Chitwan-Nawalpur Times

Chitwan-Nawalpur Times Connecting people, business and community among audiences especially relevant to Chitwan and Nawalpur

25/04/2026

नवलपुरको गैंडाकोटमा पहिचान खुल्न नसकेको बालिकाको शव फेला
बैशाख १२
नवलपुरमा पहिचान खुल्न नसकेको बालिकाको शव फेला परेको छ । शुक्रबार साँझ जिल्लाको गैंडाकोट नगरपालिका–९, धबाह ताल स्थित नन्दन सामुदायिक वनको झाडीमा अन्दाजी १६ वर्षको बालिकाको सव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अनिल पण्डितले बताउनुभयो ।
वनमा गएका स्थानीयले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । शव गलिसकेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक पण्डितले बताउनुभयो । शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताउनुभयो ।

ब्रिटिश समुद्री सुरक्षा निकायका अनुसार इरानी सैन्य टोलीले उक्त जलमार्गलाई जहाजहरूका लागि खुला राख्ने आफ्नो बाचा फिर्ता ल...
18/04/2026

ब्रिटिश समुद्री सुरक्षा निकायका अनुसार इरानी सैन्य टोलीले उक्त जलमार्गलाई जहाजहरूका लागि खुला राख्ने आफ्नो बाचा फिर्ता लिएपछि शनिबार हर्मोज जलसन्धि (Strait of Hormuz) मा इरानी सैन्य डुङ्गाहरूले एउटा ट्याङ्करमाथि गोली प्रहार गरेका छन्।
यूके समुद्री व्यापार सञ्चालन केन्द्र (UK Maritime Trade Operations Centre) ले अनलाइनमार्फत जारी गरेको विज्ञप्तिमा जनाएअनुसार, ट्याङ्करका कप्तानले ओमानबाट ३७ किलोमिटर (२३ माइल) उत्तर-पूर्वमा इरानको रिभोलुसनरी गार्ड्स कोर्प (IRGC) का दुईवटा सैन्य डुङ्गाहरू आफूतिर आएको जानकारी दिएका थिए। ती सैन्य डुङ्गाहरूले रेडियोमार्फत कुनै पनि चेतावनी नदिई "त्यसपछि ट्याङ्करमाथि गोली चलाएका थिए।"

17/04/2026

Living museum KTM - World Heritage- New Year Celebration 🎊

Video Credit -Sathya FB

17/04/2026
सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन सम्मत ठहराउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई अध्य...
17/04/2026

सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन सम्मत ठहराउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई अध्यावधिक गर्ने निरवाचन आयोगका निर्णयलाई पनि सदर गरेको छ । न्यायाधीहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शेरबहादुर देउवा पक्षले दायर गरेको रिट खारेज गरेको हो ।

17/04/2026

Living in the "Future"
While the rest of the world is in 2026, Nepal is already celebrating 2083. This isn't just for religious ceremonies; it is the official civil calendar used for government documents, news, and daily business.
Video Credit : Saugat Khadka

चितवन, नेपाल का आजका (२०८३ वैशाख ३ गते, बिहीबार) १. माडी सांस्कृतिक तथा पर्यटन उत्सव आजबाट सुरूमाडी । ‘माडी सांस्कृतिक त...
16/04/2026

चितवन, नेपाल का आजका (२०८३ वैशाख ३ गते, बिहीबार)

१. माडी सांस्कृतिक तथा पर्यटन उत्सव आजबाट सुरू
माडी । ‘माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३’ आज बिहीबारदेखि माडीको वसन्तपुरस्थित खुल्ला खेल मैदानमा सुरू हुँदैछ । यो उत्सव वैशाख १५ गतेसम्म (१३ दिनसम्म) सञ्चालन हुनेछ ।
• आयोजक: माडी कला केन्द्र
• मुख्य प्रवद्र्धक: माडी नगरपालिका
• व्यवस्थापन: द लिड इन्टरटेनमेन्ट एण्ड एडभरटाइजिङ, वीरगन्ज
यो तेस्रो संस्करणको उत्सव हो जसले माडीको स्थानीय संस्कृति, कला, परम्परा र पर्यटन लाई प्रवर्द्धन गर्ने मुख्य लक्ष्य राखेको छ । उत्सवमा सांस्कृतिक कार्यक्रमहरू, स्थानीय खाना तथा हस्तकला प्रदर्शनी, पर्यटनसम्बन्धी जानकारी, संगीत तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश हुने अपेक्षा गरिएको छ ।
माडी क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज नजिकै पर्ने भएकाले पर्यटन प्रवर्द्धनका लागि यो उत्सव महत्वपूर्ण मानिएको छ । यसले घरेलु तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखेको छ ।

चितवनमा उद्यमी–व्यवसायीहरुको तथ्याङ्क सङ्कलन (आर्थिक गणना) सुरू
चितवन । राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत चितवन जिल्लामा उद्यमी तथा व्यवसायीहरूको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सुरु भएको छ ।
• जिल्लाका सातवटा पालिका (भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, कालिका, राप्ती, इच्छाकामना र माडी) को ९८ वटै वडा मा गणकहरू फिल्डमा निस्किसकेका छन् ।
• यो दोस्रो राष्ट्रिय आर्थिक गणना हो जसले देशको समग्र अर्थतन्त्रको वास्तविक तस्बिर खिच्ने लक्ष्य राखेको छ ।
• गणनाले उद्योग, व्यापार, सेवा क्षेत्र, सहकारी, पर्यटन, कृषि-सम्बन्धित व्यवसाय लगायत १८ विभिन्न क्षेत्रका तथ्यांक संकलन गर्नेछ ।
• संकलन हुने मुख्य विवरणहरू: व्यवसायको संख्या, प्रकार, लगानी, रोजगारी सिर्जना, उत्पादन, सेवा प्रवाह आदि ।
उद्देश्य: यो तथ्यांकले सरकारलाई आर्थिक नीति निर्माण, योजना तर्जुमा र दीर्घकालीन रणनीति बनाउन मद्दत गर्नेछ । अघिल्लो गणनामा चितवनमा करिब २९ हजार उद्योग/व्यवसाय भेटिएका थिए जसमध्ये झण्डै ३७ प्रतिशतको नेतृत्व महिलाले गरिरहेका थिए ।

अमेरिकी संसद्को गैर-दलीय अनुसन्धान निकाय कंग्रेसनल रिसर्च सर्भिस (CRS) ले हालै जारी गरेको प्रतिवेदनले नेपालको मार्च ५, २...
15/04/2026

अमेरिकी संसद्को गैर-दलीय अनुसन्धान निकाय कंग्रेसनल रिसर्च सर्भिस (CRS) ले हालै जारी गरेको प्रतिवेदनले नेपालको मार्च ५, २०२६ को संसदीय निर्वाचनलाई देशको राजनीतिक इतिहासमा नयाँ अध्यायको रूपमा व्याख्या गरेको छ। प्रतिवेदन अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २७५ सिटमध्ये १८२ सिट जितेर १९९९ पछिको पहिलो स्पष्ट बहुमत प्राप्त गरेको छ। पूर्वकाठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ३५ वर्षको उमेरमा प्रधानमन्त्री बनेका छन्। CRS ले सेप्टेम्बर २०२५ को युवा नेतृत्वको आन्दोलनलाई परम्परागत दलहरूप्रतिको व्यापक असन्तुष्टिको अभिव्यक्तिको रूपमा उल्लेख गरेको छ जसले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा निम्त्याएको थियो।
प्रतिवेदनले प्रधानमन्त्री बालेन र रास्वपा अध्यक्ष रबी लामिछाने बीचको सम्बन्धलाई ‘म्यारिज अफ कन्भिनियन्स’ (आवश्यकताको विवाह) भनेको छ। बालेनलाई राष्ट्रिय स्तरको पार्टी संरचना र संगठन चाहिन्थ्यो भने रबी लामिछानेलाई बालेनको युवा तथा जनस्तरको लोकप्रियता आवश्यक थियो। CRS ले रास्वपालाई २०२२ मा स्थापित केन्द्रवादी पार्टीको रूपमा चित्रण गर्दै सुशासन र भ्रष्टाचारविरोधी एजेन्डामार्फत असन्तुष्ट युवालाई गोलबन्द गर्ने ‘छाता संगठन’ को रूपमा व्याख्या गरेको छ। प्रतिवेदनले यो गठबन्धन व्यावहारिक आवश्यकतामा आधारित भए पनि नेपालको राजनीतिमा दीर्घकालीन स्थिरता र सुधारको चुनौती रहेको औंल्याएको छ।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan-Nawalpur Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share