Hamro Warangi

Hamro Warangi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Warangi, News & Media Website, Letang, Biratnagar.

सहयोगी मन र मानवीय भावनाप्रति हार्दिक सम्मान। 🙏
21/08/2026

सहयोगी मन र मानवीय भावनाप्रति हार्दिक सम्मान। 🙏

21/08/2026

चिसो मौसम, बादलको लुकामारी अनि प्रकृतिसँग रमाउन चाहनेहरूका लागि एक उत्कृष्ट गन्तव्य। 🌥️🏔️

यहाँबाट तराईका मनोरम फाँटहरूको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ भने चारैतिरका पहाडी प्राकृतिक सौन्दर्यले जो–कोहीलाई मोहित बनाउँछ। ❤️

प्रकृतिको अनुपम सौन्दर्यले भरिएको लेटाङ नगरपालिकाकै उत्कृष्ट पर्यटकीय गन्तव्य—लेटाङ–७, वारंगी। 🌿

📍 वारंगी, लेटाङ–७, मोरङ
#लेटाङ #वारंगी #पर्यटन #प्रकृति #मोरङ

जौवारीबाट अग्निपीडित टीका धिताललाई आर्थिक सहयोगलेटाङ–७, जौवारीबाट अग्निपीडित व्यवसायी टीका धिताललाई आर्थिक सहयोग प्रदान ...
19/08/2026

जौवारीबाट अग्निपीडित टीका धिताललाई आर्थिक सहयोग

लेटाङ–७, जौवारीबाट अग्निपीडित व्यवसायी टीका धिताललाई आर्थिक सहयोग प्रदान गरिएको छ।

लेटाङ नगरपालिका–७ वारंगीमा भएको आगलागीबाट होटल, किराना तथा अन्य व्यवसाय पूर्ण रूपमा गुमाएका टीका धितालको पुनःस्थापनाका लागि जौवारीबाट सहयोग रकम संकलन गरी प्रदान गरिएको हो।

जम्मा रु. ३७ हजार ५ सय सहयोग रकममध्ये बीरमान तामाङ गोलेबाट रु.१० हजार, मेनुका तामाङ रु ५ हजार, पूर्ण ब तामाङ रु.५ हजार, शुलोचना तामाङ रु.२ हजार, बिरु तामाङ (तिनतले) रु. २ हजार, बाल कृष्ण पाण्डे रु.१ हजार, वीर ब ग्याबा रु. ५ सय तथा मिक्लाजुङ-७ कम्पुटारकी जानुका तामाङबाट रु. १० हजार र मधुमल्लाका रमेश बस्नेतबाट रु. २ हजार सहयोग प्राप्त भएको जनाइएको छ।

आगलागीबाट ठूलो क्षति व्यहोरेका धितालको व्यवसाय पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले विभिन्न व्यक्ति तथा समुदायबाट निरन्तर सहयोग जुटिरहेको छ।

सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सहयोगदाता तथा जौवारीवासीप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको छ।

कपासेका युवाहरूबाट अग्निपीडित टीका धिताललाई ६३ हजार सहयोगलेटाङ–६, कपासेका युवाहरूले अग्निपीडित टीका धितालको व्यवसाय पुनः...
18/08/2026

कपासेका युवाहरूबाट अग्निपीडित टीका धिताललाई ६३ हजार सहयोग

लेटाङ–६, कपासेका युवाहरूले अग्निपीडित टीका धितालको व्यवसाय पुनःस्थापनाका लागि नगद रु. ६३,००० आर्थिक सहयोग गरेका छन्।

लेटाङ नगरपालिका–७, वारंगीमा भएको आगलागीबाट होटल, किराना तथा अन्य व्यवसाय पूर्ण रूपमा गुमाएका युवा व्यवसायी तथा समाजसेवी टीका धिताललाई सहयोग गर्ने अभियानअन्तर्गत लेटाङ–६ कपासेका युवाहरूले उक्त रकम प्रदान गरेका हुन्।

आगलागीबाट ठूलो क्षति व्यहोर्नुभएका धिताललाई व्यवसाय पुनःस्थापना गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले युवाहरूले आपसी सहकार्यमा रकम संकलन गरी हस्तान्तरण गरेका हुन्।

विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्दै पुनःस्थापनाको अभियानमा हातेमालो गरेकोमा कपासेका सम्पूर्ण सहयोगी युवाहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको छ।

प्रशंसा चर्च कुम्लेद्वारा अग्निपीडित टीका धिताललाई ४० हजार रुपैयाँ सहयोगलेटाङ । मोरङको लेटाङ नगरपालिका–७, वारंगीमा भएको ...
17/08/2026

प्रशंसा चर्च कुम्लेद्वारा अग्निपीडित टीका धिताललाई ४० हजार रुपैयाँ सहयोग

लेटाङ । मोरङको लेटाङ नगरपालिका–७, वारंगीमा भएको आगलागीबाट प्रभावित व्यवसायी टीका धिताललाई लेटाङ–७ कुम्लेमा रहेको प्रशंसा चर्चले रु. ४०,००० नगद आर्थिक सहयोग गरेको छ।

आगलागीबाट होटल, किराना तथा अन्य व्यवसायमा ठूलो क्षति व्यहोरेका धितालको व्यवसाय पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले चर्चले उक्त रकम सहयोग गरेको हो।

प्रशंसा चर्चका पाष्टर सिंगबहादुर लिम्बूलको हात वाट अग्निपीडित टीका धिताललाई रु. ४०,००० (चालीस हजार रुपैयाँ) नगद हस्तान्तरण गरेका हुन्।

आगलागीपछि पीडित धितालको पुनःस्थापनाका लागि स्थानीयवासी, व्यवसायी, संघसंस्था तथा विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला प्रशंसा चर्चले पनि मानवीय सहयोगमा साथ दिएको हो।

सहयोग ग्रहण गर्दै टीका धितालले दुःखको समयमा सहयोग गर्ने प्रशंसा चर्च तथा पाष्टर सिंगबहादुर लिम्बूसहित सम्पूर्ण सहयोगीप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्।Manozvlog Vlog Limbu

Address

Letang
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Warangi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Warangi:

Shortcuts

Share