
14/06/2025
उनी हुन बुर्किना फासो भन्ने देशका राष्ट्रपति इब्राहीम ट्राओरे
उनको इमान्दारिता र देशप्रतिको बफादारिताले हाल उनी विश्वभर चर्चामा रहेका छन् जसलाई रुसका राष्ट्रपति पुटिनले समेत सलाम गरे, चीनीया राष्ट्रपति सी जिन पिङले विश्वको उदाउँदो युवा नेता हुन भने , उत्तर कोरियाली राष्ट्रपति किम जोङले तपाईं र तपाईको देशको सुरक्षा सहयोगका लागि म सैनिक सहयोग गर्छु भनेर प्रतिबद्धता गरे।
उनी आउनु अघि देशमा सधै गृहयुद्ध र अशान्त भइरहन्थ्यो त्यो देखेर उनले 2022 मा सैनिक शासन लागू गरिदिए , सेनाको मेजर पदमा रहेर त्यत्रो तागत राखे,सेनाले परमाधिपति स्वीकार्न तयार भए ।
त्यो देशको सुन खानी, हिरा खानी कब्जा गरेर बसेका फ्रान्सका सेना र पश्चिमा निजी कंपनीहरुलाई हटाएर राष्ट्रियकरण गरे। देश कङ्गाल बनाउने भ्रष्टाचारीहरुलाई वर्खास्त गरी कडा कारवाही गर्न थाले ।
सुन खानीमा लगानी गर्ने Elon musk को प्रस्तावलाई अस्वीकार गरेर आफै उत्खनन गरे ।
उनले विदेशी IMF को ऋण पनि चाहिंदैन भने । साउदी अरबले 200 मस्जिद बनाइदिन्छु भन्दा सक्नु हुन्छ भने स्कूल र हस्पिटल खोल्न सहयोग गर्नुहोस् हामीलाई मस्जिदको आवश्यकता छैन भने उनी आफै मुस्लिम र मुस्लिम देशका राष्ट्रपति हुन ।
उनी सत्तामा आएपछी त्यहाँको GDP गुणात्मक रुपमा बढेको छ । कृषि , उद्योग र निर्माण क्षेत्रमा उल्लेख्य विकास हुँदै गइरहेको छ ।अहिले उनलाई बुर्किना फासोमा मात्रै हैन सारा अफ्रिकी मुलुकका जनताहरूले आफ्नो नेता मान्छन्,जनताले बाटोमा फोटो मात्रै देखें पनि ढोग्छन् । त्यहाँका जनता आफ्नो राष्ट्रपतिलाई जोगाउन राष्ट्रपति कार्यालय अगाडी आएर रातभरी नसुतिकन सुरक्षा दिन्छन् किनभने त्यहाँ पहिले नै 20 भन्दा बढी राष्ट्रप्रमुखहरुको पदमा छदै हत्या भइसकेको छ ।
उनी 37 वर्षका छन् तर 34 वर्षको उमेरमै राष्ट्रपति बनेका थिए ।देशमा हिंसा ,अशान्ति देख्न नसकेर सैनिक कु गरिदिए । उनले मास्टर्सको पढाई सकेर सैनिक अधिकृत बन्न सफल भएका थिए ।उनी अहिले पनि मेजरको हैसियतको तलबमा काम गर्छन् ।उनले जुनसुकै अन्तर्राष्ट्रिय सम्मेलन , भ्रमणमा समेत सैनिक कै पोसाकमा हुन्छन् ।
नोट: देशमा इमान्दार,शिक्षित,जोस् जागर भरिएको युवाहरु सत्तामा पुगे भने कसरी देश अगाडी बढ्छ भन्ने उदाहरण हो यो । नेपालमा पनि यस्तो व्यक्ति कहिले आउने हो आस अझै मरेको छैन । साभार