Sunrise Patra

Sunrise Patra तपाईंको आवाजलाई सशक्त बनाई, सत्यको खेती गर्ने हाम्रो चाहना।
https://www.sunrisepatra.com/
(1)

03/09/2026

श्री श्री १०८ श्री हरिहर मन्दिर ,इनरुवा-८ बंकुलुवा ।
सुनसरीको इनरुवा नगरपालिका वडा नं -८ मा रहेको कार्तिक मन्दिर ।
#कर्तिकमन्दिर #ईनरुवा #सुनसरी #बंकुलवा

इटहरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ, ४.६७ ग्राम लागूऔषध बरामदसुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित वीरेन्द्र चोकबाट प...
03/09/2026

इटहरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ, ४.६७ ग्राम लागूऔषध बरामद

सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित वीरेन्द्र चोकबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८३ भदौ १७ गते राति ८ः४५ बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुई जनामाथि शंका लागेर खानतलासी तथा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का १७ वर्षीय गौतम ऋषिदेव र मोरङ सुन्दरहरैँचा नगरपालिका–७ का २८ वर्षीय अमिन चौधरीको साथबाट ४.६७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ तथा नगद ४ हजार ९ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषध र नगदसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

03/09/2026

आज भदौ १८ गते बिहीबार सुनसरीको देवानगंज गाउँपालिका वडा नं-२ स्थित रहेको देवानगंज बजारमा दैनिक बिहान लाग्ने गुद्रिमा तरकारीहरूको आजको मू"ल्य यस प्रकारको रहेको छ । हेर्नुहोस् भिडियोमा । #कृषि

आज बिहिबार सुनसरीको देवानगंज गाउँपालिका वडा नं -२ मा रहेको श्री रामजानकी मन्दिरको दर्शन गर्नुहोस्। श्री राम प्रभुले सबैक...
03/09/2026

आज बिहिबार सुनसरीको देवानगंज गाउँपालिका वडा नं -२ मा रहेको श्री रामजानकी मन्दिरको दर्शन गर्नुहोस्। श्री राम प्रभुले सबैको कल्याण गरुन्। जय श्री राम ❤️🙏

एम्बुलेन्सबाट ६ सय ९ किलाे गाँजा बरामद । गाडी नम्बर नै अगाडी र पछाडीकाे फरक ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वा...
02/09/2026

एम्बुलेन्सबाट ६ सय ९ किलाे गाँजा बरामद । गाडी नम्बर नै अगाडी र पछाडीकाे फरक ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार बिओेपी हर्बाेनीकाे चेकपाेइन्ट टाेलीले सुनसरीकाे बर्जु गाउँपालिका ४ बाट उक्त परिमाणकाे गाँजा बरामद गरेकाे हाे ।
गणले दिएकाे जानकारी अनुसार एम्बुलेन्स लेखिएकाे टाटा सुमाेबाट १७ पाेका गाँजा बरामद गरिएको हाे ।
नियन्त्रणमा लिइएकाे गाडीकाे अगाडि र पछाडिको नम्बर भने फरक रहेकाे छ ।

02/09/2026

इनरुवामा पनि रथयात्रा निकालिने
श्री राधाकृष्ण मन्दिरले प्रत्येक बर्ष झै यश बर्ष पनि श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा रथयात्रा भदौ २० गते दिउँसो ३ बजे निकाल्ने भएको छ ।
#रथयात्रा #हिन्दु #कृष्ण

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदालिँदै इटहरीबाट विद्युतका सातौँ तहका अधिकृत कृष्ण यादव रङ्गेहात प,,क्राउ परेका छन्...
02/09/2026

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदालिँदै इटहरीबाट विद्युतका सातौँ तहका अधिकृत कृष्ण यादव रङ्गेहात प,,क्राउ परेका छन्।

02/09/2026

सामान्य नतिजापछि सुधारको अभियानमा श्री माध्यमिक विद्यालय, खेल मैदान सरसफाइसँगै वृक्षरोपण

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित श्री माध्यमिक विद्यालयमा शैक्षिक सुधारसँगै विद्यालयको भौतिक तथा वातावरणीय अवस्था सुधार गर्ने अभियानले निरन्तरता पाएको छ।
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयको नतिजा सामान्य आएपछि देवानगञ्ज गाउँपालिकाले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न शिक्षक व्यवस्थापनमा समेत परिवर्तन गरेको थियो। त्यसपछि विद्यालयमा आएका नयाँ शिक्षकहरू पठनपाठनलाई प्रभावकारी बनाउनेसँगै विद्यालयको समग्र वातावरण सुधारमा सक्रिय देखिएका छन्।
यसैक्रममा बुधबार विद्यालयको खेल मैदान तथा परिसरमा सरसफाइ गरिएको छ। शिक्षकहरूको सहभागितामा खेल मैदानमा रहेका झाडी तथा फोहोर हटाउँदै मैदानलाई व्यवस्थित बनाइएको हो। साथै विद्यालय परिसरलाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले विभिन्न प्रजातिका रूखबिरुवासमेत रोपिएको छ।
विद्यालयको सुधार अभियानमा शिक्षकहरू आफैँ फिल्डमा खटिएर काम गर्न थालेपछि विद्यार्थी तथा स्थानीयस्तरमा समेत सकारात्मक सन्देश गएको विद्यालय पक्षको भनाइ छ।
कक्षाकोठाको पठनपाठनसँगै विद्यालयको वातावरण, अनुशासन, सरसफाइ र भौतिक पूर्वाधार सुधारमा समेत ध्यान दिन सके शैक्षिक उपलब्धिमा सकारात्मक परिवर्तन ल्याउन सकिने अपेक्षा गरिएको छ।
एसईईमा शून्य नतिजा भोगेको विद्यालयलाई आगामी दिनमा सुधार गर्दै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्नु अहिले विद्यालय व्यवस्थापन, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारका लागि मुख्य चुनौती बनेको छ।
शिक्षकहरूको पछिल्लो सक्रियताले भने ‘विद्यालय सुधार कक्षाकोठाबाट मात्र होइन, समग्र वातावरण सुधारबाट पनि सम्भव छ’ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
#

प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’ मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जा...
02/09/2026

प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’ मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।

साइबर व्यूरोको आनुरोध ।    #साइबर
02/09/2026

साइबर व्यूरोको आनुरोध ।
#साइबर

Address

Biratnagar
56600

Alerts

Be the first to know and let us send you an email when Sunrise Patra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunrise Patra:

Shortcuts

Share