
29/04/2025
करेन्ट लागेर मृत्यु भएको आशिषको परिवारलाई १८ लाख माथि क्षतिपूर्ति
गत पुस २० गते षडानन्द नगरपालिका-४ निवासी अशिष राईको सोही नगरपालिकाको वडा न. ३ खार्तम्छामा केन्द्रिय विद्युत प्रशारण लाइन बिस्तारको लागि लगिएको फलामे पोल ट्रक बाट उतार्ने क्रममा करेन्ट लागेर काभ्रे भन्ने ठाउँमा मृत्यु भएको थियो। करेन्ट लागेर मृत्यु भएको आशिषको परिवारलाई आज बिपि कन्सर्टक्सन प्रा.लि काठमाडौंले ईलाका प्रहरी कार्यलय दिङलामा कम्पनिको तर्फबाट प्रदिप राईको उपस्थिति र ३ नम्बर वडाध्यक्ष साङ्ग देम्बा राईको रोहवरमा रु. १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ। यसैगरी श्याम खोला हाईडोपावर लिमिटेडले केहि समय अगाडि नै मुतकको छोरा आदित्य राई र छोरी आशिकि राईको नाममा २-२ लाख बराबरको संस्थापन शेयर र २ लाख नगद मृतकको श्रीमती कृष्ण राईलाई प्रदान गरि सकेको छ, भने गरेको ३ नम्बर वडा अध्यक्ष साङ्ग देम्बा राईले सहयोग संकलन अभियान चलाई मनका धनि ब्याक्तित्वहरु बाट नगद रु, २१५८७७. रुपैयाँ सहयोग संकलन गरि पीडितका छोरा र छोरिको नाममा राष्ट्रिय बाणिज्य बैंक शाखा दिङलामा बाल खाता खोलि आधा आधा रकम दुई बच्चाको शैक्षिक भबिस्यको लागि भनेर जम्मा गरि दिइएको कुरा वडाध्यक्ष साङ्ग देम्बा राईले बताउनु भएको छ। न्यू समिट बोर्डिङ स्कुलले मृतकको छोरालाई १० कक्षा सम्म निःशुल्क पठनपाठन गराई दिने सम्झौता अनुसार पीडितको छोरा आदित्य राई अहिले न्यु समिट इङलिस बोर्डिङ स्कुलमा भर्ना भइसकेको कुरा न्यु समिट इङ्गलिस बोर्डिङ स्कुलका अध्यक्ष यङ्गराज राई ज्युले बताउनु भयो। र पीडितको छोरीलाई पनि Cliff Academy बोर्डिङ स्कुलले ५ कक्षा सम्म निःशुल्क पठनपाठन गराई दिने कुरा क्लिफ एकेडेमी स्कुलका फाउन्डर बिष्णु हिङमाङले जानकारी दिनुभएको छ। र षडानन्द नगरपालिका वडा न. ३ खार्तम्छाले दुबै बच्चालाई १५ बर्षको उमेरसम्म बार्षिक १० हजारको दरले शैक्षिक खर्च स्वरुप नगद दिने ब्यबस्था पनि मिलाइ दिने कुरा ३ नम्बर वडाका वडाध्यक्ष साङ्ग देम्बा राईले जानकारी दिनु भएको छ।