21/08/2026
आफ्नो गृहकार्य पूरा नगरेको आरोपमा शिक्षकले कुटपिट गरेपछि भारतको विशाखापट्टनममा एक निजी विद्यालयका ६ वर्षीय बालकको मृत्यु भएको छ।
परिवारका अनुसार शिक्षकले बालकलाई कुटपिट गरेका थिए। घटनाको सीसीटीभी फुटेजमा पनि शिक्षकले बालकलाई कुटपिट गरेको र त्यसपछि बालक ढलेको देखिएको बताइएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने शिक्षा अधिकारीहरूले पनि छानबिन थालेका छन्। बालकको पोस्टमार्टम भइरहेको छ र घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय विभागीय छानबिन समिति गठन गरिएको छ।
#विशाखापट्टनम #भारत #विद्यालयघटना #शिक्षक #बालककोमृत्यु #शिक्षककुटपिट #विद्यालयसुरक्षा #बालअधिकार #निष्पक्षछानबिन #समाचार