FrontLine Post

FrontLine Post Trurstworthly, Informative & Approachable Post- सत्य, जानकारीमूलक र पहुँचयोग्य पोस्ट

13/09/2026

2026 मा तपाईंको समय बचत गर्ने 50 AI Tools!

1. Gamma — Presentations बनाउन
2. Claude — Almost any problem solve गर्न
3. Canva — Graphics & designs बनाउन
4. Perplexity — Anything को research गर्न
5. Kling AI — AI videos create गर्न
6. ChatGPT — Ideas brainstorm गर्न
7. ElevenLabs — Voice clone गर्न
8. Lovable — Web apps build गर्न
9. NotebookLM — Documents analyze गर्न
10. CapCut — Videos edit गर्न
11. Midjourney — AI art generate गर्न
12. Zapier — Workflows automate गर्न
13. Gemini — Writing लाई better बनाउन
14. HeyGen — AI avatar videos बनाउन
15. Cursor — AI coding assistant
16. Suno — AI music generate गर्न
17. PortfolioTab — Portfolio create गर्न
18. DeepL — Accurate translation गर्न
19. Runway — AI video editing गर्न
20. Otter AI — Meetings transcribe गर्न
21. Tripo AI — 3D models create गर्न
22. Notion AI — Notes write & organize गर्न
23. Framer AI — Websites build गर्न
24. Grok — Real-time AI assistant
25. Pika — AI videos generate गर्न
26. Tally — Smart forms create गर्न
27. Fireflies AI — AI meeting notes बनाउन
28. Leonardo AI — Game assets & artwork बनाउन
29. Replit — Browser बाटै apps build गर्न
30. YouLearn — YouTube videos summarize गर्न
31. Ideogram — Text सहित images create गर्न
32. Make — Apps connect & workflows automate गर्न
33. Luma AI — Cinematic AI videos बनाउन
34. Genspark — AI super agent को रूपमा काम गर्न
35. Wispr Flow — Voice लाई text मा convert गर्न
36. Figma AI — UI/UX design गर्न
37. Elicit — Research papers छिटो खोज्न र analyze गर्न
38. Synthesia — AI presenter videos बनाउन
39. n8n — Open-source automation गर्न
40. Photoroom — Product photos edit गर्न
41. Udio — Original songs create गर्न
42. Poe — Multiple AI models access गर्न
43. Bolt.new — Full-stack apps generate गर्न
44. Granola — AI meeting assistant
45. Remove.bg — Image background remove गर्न
46. Manus — Autonomous AI agent
47. SciSpace — Research papers बुझ्न
48. Windsurf — AI-assisted software development गर्न
49. Podcastle — Podcasts edit गर्न
50. The AI Librar

08/09/2026
यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपर...
05/09/2026

यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।
वालेन शाह- प्रधानमन्त्री

यस्तो छ प्रधानमन्त्रीको भनाइ :

आदरणीय आमाबुबाहरु

बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर—१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ।
यो खबर, खोज तथा उद्धारमा हामी अझैँ डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो।

यसअघि पनि हामीले चन्द्रिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबाहरूलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेका छौं।

कतिपय आमाबुबाले आफ्नो ज्यानको अलिकति पनि परवाह नगरी, काँपिरहेका हातहरूले नातिनातिनाहरूलाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुभयो। लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडाहरूमा त्यो क्षणमा आफ्ना सन्तान बचाउने अनौठो हिम्मत आयो। बाढीका कारण वृद्धआश्रममा बसिरहनुभएका आमाबुबाहरु समेत भाग्नुपर्यो।
बाढी आउनु अघिसम्म हजुरहरू आफ्नै घरको आँगनमा बसेर नदी किनारामा रहेको खेतबारीमा छोराछोरीले काम गरिरहेको हेरिरहनुभएको थियो होला। बेलाबेला आफैले पनि उहाँहरुलाई सघाउनु हुन्थ्यो होला। नातिनातिनाहरू हात हल्लाउँदै स्कूल गएको हेरिबस्नु हुन्थ्यो होला। उनीहरु आउने पर्खाइमा बाटोमा नजर पनि लगाइरहनु हुन्थ्यो होला। चौतारीमा बसेर छिमेकीहरूसँग वर्षौँको दुःख–सुख, अनुभव र ज्ञान बाँड्नुहुन्थ्यो होला।

अहिले न ती घर आँगन छन्, न त चौतारीमा बसेर दुःख–सुख साट्ने अवस्था नै छ।

त्यो बिहान भोटेकोशीको विनाशकारी बाढीले एकैछिनमा धेरै कुरा खोसेर लग्यो। हजुरहरुमध्ये कसैले आफ्नै आँखा अगाडि छोराछोरी र काँधमा हुर्केका नातिनातिना बगेको हेर्न विवश हुनुपर्यो होला! कसैले जीवनसाथी गुमाएर पूर्णतः एक्लै हुनुपर्यो होला! हजुरहरुले जिन्दगीभर पसिना बगाएर जोरजाम गरेको घर, खेतबारी र सन्तान सरह माया गरेर हुर्काएका पशुपंक्षी क्षणभरमै बाढीमा बगेर गए।

आफ्नै घरव्यवहार सम्हालिरहनुभएका हजुरहरूलाई अहिले सरकारले व्यवस्था गरेको अस्थायी शिविरहरूमा बस्नु परेको छ। होल्डिङ सेन्टरमा राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधाहरू पुर्‍याइएको छ। नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवन बाढीबाट क्षतिग्रस्त भएको थियो। त्यहाँ रहनुभएकामध्ये ७ जना आमाबुबालाई नेपाल सिनियर केयर म्हैपी काठमाडौंमा, १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिएका छौं। उहाँहरुलाई हिँडडुलका लागि आवश्यक पर्ने ह्वीलचियर तथा वाकर उपलब्ध गराएका छौं। यो उमेरमा परेको मानसिक आघात र शारीरिक कष्ट कम गर्न विशेष टोलीमार्फत निरन्तर स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइरहेका छौं।

अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरुलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउनेछौं। हजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई हामीले हदृयदेखि महसुस गरेका छौं। हजुरहरुले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।

आदरणीय आमाबुबाहरू,
हजुरहरूले जीवनमा अनेक घामपानी, खडेरी र आँधीबेहरी पार गर्नुभएको छ। भोटेकोशीको बाढीले हजुरहरुकोे ओत र जायजेथा बगाएको छ, तर हजुरहरुको स्वाभिमान, अनुभव र मार्गदर्शनको अपरिहार्यतालाई बगाउन सकेको छैन।

हजुरहरू यो देशका जग र हाम्रा मार्गदर्शक हुनुहुन्छ। कृपया मन दह्रो बनाइदिनुहोस् र हामीलाई परिवारकै सदस्य मानेर सल्लाह र मार्गनिर्देश गर्नुहोस्।

सँगसँगै अर्को दुःखको पाटो पनि छ। बाढीका बेला हामीले धेरै आमाबुबालाई गुमायौं। उहाँहरू सिङ्गो घरको मूल खम्बा, संस्कार र ज्ञानका स्रोत हुनुहुन्थ्यो। आज उहाँहरूको अभावले देश शोकमा छ, हामी उहाँहरूप्रति भावपूर्ण सामूहिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।

साथै, आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ। यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।

हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रहरुमा खोस्रिरहेका छन्। उहाँहरुका आँखा चनाखा छन्। आफ्नो ज्यान जोखिममा राखेर खटिएका सुरक्षाकर्मीहरूप्रति हामीले हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नैैपर्छ। उहाँहरुको आत्मबल बढाउनु हाम्रो कर्तव्य हो।

आदरणीय आमाबुबाहरु,
हामीमाथि भरोसा राख्नुहोस्...

प्रधानमन्त्री बालेन : संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्...
04/09/2026

प्रधानमन्त्री बालेन : संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ।

हाम्रा प्यारा नानी–बाबुहरू,

आज श्रीकृष्ण जन्माष्टमी। स–साना नानी–बाबुहरू राधा–कृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो। हातमा बाँसुरी लिएर नानी–बाबुहरू रमाइरहनुभएका तस्बीरहरू सामाजिक सञ्जालमा साझा भइरहेका होलान्।

तर, यसपालिको यो उत्सवमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका नानी–बाबुहरू त्यसरी खुशी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ। कतिपयले यो पीडा व्यक्त गरिरहनुभएको छ भने कतिपय स्तब्ध हुनुहुन्छ।

अचानक के–के भयो, कतिले त सोच्न समेत भ्याउनुभएको छैन होला। उहाँहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान्। कतिपय बाबु–नानीहरूले विपद्को १० औं दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला।

साँच्चै, आज देश दुःखी भएको छ। कति साथीहरू छुटिनुभयो। कति घर र बस्तीहरू खण्डहर बनेका छन्। खेल्ने–कुद्ने चौरहरू पुरिएका छन्। यहाँहरूको आफ्नै ठाउँ आज बिरानो जस्तै बनेको होला।

प्यारा नानी–बाबुहरू,

बाढी गएलगत्तै हामीले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै यहाँहरूलाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएका थियौँ। अहिले पनि त्यो क्रम जारी छ।

हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ। हामीलाई थाहा छ—यहाँहरूका लागि यो बसाइ सहज छैन। तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ।
यहाँहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ। यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं। जतिसक्छौं हामी खटिरहेका छौं। त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ।

विपद् फेरि पनि आउला। जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको छ। हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको होला। तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्छ र उनीहरूलाई पनि यस्ता जोखिम घटाउन जिम्मेवार बनाउनुपर्छ।

हामी हिमाली देशका बासिन्दा हौं। त्यसैले सधैँ सजग रहनुपर्छ। प्रभावित क्षेत्रका नानी–बाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो। अन्य क्षेत्रका नानी–बाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला। यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ।

पूर्वतयारीका लागि यी कुरामा ध्यान दिनुहोलाः

१. विपद् झोलाः आफ्नो घरमा सजिलै सबैले भेट्न सक्ने ठाउँमा एउटा ‘विपद् झोला’ राख्न सुरु गर्नुहोस्। यस्तो झोलामा विपद्का बेला अति आवश्यक पर्ने हलुका र साना वस्तुहरू (जस्तैः घाउचोट बाँध्ने पट्टी, आवश्यक औषधि, पानी, सुक्खा खानेकुरा, केही नगद पैसा आदि) राख्नुहोला।

२. ससानो बचतः भोलि आउन सक्ने विपद्का लागि आजैदेखि बचत गर्न सिक्नुहोस्। दैनिकरुपमा १ रुपैयाँ मात्र जम्मा ग¥यौँ भने पनि नेपालभरि एक वर्षमा कति रकम जम्मा होला? यहाँहरु नै आफै हिसाब गर्नुहोस् त?

३. अध्ययन र छलफलः जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेका छ भन्नेबारे अध्ययन सुरु गर्नुहोस्। एकआपसमा यस्ता विषयमा छलफल गर्नुहोस् र जनचेतना फैलाउने काममा अगाडि बढ्नुहोस्।

यी त केही सुरुआती कामहरू भए, जुन यहाँहरू आफैँले गर्न सक्नुहुन्छ।

प्यारा नानी–बाबुहरू,

केही बेर अघिसम्म विपद्मा पर्नुभएका १३ हजार ९५ जना आमा–बाबु, दाजु–भाइ, दिदी–बहिनीहरूको उद्धार भइसकेको छ।

यो उद्धारमा आफ्नो ज्यानको परबाह नगरी अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य विज्ञ टोलीलाई हामी सबैले हृदयदेखि नै धन्यवाद भन्नुपर्छ।

यस विपद्को समयमा विदेशमा बस्नुहुने नेपालीहरू, मित्र राष्ट्रहरू र विकास साझेदार संस्थाहरूले पनि ठूलो सहयोग गर्नुभएको छ। उहाँहरूप्रति पनि हामी कृतज्ञ रहनुपर्छ।

विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ।

श्रीकृष्णले पनि भन्नुभएको छ– संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिदैनौं।

आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ।
धेरै माया..

03/09/2026

संवत् २०८३ साल भदौ १८ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरू

१. एसियाली विकास बैंकबाट, भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने ।

२. रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारु गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका अन्य सहुलियत तथा सुविधा प्रदान गर्ने।

३. साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् कुल २५,००० मे.टन परिमाणको चिनी १ प्रतिशत भन्सार महशुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने ।

४. रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाईते भएमा निशुल्क औषधोपचार तथा मृत्यु भएमा निजम्मा परिवारलाई प्रति मृतक १० लाख राहत उपलब्ध गराउने ।

५ .वि.सं. २०८३ साल भदौ २३ गते जेन्जी सहिद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने ।

६. संवत् २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको तेह्रौं दिनको पुण्यतिथिका दिन अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने ।

७. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायणप्रसाद भट्टलाई बढुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।

01/09/2026

महानायक राजेश हमाल ज्युले प्रधानमन्त्री राहत कोषमा रु २१ लाख योगदान गर्नुभएको छ ! Rajesh Hamal

01/09/2026

बाढीको पीडा!!!
गिरीलालको शून्यता: आँखा अगाडि बाढीले १३ र १५ वर्षका दुई छोरा, १५ र १८ वर्षका दुई छोरी र ३५ वर्षीया श्रीमतीलाई बगायो

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when FrontLine Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share