17/10/2023
भोजपुर बहुमुखी क्याम्पस,भोजपुर मा परिक्षा निर्देशिका अनुसार २०८०/०६/१९ गते देखि अन्य क्याम्पसमा जस्तै भोजपुर बहुमुखी क्याम्पसमा पनि प्रथम वर्षको परिक्षा संचालित थियो, संकायगत परिक्षा बि.एड,बि.बि.एस को २७ गते सकिएको र बि.ए को अन्तिम परिक्षा २९ गते सम्पन्न भइ समग्रमा परिक्षा समापन भएको थियो,यस संचालनमा रहेको परिक्षा बिचमा २६ गते विधार्थीहरुको परिक्षाको लागी निक्कैनै नकारात्मक प्रभाव पर्ने गैरजिम्मेवारपुर्ण क्रियाकलाप केही प्राध्यापक संघ,संगठन बाट हुन पुगेको रहेछ। त्यस अप्रिय गैरजिम्मेवार हर्कतको विषयमा बुझ्दा
प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संगठन इकाई समिति भोजपुरले तलब उपलब्ध नभएको,चाड पर्व का लागी उपलब्ध हुने पेस्की वक्यौता रकम नपाएको उपलब्ध नभएको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको रहेछ जहाँ हरेक परिक्षाको प्रश्नपत्र त्यहीँ प्रमुखको कार्यकक्षमा राखिन्ने रहेछ। तर २०८०/०६/२६ गते ती सम्बन्धित प्राध्यापक संघ,संगठनको तलब उपलब्ध गर भनेर लगाएको तालाबन्दीको कारण १२ बजे बाट सुरु गरिने नियमित परिक्षा समय भन्दा उता १२:२० कट्दा सम्म विधार्थीहरुले प्रश्नपत्र पाएका थिएनन् भन्ने कुरा बुझिन्छ।
कस्तो विडम्बना प्राध्यापकको प्रशासनिक आन्दोलन तालाबन्दी गरेर विधार्थीको परिक्षा अधिकार कुण्ठित गर्ने तलब नपाउदा परिक्षालाई नै बन्दक राख्ने विधार्थीको संवेदनशिल भविष्य माथि खेलवाड गर्ने यस्ता प्राध्यापक संघ,संगठन केवल विधार्थीहरुलाइ उनका स्वार्थपूर्तिका खातिर आन्तरिक किचलोका कारण परिक्षा जस्तो विषय माथि गैरजिम्मेवार हर्कत गर्ने कस्ता प्राध्यापकहरु हुन, विधार्थीले मुल्यांकन गर्न जरुरी छ। यहाँ पार्टी राजनीति,विभिन्न पार्टी सम्बद्ध प्राध्यापकको आन्तरिक राजनीतिक टक्करमा विधार्थीको परिक्षा किन प्रभावित हुनुपर्ने? आफ्नो पार्टीको प्राध्यापकहरुको त्यस विधार्थी अधिकार विरोधी कुकार्यमा विधार्थीको आफ्नो संस्था स्वतन्त्र विधार्थी युनियन मा विधार्थीको पक्षमा काम गर्न निर्वाचित गरेका जिम्मेवार व्यक्तिहरुले विधार्थीको परिक्षालाई असर पार्ने कार्यको समर्थन गर्छन के यहीँ गर्नु भनेर विधार्थीले जिताएका हुन् ?? स्ववियुको पदाधिकारी सचिवलाई प्राध्यापकको तलब प्रमुख हो कि विधार्थीको परिक्षा ?? यो प्रश्न भोजपुर बहुमुखी क्याम्पस का सारा विधार्थीको प्रश्न हो, आफ्नो पार्टीको प्राध्यापक संघ,संगठनले विधार्थी हित विपरीत कार्य गर्दा पनि समर्थन गर्न पछि नहट्ने व्यक्ति स्ववियु मा जिम्मेवार पदमा हुनुको अर्थ केही छैन।
तालाबन्दी तोडेर विधार्थीको परिक्षा हुनुपर्छ भनेर अडिग भएर परिक्षा सम्पन्न गर्नुहुने निकायहरु जि.प्र.का,क्याम्पस र स्ववियु अध्यक्षलाइ हृदय देखिनै धन्यवाद
Youths Bhojpur - भोजपुर