Sabin Niroula Supporters

Sabin Niroula Supporters प्रतिनिधि सभा सदस्य उम्मेदवार, मोरङ क्षेत्र नं ६
राष्ट्रिय प्रजातन्त्र पार्टी, चुनाव चिन्ह- हलो।

23/04/2026

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सचिवालय द्वारा आयोजित कोशी प्रदेश स्तरीय समीक्षा बैठकमा प्रतिनिधिसभा निर्वाचन मोरङ क्षेत्र नम्बर ६ निवर्तमान उम्मेदवारको हैसियतले आफ्ना केही भनाईहरु राख्दै।

जिल्ला मोरङ क्षेत्र नम्बर ६ का युवा हरु राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नुभएकोमा हार्दिक बधाई छ।
19/03/2026

जिल्ला मोरङ क्षेत्र नम्बर ६ का युवा हरु राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नुभएकोमा हार्दिक बधाई छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको प्रमुख सचेतकमा नियुक्त हुनुभएकोमा माननीय खुस्बु वली ज्यूलाई हार्दिक बधाई तथा ...
19/03/2026

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको प्रमुख सचेतकमा नियुक्त हुनुभएकोमा माननीय खुस्बु वली ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।

आदरणीय मोरङ क्षेत्र नम्बर ६ का मतदाता महानुभावहरू:प्रतिनिधि सभा सदस्य निर्वाचनको क्रममा मैले गरेको निर्वाचन खर्च विवरण क...
10/03/2026

आदरणीय मोरङ क्षेत्र नम्बर ६ का मतदाता महानुभावहरू:

प्रतिनिधि सभा सदस्य निर्वाचनको क्रममा मैले गरेको निर्वाचन खर्च विवरण कानून अनुसार पारदर्शिताका साथ सार्वजनिक गरेको छु।
लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता अत्यन्त महत्वपूर्ण हुने भएकाले निर्वाचन आयोगमा बुझाइएको खर्च विवरण यहाँ सार्वजनिक गरेको जानकारी गराउन चाहन्छु। जनताको विश्वास समर्थन र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो। आगामी दिनमा पनि स्वच्छ राजनीति पारदर्शिता र जनताको हितका लागि निरन्तर प्रतिबद्ध रहने विश्वास दिलाउन चाहन्छु।

सविनन निरौला
निवर्तमान प्रतिनिधि सभा सदस्य उम्मेदवार
मोरङ क्षेत्र नं. ६
राष्ट्रिय प्रजातन्त्र पार्टी

07/03/2026

मोरङ निर्वाचन क्षेत्र नं. ६ का सम्पूर्ण सचेत जिम्मेवार तथा लोकतन्त्रप्रेमी मतदाताहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछु। लोकतान्त्रिक प्रणालीप्रति विश्वास राख्दै आफ्नो अमूल्य मतमार्फत जनमत अभिव्यक्त गर्नु भएकोमा यहाँका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति म हार्दिक कृतज्ञता प्रकट गर्दछु। यस निर्वाचनको परिणामस्वरूप विजयी हुनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। जनताले उठाएका विकास सुशासन रोजगारी कृषि शिक्षा स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित महत्वपूर्ण मुद्दाहरूको समाधानतर्फ उहाँको प्रभावकारी ध्यान जानेछ भन्ने विश्वास व्यक्त गर्दछु। मलाई विश्वास गरी मत दिनु भएका तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ समर्थन र शुभेच्छा प्रदान गर्नु भएका सम्पूर्ण मतदाताप्रति म विशेष आभार प्रकट गर्दछु। निर्वाचन परिणाम लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक निष्कर्ष हो तर जनताको सेवा क्षेत्रको विकास र यहाँका समस्या समाधानप्रति मेरो प्रतिबद्धता कहिल्यै समाप्त हुँदैन त्यसैले आगामी दिनहरूमा पनि मोरङ निर्वाचन क्षेत्र नं. ६ का जनताको हक हित र समृद्धिका लागि निरन्तर रूपमा आवाज उठाउँदै र सक्दो योगदान पुर्‍याउँदै अगाडि बढ्ने दृढ संकल्प व्यक्त गर्दछु।
सविन निरौला
निवर्तमान प्रतिनिधि सभा सदस्य उम्मेदवार मोरङ निर्वाचन क्षेत्र नं. ६
राष्ट्रिय प्रजातन्त्र पार्टी

02/03/2026

आदरणीय मोरङ ६ निवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू

​घरदैलो अभियानका क्रममा तपाईंहरूको आँगनमा पुग्दा मैले जुन न्यानो आत्मीयता र भरोसा पाएँ त्यसले मलाई थप जिम्मेवार बनाएको छ। यस यात्राले मलाई मोरङ६ को वास्तविक अवस्था नागरिकका अपेक्षा र आधारभूत चुनौतीहरूलाई वस्तुगत रूपमा बुझ्ने अवसर दिएको छ।

​बस्तीहरूमा पुग्दा कतै पूर्वाधारको आवश्यकता, कतै कृषिमा देखिएका समस्या त कतै अवसरको पर्खाइमा रहेका युवाहरूको आवाज मैले सुनेको छु। जनस्तरका यी गुनासाहरू केवल टिपोटका विषय मात्र होइनन् मेरो आगामी कार्ययोजनाका मार्गदर्शक हुन्।

​हाम्रो साझा समृद्धिका लागि वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण सँगै कृषि क्षेत्रको आधुनिकीकरण मेरो प्राथमिकता रहनेछ। साथै युवाहरूलाई स्वदेशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्न तथा सरकारी सेवालाई पारदर्शी भ्रष्टाचारमुक्त र डिजिटल बनाउन म पूर्ण प्रतिबद्ध छु।

​समय र भौगोलिक प्रतिकूलताका कारण यदि कसैको घरदैलोमा म व्यक्तिगत रूपमा उपस्थित हुन सकिनँ भने यसै माध्यमबाट क्षमायाचना व्यक्त गर्दछु। मोरङ–६ को सन्तुलित विकास र स्थायित्वका लागि तपाईंहरूको अमूल्य सुझाव साथ र अटुट विश्वासको अपेक्षा गर्दछु।

​धन्यवाद।

सविन निरौला
मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष तर्फ उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी

तपाईंको एक मत अत्यन्त मूल्यवान छ।गलत तरिका होइन सही तरिकाले मतदान गरौं।।सविन निरौलामोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष तर...
02/03/2026

तपाईंको एक मत अत्यन्त मूल्यवान छ।
गलत तरिका होइन सही तरिकाले मतदान गरौं।।

सविन निरौला
मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष तर्फ उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी
चुनाव चिन्ह हलो

02/03/2026

आदरणीय मोरङ ६ निवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू

​घरदैलो अभियानका क्रममा तपाईंहरूको आँगनमा पुग्दा मैले जुन न्यानो आत्मीयता र भरोसा पाएँ त्यसले मलाई थप जिम्मेवार बनाएको छ। यस यात्राले मलाई मोरङ६ को वास्तविक अवस्था नागरिकका अपेक्षा र आधारभूत चुनौतीहरूलाई वस्तुगत रूपमा बुझ्ने अवसर दिएको छ।

​बस्तीहरूमा पुग्दा कतै पूर्वाधारको आवश्यकता, कतै कृषिमा देखिएका समस्या त कतै अवसरको पर्खाइमा रहेका युवाहरूको आवाज मैले सुनेको छु। जनस्तरका यी गुनासाहरू केवल टिपोटका विषय मात्र होइनन् मेरो आगामी कार्ययोजनाका मार्गदर्शक हुन्।

​हाम्रो साझा समृद्धिका लागि वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण सँगै कृषि क्षेत्रको आधुनिकीकरण मेरो प्राथमिकता रहनेछ। साथै युवाहरूलाई स्वदेशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्न तथा सरकारी सेवालाई पारदर्शी भ्रष्टाचारमुक्त र डिजिटल बनाउन म पूर्ण प्रतिबद्ध छु।

​समय र भौगोलिक प्रतिकूलताका कारण यदि कसैको घरदैलोमा म व्यक्तिगत रूपमा उपस्थित हुन सकिनँ भने यसै माध्यमबाट क्षमायाचना व्यक्त गर्दछु। मोरङ–६ को सन्तुलित विकास र स्थायित्वका लागि तपाईंहरूको अमूल्य सुझाव, साथ र अटुट विश्वासको अपेक्षा गर्दछु।

​धन्यवाद।

सविन निरौला
मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष तर्फ उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी

02/03/2026

मोरङ ६ का जनताको उम्मेदवार

02/03/2026

युवाको आवाज अब रोकिने छैन 🔥
मोरङ ६ का जनताको उम्मेदवार — सविन निरौला

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Sabin Niroula Supporters posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share