08/02/2026
नवलपुर क्षेत्र नं. २ का २६ वर्षीय उम्मेदवार अधिवक्ता मनिष खनाल भन्नुहुन्छ: "सांसदले 'बाटो खोल्छु, पुल बनाउँछु, खानी चलाउँछु' आदि भन्दैमा मात्र हुँदैन, त्यो त कार्यकारी निकायको काम हो। एकजना सांसदको वास्तविक भूमिका भनेको त विधायिकी हो; अर्थात्, देशको लागि राम्रो नीति र कानुन बनाउनु हो। जबसम्म नीति र कानुन बलियो बन्दैनन्, तबसम्म विकासका योजनाहरूले गति लिन सक्दैनन्। त्यसैले, वास्तविक परिवर्तनका लागि स्पष्ट भिजन र सही नीतिको खाँचो छ।"