Nepal Network Media/Devghat Live•

  • Home
  • Nepal Network Media/Devghat Live•

Nepal Network Media/Devghat Live• समाज रुपान्तरण को अलग धार लुकाइएको विषय को प्रष्ट उजागर बेथिति विरुद्ध को एक प्रहार. Nepal Network Media/Devghat Live

भ्रामक समाचारले पीडित गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा !                          ‘निष्कलङ्क भएर पनि विवादमा परिहा...
20/10/2025

भ्रामक समाचारले पीडित गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा ! ‘निष्कलङ्क भएर पनि विवादमा परिहालिने रहेछ’ : गंगा दाहाल
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का संयोजक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकिय सचिव तथा छोरी गंगा दाहालले सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै पछिल्ला दिनमा आफूमाथि सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलाइएका भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छन्।
गंगाले लेखेकी छन्, “दाजु प्रकाश दाहालको निधनपछि आमा सीता दाहाल बिरामी हुनुभएको अवस्थाका कारण पार्टीको निर्णयअनुसार सचिवालयमा जिम्मेवारी लिएकी थिएँ। पार्टी र अध्यक्षलाई सहयोग गर्न निस्वार्थ भावनाले काम गरेँ, तर जतिसुकै निष्कलङ्क भएर काम गरे पनि विवादमा परिहालिने रहेछ।”
उनले आफूले कहिल्यै पनि व्यक्तिगत स्वार्थका लागि काम नगरेको बताउँदै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत भइरहेको निरन्तर कुप्रचारले पार्टी र अध्यक्ष प्रचण्डमाथि योजनाबद्ध प्रहार भइरहेको आरोप लगाएकी छन्।
गंगाले आफ्नो नाममा जोडिएका महँगा ब्याग र घडीबारे आएका समाचार असत्य भएको बताएकी छन्। उनका अनुसार ती वस्तु साथीहरूले जन्मदिनको अवसरमा दिएको सामान्य उपहार मात्र थिए।
सचिवालयको जिम्मेवारीबाट राजीनामा दिए पनि आफू पार्टीप्रति जीवनभर प्रतिबद्ध रहने बताउँदै उनले भनिन्, “पार्टीकी जिम्मेवार कार्यकर्ता भएकाले आजीवन पार्टीमा क्रियाशील रहनेछु।”
राजीनामासँगै उनले पार्टीका नेताकर्मचारी, कार्यकर्तादेखि आम नागरिकसम्म सबैप्रति धन्यवाद ज्ञापन गर्दै तिहार, छठ र नेपाल संवत्‌का अवसरमा शुभकामना व्यक्त गरेकी छन्।

आज कुकुर तिहारः आजको दिन कुकुरलाई ‘भैरव भगवान’ को वाहन भनेर पूजा गरिन्छ। Happy Kukur Tihar ❤️🙏
20/10/2025

आज कुकुर तिहारः आजको दिन कुकुरलाई ‘भैरव भगवान’ को वाहन भनेर पूजा गरिन्छ। Happy Kukur Tihar ❤️🙏

19/10/2025

प्रधानाध्यापक र विध्यार्थी बिचको यो रमाइलो देउसी भैलो कार्यक्रम 😃

इजरायलमा  बिपिन जोशिको यसरि  गरिदै छ अन्तिम बिदाई भएको छ ,सव भोलि नेपाल आइपुग्ने ।
19/10/2025

इजरायलमा बिपिन जोशिको यसरि गरिदै छ अन्तिम बिदाई भएको छ ,सव भोलि नेपाल आइपुग्ने ।

तिहारको पहिलो दिन: Happy Kaag Tihar to all !! 😲❤️
19/10/2025

तिहारको पहिलो दिन: Happy Kaag Tihar to all !! 😲❤️

19/10/2025

मन्त्री जगदीश खरेलको १ करोडको भनिएको Rolex Submariner घडीबारे स्पष्टीकरण — “रोलेक्स होइन, २०–२५ हजारको Roaster हो, दाइको पुरानो घडी।” 😳⌚

BREAKING> टिओबी कमाण्डर तेन्जिन दावा लामाको नागरिकता शंकास्पदजेन–जी आन्दोलनमा ‘मलाई मेरो देश फिर्ता दे’ भन्दै नारा लगाउँ...
18/10/2025

BREAKING> टिओबी कमाण्डर तेन्जिन दावा लामाको नागरिकता शंकास्पद
जेन–जी आन्दोलनमा ‘मलाई मेरो देश फिर्ता दे’ भन्दै नारा लगाउँदै, टिबेटन ओरिजिनल ब्लड लेखिएको कालो ज्याकेटमा तोडफोड र आगजनीमा संलग्न देखिएका टिओबी कमाण्डर तेन्जिन दावा लामाको नागरिकता नक्कली ठहरिएको समाचार जनआस्थाले ब्रेक गरेको छ। फर्जी जन्मदर्ताका आधारमा बनेको नागरिकता र राहदानीसहित अष्ट्रेलिया जान तयारीमा रहेका उनलाई प्रहरीले पक्राउ गरेको छ, जसले सरकारी सेटिङ र देशको स्वाधिनतामाथि नै गम्भीर सवाल उठाइदिएको छ ।

पारिश्रमिक वृद्धिको माग गर्दै चितवनको भरतपुरस्थित चौविसकोठीमा नर्सहरूले आज शान्तिपूर्ण आन्दोलन गरेका छन्। लामो समयदेखि न...
18/10/2025

पारिश्रमिक वृद्धिको माग गर्दै चितवनको भरतपुरस्थित चौविसकोठीमा नर्सहरूले आज शान्तिपूर्ण आन्दोलन गरेका छन्। लामो समयदेखि न्यून तलबमा निरन्तर सेवा दिँदै आएका नर्सहरूले आफ्नो योगदानको सम्मान र उचित पारिश्रमिकको सुनिश्चितताका लागि सडकमा उत्रिन बाध्य भएको बताएका छन्।
आन्दोलनमा सहभागी नर्सहरूले “हामी सेवा मात्र होइन, अधिकार पनि चाहिन्छ”, “उचित तलब पाउनु हाम्रो अधिकार हो” जस्ता नारा लगाएका थिए। उनीहरूले स्वास्थ्य क्षेत्रमा नर्सहरूको भूमिकालाई राज्यले बेवास्ता गरिरहेको भन्दै तत्काल तलब वृद्धि, सुविधा सुधार र सुरक्षित कार्य वातावरणको माग राखेका छन्।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा हिंसात्मक भीडले दाङ जिल्ला अदालतमा आगजनी र तोडफोड गर्ने प्रयास गरेको समयमा असाधारण स...
18/10/2025

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा हिंसात्मक भीडले दाङ जिल्ला अदालतमा आगजनी र तोडफोड गर्ने प्रयास गरेको समयमा असाधारण साहस प्रदर्शन गर्ने प्रहरी सहायक हवल्दार संगीता अधिकारीलाई नेपाल प्रहरीले विशेष बढुवा प्रदान गरेको छ। ७०औं प्रहरी दिवसको अवसर पारेर अदालतलाई क्षति हुनबाट जोगाउने योगदानका लागि उनलाई एक तह बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । जिल्ला प्...
18/10/2025

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ७ः१५ बजे सात सवारीसाधन एकअर्कासँग ठक्कर खाएका थिए। भरतपुर महानगरपालिका–२९ स्थित गाईघाटमा मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस ठोक्किएका थिए। त्यस बसको पछाडि लस्करै रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र- ०६-००१ ग ०४८४ नम्बरको विद्युतीय माइक्रो, ग २ ख १६२६ नम्बरको बस, त्यसपछाडिको ना ३ च ३२५६ नम्बरको बलेरो र बिएबि ८४७० नम्बरको कार ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

17/10/2025

जेन-जी विद्रोहमा जीवन गुमाउनेहरू
*****
प्रदर्शनकारी - २२ जना
प्रहरी - ३ जना
कैदी - १० जना
अन्य नागरिक - ४१ जना
जम्मा - ७६ जना
(स्रोत: नेपाली सेना)

नेपाली सेनाले भन्यो, "सिंहदरबारमा लागेको आ'गो नियन्त्रणका लागि काठमाडौँ महानगरको दमकल सुरुमा अवरोधका कारण घटनास्थलमा पुग...
17/10/2025

नेपाली सेनाले भन्यो, "सिंहदरबारमा लागेको आ'गो नियन्त्रणका लागि काठमाडौँ महानगरको दमकल सुरुमा अवरोधका कारण घटनास्थलमा पुग्न सकेन। तर सेनासँगको समन्वयपछि दमकल समयमै पुगेर आ'गो निभाउन सहयोग गरेको सेनाले जनाएको छ।"

Address

Devghat

33915

Alerts

Be the first to know and let us send you an email when Nepal Network Media/Devghat Live• posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share