GENZ VOICE

GENZ VOICE Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GENZ VOICE, Social Media Agency, Bharatpur.
(3)

प्रधानमन्त्री शाह विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखहरूबीच सामूहिक भेट ***n
08/04/2026

प्रधानमन्त्री शाह विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखहरूबीच सामूहिक भेट

***n

गाडीको भाडा बढे पनि EV गाडीहरूले बढी भाडा लिन नपाउने र लिएमा कारबाही हुने भएको छ । 😮
08/04/2026

गाडीको भाडा बढे पनि EV गाडीहरूले बढी भाडा लिन नपाउने र लिएमा कारबाही हुने भएको छ । 😮

🔴 देउवा परिवार सम्पत्ति विवाद – मुख्य बुँदाहरू • पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba र Arzu Rana Deuba माथि सम्पत्ति श...
08/04/2026

🔴 देउवा परिवार सम्पत्ति विवाद – मुख्य बुँदाहरू
• पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba र Arzu Rana Deuba माथि सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु
• पक्राउ पूर्जी जारी भएको दाबी, तर आधिकारिक पुष्टि अस्पष्ट
• छानबिनमा:
• छोरा जयवीर देउवाको नाममा करिब ७३ रोपनी जग्गा शंकास्पद
• काठमाडौं र बाहिर असामान्य सम्पत्ति विस्तार
• बुढानिलकण्ठस्थित घर:
• आगलागीपछि प्रमाण जोगाउन भत्काउन रोक
• फरेन्सिक जाँच जारी
• आरोपहरू:
• सार्वजनिक पदको दुरुपयोग
• गैरकानुनी सम्पत्ति आर्जन
• टेलिकम ठेक्का, नक्कली शरणार्थी, सुरक्षा मुद्रण आदि प्रकरणसँग सम्भावित सम्बन्ध
• कानुनी अवस्था:
• अहिलेसम्म प्रत्यक्ष फौजदारी मुद्दा दायर छैन
• तर सम्पत्ति शुद्धीकरण विभाग र CIB सक्रिय अनुसन्धानमा
• ठूलो प्रश्न:
👉 “राजनीतिक शक्तिबाट आर्जित सम्पत्तिमाथि कानुनले कति कडाइ गर्छ ?”

म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज (बुधबार) साँझ बस र ट्रक ठोक्किएर दु र्घ ट ना हुँदा १५ जना भारतीय तीर्थयात्री घा...
08/04/2026

म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज (बुधबार) साँझ बस र ट्रक ठोक्किएर दु र्घ ट ना हुँदा १५ जना भारतीय तीर्थयात्री घाइते भएका छन्। मुस्ताङबाट पोखरा जाँदै गरेको ग२ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको ग प्र.०१००१ख ००१२ नम्बरको ट्रक ठोक्किएर दु र्घ टना भएको हो।

15 Minutes to Renew: The Ekantakuna Glow-Up!सरकारी काम कहिले सकिएला भन्ने पिर लिने दिन गए! आज यातायात कार्यालय, एकान्तकु...
08/04/2026

15 Minutes to Renew: The Ekantakuna Glow-Up!
सरकारी काम कहिले सकिएला भन्ने पिर लिने दिन गए!

आज यातायात कार्यालय, एकान्तकुना पुग्दा ९ वटा कोठा चहार्नुपर्ने नियम त उस्तै थियो, तर स्पिड? एकदम नेक्स्ट लेभल! एक कोठामा १ मिनेट पनि नकुरी, पूरै १५ मिनेटमा लाइसेन्स रिन्यु भयो!

यो हो नि त असली सिस्टम! अब त Paperless र अनलाइन सेवाको यो स्पिड अरू कार्यालयमा पनि देख्न पाइयोस्। Great job! 🙏✨

कैलालीमा एक महिलामाथि ज बर जस्ती क र णी गरेको आरोपमा प्रहरीले ३० वर्षीय कासिम अली जागारलाई पक्राउ गरेको छ।प्रहरीका अनुसा...
08/04/2026

कैलालीमा एक महिलामाथि ज बर जस्ती क र णी गरेको आरोपमा प्रहरीले ३० वर्षीय कासिम अली जागारलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २७ वर्षीया महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले मंगलबार बेलुकी उनलाई नियन्त्रणमा लिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार संसद् हलबाहिर गृहमन्त्री सुधन गुरुङलाई गम्भीर भावभंगी...
08/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार संसद् हलबाहिर गृहमन्त्री सुधन गुरुङलाई गम्भीर भावभंगीमा केही सम्झाउँदै थिए ।प्रधानमन्त्री शाहले मंगलबार मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर मन्त्रीहरूको वरीयता हेरफेर गरे । १३ चैतमा सरकार गठन हुँदा तेस्रो वरीयतामा राखिएका गृहमन्त्री गुरुङको वरीयता घटुवा गरेर पाँचौंमा पुर्‍याए ।

यो निर्णय पनि पार्टीमा सल्लाह नगरी भएको रास्वपा नेताहरू बताउँछन् । सरकार गठनका दिन प्रधानमन्त्री शाहले पार्टीमा कुनै परामर्श नगरी आफूखुसी वरीयता तय गरेका थिए ।

08/04/2026

सार्वजनिक स्थानमा एक बृद्धलाई कुटपीट गरेको अभियोगमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ ।

नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दैछ । गत फागुन २१ गते स...
08/04/2026

नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दैछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोगेको पराजयका विषयमा समीक्षा सुरु गर्न लागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै आफ्नो सामाजिक सञ्जाल (Truth Social) मा इरानलाई कडा चेतावनी दिँदै विवादास्पद पोस...
07/04/2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै आफ्नो सामाजिक सञ्जाल (Truth Social) मा इरानलाई कडा चेतावनी दिँदै विवादास्पद पोस्ट गरेका छन्। उनले इरानले निर्धारित समयभित्र आफ्नो माग पूरा नगरे “पूरै सभ्यता नष्ट हुन सक्छ” भन्ने अभिव्यक्ति दिएका छन्, जसले विश्वभर चिन्ता बढाएको छ। यस पोस्टमा उनले इरानका महत्वपूर्ण पूर्वाधारहरू जस्तै पुल र विद्युत् प्रणालीमाथि आक्रमण गर्न सकिने संकेत पनि दिएका छन्। ट्रम्पका यस्ता अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा तीव्र आलोचना गरिएको छ भने धेरैले यसलाई अत्यन्त खतरनाक र युद्धलाई अझै चर्काउने कदमका रूपमा हेरेका छन्।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when GENZ VOICE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share