Our Pradesh

Our Pradesh हरेक खबरमा हाम्रो नजर
The official page of https://www.ourpradesh.com
(1)

हाम्रो बारे
एम. आई मिडिया हाउस प्रा. लि.
कम्पनी दर्ता न. : ३२८२४७/०८०/०८१
पान न. : ६१९८५७४००
प्रेस काउन्सिल दर्ता नं. : ४३९७-२०८०/०८१
सूचना विभाग दर्ता नं. : ४४२३-२०८०/२०८१

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषा किरणले नेकपा (एमाले) केन्द्रीय कमिटीको निर्णयबाट आफू अचम्मित नभएको प्रतिक्...
23/07/2025

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषा किरणले नेकपा (एमाले) केन्द्रीय कमिटीको निर्णयबाट आफू अचम्मित नभएको प्रतिक्रिया दिएकी छन् ।

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत उषाले एमालेको निर्णय र त्यसमा पुग्न गरिएका ‘तिगडम’प्रति आफू अचम्मित नभएको बताएकी हुन् ।

23/07/2025

अब नेपाल प्रहरीले विभिन्न आरोपमा पक्राउ परेका व्यक्तिहरूको फोटो तथा भिडिओ सार्वजनिक नगर्ने भएको छ। 😮

विराटनगरको मेगाटेक सोलुसनमा नबिल बैंकद्वारा शिलबन्दीविराटनगरको मेनरोडमा रहेको चर्चित र पुरानो कम्प्युटर तथा इलेक्ट्रोनिक...
23/07/2025

विराटनगरको मेगाटेक सोलुसनमा नबिल बैंकद्वारा शिलबन्दी
विराटनगरको मेनरोडमा रहेको चर्चित र पुरानो कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरण विक्रेता कम्पनी मेगाटेक सोलुसनमा नबिल बैंकले बुधबार शिलबन्दी गरेको छ। कर्जा नतिरेको भन्दै बैंकले यो कदम चालेको हो।
नबिल बैंकका प्रतिनिधिहरूले प्रहरीको रोहबरमा मेगाटेकको बिक्री कक्ष रहेको विराटनगर–७, मेनरोडस्थित मुख्य पसलमा शिलबन्दी गरेका छन्। ऋण कर्जा लिने क्रममा मेगाटेकले देखाएको गोदाममा पनि बैंकले शिलबन्दी गरेको जनाइएको छ। साथै, मेगाटेकको कम्प्युटर मर्मत कक्षमा समेत शिलबन्दी गरिएको छ।

प्रचण्डले जनार्दनलाई जवाफ फर्काएसिँगौरी खेल्न दिएकै छु, उदारतालाई क मजोरी नठान्नू।
23/07/2025

प्रचण्डले जनार्दनलाई जवाफ फर्काए
सिँगौरी खेल्न दिएकै छु, उदारतालाई क मजोरी नठान्नू।

23/07/2025

धनुषाको महिनाथपुर सीमामा गोलीबारी: एक नेपाली घाइते, एसएसबी जवानलाई चोट
धनुषा जिल्लाको महिनाथपुरस्थित नेपाल-भारत सीमामा रहेको एसएसबी चेकपोस्टमा गोली चलेको छ। भारतीय प्रहरीका अनुसार, ४ जना संदिग्ध व्यक्ति अवैधरूपमा भारत प्रवेश गर्न खोज्दा र ढुंगामुडा गर्दा यो घटना भएको हो।
गोली लागेर एक जना नेपाली नागरिक घाइते भएका छन् भने भारतीय एसएसबीका एक जवान गम्भीर रूपमा घाइते भएका छन्। घाइते एसएसबी जवानको उपचार दरभंगास्थित पारस हस्पिटलमा भइरहेको स्रोतले जनाएको छ।
घटनास्थलबाट एक जना व्यक्ति पक्राउ परेका छन् र अन्य संदिग्धहरूको खोजी कार्य जारी छ।
भिडियो - सामाजिक सञ्जाल

कटहरी बाजार शांत बाजार!
23/07/2025

कटहरी बाजार शांत बाजार!

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको पहलमा धनुषाको सबैला नगरपालिकामा आपतकालीन खानेपानी वितरण कार्यक्रम सु...
23/07/2025

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको पहलमा धनुषाको सबैला नगरपालिकामा आपतकालीन खानेपानी वितरण कार्यक्रम सुरु गरिएको छ।
प्लान इन्टरनेसनलको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम सोमबारदेखि कार्यान्वयनमा आएको हो।

अत्यधिक गर्मी र पानीको अभावका कारण प्रभावित स्थानीय समुदायलाई लक्षित गरी कार्यक्रममार्फत सुरक्षित तथा स्वच्छ खानेपानी वितरण थालिएको जनाइएको छ।

23/07/2025
देवानगञ्ज गाउँपालिकामा ट्रान्सफर्मर चोरीको शृङ्खला: तेस्रो घटनासुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा फेरि ट्रान्...
23/07/2025

देवानगञ्ज गाउँपालिकामा ट्रान्सफर्मर चोरीको शृङ्खला: तेस्रो घटना
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा फेरि ट्रान्सफर्मर चोरी भएको छ। यो घटना मध्यहर्षाही क्षेत्रमा तेस्रो पटक भएको हो। खेतमा सिँचाइका लागि जडान गरिएको यो ट्रान्सफर्मर गएराति चोरी भएको स्थानीयले बताएका छन्। यो डिप बोरिङका लागि राखिएको थियो।
एकै गाउँपालिकामा, विशेषगरी एउटै क्षेत्रमा बारम्बार ट्रान्सफर्मर चोरी हुनुले स्थानीय बासिन्दा र किसानहरूमा ठूलो चिन्ता बढेको छ। सिँचाइका लागि अत्यावश्यक उपकरणको यसरी बारम्बार चोरी हुनुले कृषि कार्यमा प्रत्यक्ष असर पर्ने निश्चित छ। यसअघिका दुई घटनामा के कस्तो अनुसन्धान भयो वा दोषी पत्ता लागे वा लागेनन् भन्नेबारे भने खुल्न सकेको छैन।
यस्ता घटनाहरू दोहोरिन नदिन गाउँपालिका र स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा थप कडाइ गर्नुपर्ने आवश्यकता देखिएको छ।
Our Pradesh

सुनवर्सीमा बिपि कोइरालाको ४३ औं स्मृति दिवस कार्यक्रम भब्य रूपमा समपन्न , केही बिशेष तस्वीर !
22/07/2025

सुनवर्सीमा बिपि कोइरालाको ४३ औं स्मृति दिवस कार्यक्रम भब्य रूपमा समपन्न , केही बिशेष तस्वीर !

निजामती विधेयकबाट दुईवर्षे ‘कुलिङ अफ पिरियड’ को प्रावधान हटाउन एमालेले राष्ट्रिय सभामा संशोधन दर्ता गरेपछि कांग्रेस सशंक...
22/07/2025

निजामती विधेयकबाट दुईवर्षे ‘कुलिङ अफ पिरियड’ को प्रावधान हटाउन एमालेले राष्ट्रिय सभामा संशोधन दर्ता गरेपछि कांग्रेस सशंकित छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट दुईवर्षे ‘कुलिङ अफ पिरियड’ को व्यवस्थासहित सर्वसम्मितिले विधेयक प्रतिवेदन पारित भएको थियो । भूमि विधेयकमा कांग्रेसका दुई महामन्त्रीसहित आधा दर्जन सांसदको संशोधन छ । माओवादी र जसपा नेपाल लगायतको पनि संशोधन छ ।

Address


Alerts

Be the first to know and let us send you an email when Our Pradesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Our Pradesh:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share