नागरिकको साथमा रहेको बताए। उनले विपद्का कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र परेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराए।

‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,’ पौडेलले भने।

उनले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरे।

राहत वितरणलाई पारदर्शी बनाउन तथा आगामी दिनको समग्र विपद् व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

विपद् व्यवस्थापन, बेपत्ताको खोजी तथा विस्थापित नागरिकको दीर्घकालीन पुनर्स्थापनामा सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न पार्टी तयार रहेको प्रतिबद्धता पनि महामन्त्री पौडेलले व्यक्त गरे।

2 season मा Khalti ले पाएको NPL काे टिकटिङ अधिकार यसपालि eSewa ले पाएको छ।
07/09/2026

2 season मा Khalti ले पाएको NPL काे टिकटिङ अधिकार यसपालि eSewa ले पाएको छ।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा चितवनकाे कारागारमा दीप प्रज्वलन कार्यक्रम, सिडीओ गणेश अर्यालसहित सुरक्षा टोल...
07/09/2026

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा चितवनकाे कारागारमा दीप प्रज्वलन कार्यक्रम, सिडीओ गणेश अर्यालसहित सुरक्षा टोलीको सहभागिता !

Address

Devghat

33915

Alerts

Be the first to know and let us send you an email when Nepal Network Media/Devghat Live• posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed media company?

Share