Chitwan Aaja HD

Chitwan Aaja HD चितवन आजको पेज 'Chitwan Aaja HD' मा यहाँलाई स्वागत छ । हाम्रो अर्काे पेज 'Chitwan Aaja चितवन आज' मा पनि जोडिनु होला ।

तुइन चुँडिएर एक युवक बेपत्ता -😥मंगलबार दिउँसो दार्चुलाको व्याँस गाउँपालिका २ मा महाकाली नदी तुइनमार्फत तर्दै गर्दा नदीमा...
15/07/2025

तुइन चुँडिएर एक युवक बेपत्ता -😥
मंगलबार दिउँसो दार्चुलाको व्याँस गाउँपालिका २ मा महाकाली नदी तुइनमार्फत तर्दै गर्दा नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अनेरास्ववियु चितवनद्वारा एसईईमा ४ जिपिए ल्याउनेहरुलाई सम्मान चितवन, असार ३१ –अनेरास्ववियुले माध्यमिक परीक्षा (एसईई)मा चि...
15/07/2025

अनेरास्ववियु चितवनद्वारा एसईईमा ४ जिपिए ल्याउनेहरुलाई सम्मान
चितवन, असार ३१ –
अनेरास्ववियुले माध्यमिक परीक्षा (एसईई)मा चितवनबाट ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
आज पूर्वि चितवनको न्यू क्यापिटल कलेजमा आयोजित एक कार्यक्रमका बिच अनेरास्ववियुले विद्यार्थीहरुलाई डायरी, कलम र प्रमाणसहित खादा ओडाएर सम्मान गरेको हो । सोही अवसरमा अनेरास्ववियुले ४ जिपिए प्राप्त गर्न सफल विद्यालयहरुलाई पनि सम्मान गरेको छ । चितवनबाट कुल ३७ जनाले ४ जिपिए प्राप्त गरेका छन् । चितवनमा ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने पहिलो विद्यार्थी संगठन अनेरास्ववियु बनेको छ ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष डा. सुजन कडरियाले आफ्नो मिहिनेतका कारणले ४ जिपिए प्राप्त गरेको भन्दै विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे । उनले अब आउने चुनौतीहरुलाई पनि चिर्दै थप सफलता हाँसिल गर्दै अघि बढ्न शुभकामना दिए ।
उनले देशमा शिक्षामा समानता हुन आवश्यक रहेको बताए छन् । अनेरास्ववियु नीजि विद्यालयको विरुद्धमा नरहेको स्पष्ट पार्दै अध्यक्ष कडरियाले नीजि र सरकारीका नाममा शिक्षमा असमानता कायम गरिन्छ भने अनेरास्ववियुले त्यसलाई कहिल्यै स्वीकार नगर्ने बताए । पढ्न नपाएका विद्यार्थीहरु सबैले पढ्न पाउनुपर्ने उनले बताए ।
शिक्षामा केही षड्यन्त्रहरु रहेको बताउँदै उनले त्यही षड्यन्त्रबाट शिक्षामा व्यापार भइरहेको बताए । अध्यक्ष कडरियाले शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकता क्षेत्रमा भइरहेको व्यापारलाई क्रमिकरुपमा घटाउँदै लैजानुपर्ने बताएका छन् ।
कार्यक्रममा चितवनबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरुलाई बधाई र केन्द्र तथा जिल्ला कमिटीबाट बिदाई भएका चितवनका नेताहरुलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जेएन थपलिया, एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, एमाले जिल्ला सचिवालय सदस्य एवम् विद्यार्थी मोर्चा फाँट प्रमुख अनोज जोशी, अनेरास्ववियु निर्वाचन आयोग अध्यक्ष जित सिटौला, अनेरास्ववियु केन्द्रीय सदस्यहरु प्रशान्त सुवेदी, अस्मिता रेग्मी, अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेती, अनेरास्ववियु चितवनका निवर्तमान अध्यक्ष हरि आचार्य, न्यू क्यापिटल कलेजका प्रिन्सिपल भूपेन्द्र धितालले शुभकामना मन्तव्य राखेका थिए ।
अनेरास्ववियु चितवनका संयोजक सरोज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह संयोजक अमित आचार्यले शुभकामना मन्तव्य राखेका थिए भने सचिव प्रदिप पराजुलीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

उच्च इन्जिनियरिङ शिक्षामा देशकै अव्वल एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा र दर्जनौं निर्माण परियोजनाहरूमा संलग्न पशुपति शिभ...
15/07/2025

उच्च इन्जिनियरिङ शिक्षामा देशकै अव्वल एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा र दर्जनौं निर्माण परियोजनाहरूमा संलग्न पशुपति शिभाजी निर्माण सेवा बीच आज दुबै संस्थाहरू मिली स्नातक तहका विद्यार्थीहरूलाई बजारोन्मुख शिक्षा दिने सम्झौता भएको छ।
देशमा वार्षिक हजारौं सिभिल इन्जिनियरहरू उत्पादन भएपनि कयौंसँग निर्माण व्यवसायीहरूलाई नभइनहुने आधारभुत सिप अभाव हुँदा इन्जिनियरले काम नपाउँने र निर्माण व्यवसायीले इन्जिनियर नपाउँने समस्या आउने गरेको छ।
उक्त समस्याको समाधान गर्न बजारोन्मुख शिक्षा दिन एभरेष्ट इन्जिनियरिङ कलेज र पशुपति शिभाजी निर्माण सेवाले हातेमालो गर्ने निर्णय गरी आजै दुबै संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारी अनुसार पाठ्यक्रम परिमार्जन, सिपमूलक तालिम, संयुक्त प्रोजेक्ट सुपरभिजन, र नयाँ इलेक्टिभ विषयहरू थप्ने सहमति भएको हो। समझदारी पत्रमा प्रा.डा. हरिकृष्ण श्रेष्ठ र इन्जिनियर सुशील कडरियाले हस्ताक्षर गरेका छन् । 😲

सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न राष्ट्रियसभाका सांसदकाे मागराष्ट्रियसभाका सांसदहरुले ‘मर्यादित महिनावार...
15/07/2025

सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न राष्ट्रियसभाका सांसदकाे माग
राष्ट्रियसभाका सांसदहरुले ‘मर्यादित महिनावारी’ सम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न तथा गर्मीयाममा सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सभाको आजको बैठकमा सदस्यहरुले सभाबाट पारित यस संकल्प प्रस्तावको कार्यान्वयनका लागि सभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।बैठकको शून्य समयमा सांसदहरु गंगाकुमारी, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने र सुमित्रा बिसीले छाउगोठमा सर्पले डसेर महिलाको मृत्यु भएको भन्दै बालिका तथा महिलालाई सुरक्षित र मर्यादित महिनावारीका लागि आवश्यक कानुनी र संरचनागत सुधारका लागि आग्रह गरे ।

महिनावरीको अवधिमा भोग्नुपर्ने बहिष्करण, हिंसा, विभेद तथा तीनका कारण उत्पन्न शारीरिक र मानसिक पीडा एवं असुरक्षा हुने गरेको छ । विभेदको अन्त्य, सामाजिक न्याय, मौलिक अधिकार र मानव अधिकारको रक्षा सुनिश्चित गर्न कानुनी तथा संरचनागत सुधारको आवश्यकता रहेको सो प्रस्तावमा उल्लेख छ ।

शून्य समयमा सांसद इन्दिरादेवी गौतमले गर्मीयाममा सर्पदंशका बिरामीलाई तुरुन्त औषधि र उपचारका उपलब्ध गराउने व्यवस्था गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनले वर्षायाममा डेंगी, झाडापखाला र टाइफाइडजस्ता सङक्रमण फैलन सक्नेतर्फ सचेत गराउँदै आपत्कालीन सेवा बजेट व्यवस्थापनको माग गरिन्।

राजीनामा दिएर मात्र हुँदैन तत्काल प'क्राउ गरेर छानबिन गरियोस् । नेपाल सगरमाथाको देश, भगवान गौतम बुद्धको देश भनेर चिनिन्थ...
15/07/2025

राजीनामा दिएर मात्र हुँदैन तत्काल प'क्राउ गरेर छानबिन गरियोस् । नेपाल सगरमाथाको देश, भगवान गौतम बुद्धको देश भनेर चिनिन्थ्यो अब भ्रष्टाचारीहरूको देश पनि भनेर गिनिजबुकमा नाम लेखाउनुस् तपाईँहरूको सरकारले । - मा.ज्ञानेन्द्र शाही

जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलबार राष्ट्रिय परिचय पत्र लिनेको भिड
15/07/2025

जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलबार राष्ट्रिय परिचय पत्र लिनेको भिड

कहिलेकाहीँ नखाएको विष पनि लाग्दोरहेछ भन्दै राजिनामा दिएपछि घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशा...
15/07/2025

कहिलेकाहीँ नखाएको विष पनि लाग्दोरहेछ भन्दै राजिनामा दिएपछि घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता भन्छन् - "विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ ।
कहिलेकाहीँ नखाएको बिष पनि लाग्दोरहेछ । म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।
प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्नरुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।
अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारि बोधकासाथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पूरा गर्ने प्रतिबद्धताकासाथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।"

डा. शेखर कोइरालाको आरोप: मन्त्रीक्वार्टरमा विहानै घुसको ब्रीफकेस पुग्छ 😯नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारभ...
15/07/2025

डा. शेखर कोइरालाको आरोप: मन्त्रीक्वार्टरमा विहानै घुसको ब्रीफकेस पुग्छ 😯
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारभित्र व्यापक भ्रष्टाचार भएको आरोप लगाएका छन्। उनले विहानै मन्त्रीक्वार्टरमा विचौलियाले घुसको ब्रीफकेस छाड्ने चलन रहेको बताएका छन् । "आफूविरुद्ध प्रमाण जुटेपछि बर्खास्त हुनु पर्ने मन्त्रीहरू प्रधानमन्त्रीसँग मीठा कुरा गरेर मन्त्रिपरिषद् बैठकमा सहभागी हुन्छन्," भन्दै उनले सदनमा विपक्षीले केवल कर्मकाण्डी रूपमा राजीनामा माग्ने र कांग्रेस स्वयं ‘साक्षी किनाराका सदर’ बनेको टिप्पणी गरेका छन् ।

दाङको रामपुर–घोराही सडकखण्डमा मोटरसाइकल दु'र्घटना हुँदा दुई किशोरको मृ'त्यु भएको छ । सोमबार साँझ सिस्ने खोला नजिक रा ७ प...
15/07/2025

दाङको रामपुर–घोराही सडकखण्डमा मोटरसाइकल दु'र्घटना हुँदा दुई किशोरको मृ'त्यु भएको छ ।
सोमबार साँझ सिस्ने खोला नजिक रा ७ प ३२७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दु'र्घटना हुँदा गढवा गाउँपालिका ८ घर भई घोराही उपमहानगरपालिका १७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृ'त्यु भएको प्रहरीले जनाएको छ । तिब्र गतिका कारण दु'र्घटना भएको अनुमान गरिएको छ ।💔

दुर्गा प्रसाईंले बनाइरहेको पाँचतारे होटलको लागत सवा ३ अर्ब पुग्यो, अर्को वर्ष सञ्चालनमा आउनेकाठमाडौं । विवादास्पत मेडिकल...
15/07/2025

दुर्गा प्रसाईंले बनाइरहेको पाँचतारे होटलको लागत सवा ३ अर्ब पुग्यो, अर्को वर्ष सञ्चालनमा आउने
काठमाडौं । विवादास्पत मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापाको बिर्तामोडमा सवा तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा पाँचतारे होटल बनाइरेहका छन् ।

होटल अट्रियम प्रालिले बिर्तामोडमा ३ अर्ब २९ करोड ८० लाख रुपैयाँमा बिर्तामोडमा पाँचतारे होटल बनाउने भएका हुन् ।

सन् २०१६ मा स्थापना भएको कम्पनीले १६ हजार ८ सय ४३ स्क्वायरफिटमा होटल निर्माण गर्नेछ । होटलमा ९८ वटा कोठाको सुविधासहित लक्जरियस होटलको सुविधा दिने भएको हो ।

कम्पनीले उक्त होटल निर्माणका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले होटल निर्माणका लागि ७१:२९ को लगानीको अनुपात कायम गरेको छ ।

कम्पनीले सुरूमा २ अर्ब ८४ करोड ३० लाख रुपैयाँमा होटल निर्माण गर्ने भनिएको थियो । तर कम्पनीले होटलमा कोठाको संख्या बढाएको र डिजाइनमा परिवर्तन गर्दा लागत बढेको उल्लेख गरेको छ । कम्पनीले सुरुमा ९६ वटा कोठा बनाउने भनिएकोमा अहिले सो होटल ९८ कोठाको सुविधामा बन्ने भएको हो ।

कम्पनीले ब्याङ्क्वेट र क्यासिनोको साइज बढाएको जनाएको छ । हालसम्ममा कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ लगानी जुटाइसकेको छ । कम्पनीले अहिलेसम्म ८९ प्रतिशत आर्थिक प्रगति भइसकेको उल्लेख गरेको छ । त्यस्तै कम्पनीले आगामी २०२६ को जुलाईबाट व्यवसायिक कारोबार सुरु गर्ने अपेक्षा गरेको छ । होटलमा रेष्टुरेन्ट, स्वीमिङ पुल, कन्फरेन्स हल र ब्याङ्क्वेट हल, स्पा, क्यासिनो र अन्य सुविधा हुनेछ ।

व्यवसायी प्रसाईं भने हाल कारागारमा रहेका छन् । गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो र उनीविरुद्ध मुद्दा चलिरहेको छ ।

घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा३१ असार, काठमाडौं । घुस लिएको आरोप लागेका संघीय मामिला तथा सा...
15/07/2025

घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
३१ असार, काठमाडौं ।
घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् ।

मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । त्यसपछि मन्त्री गुप्ताले राजीनामा दिएका हुन् ।

उनले आफू उच्चतम प्रविधिको सिकार भएको जिकिर गरेका छन् । ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्ममा विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारीवोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

केही दिनअघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो । विपक्षी दलहरुले राजीनामा माग गर्नुका साथै कारबाही गर्न माग गरेका छन् ।

सार्वजनिक अडियो रेकर्ड अनुसार, गत पुस/माघमा काम गरिदिने भनेर मन्त्री गुप्ताले केही रकम समेत बुझिसकेका थिए । अडियो रेकर्डमा कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तीबारे छलफल भए पनि पोखराको जग्गाको कुराकानीको प्रसंग समेत छ ।

मन्त्री गुप्ताले विभिन्न क्षेत्रका आकर्षक मालपोत कार्यालयहरूमा फोन गरेर ‘सहयोग माग्ने’ र भनेजस्तो नभएमा अन्तर मन्त्रालय सरुवा गरिदिन्छु भनेर धम्क्याउने गरेको समेत आरोप छ ।

गुप्ता २०८१ असार ३१ गते मन्त्री नियुक्त भएका थिए । उनले मन्त्री भएको ठीक एक वर्ष पुगेकै दिन राजीनामा दिएका हुसन् । उनी नेकपा एमालेबाट पर्सा-३ बाट प्रतिनिसभामा निर्वाचित भएका थिए ।

अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ ।
15/07/2025

अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ ।

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan Aaja HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share