Hamro Nayabazar

Hamro Nayabazar Katahari is a village development committee in Morang District in the Koshi Zone. It lies immediately to the east of Biratnagar.(Nepal).

05/04/2026

नेपाल सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेसँगै चैत्र २३ गते देखि सरकारी कार्यालयहरुको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम भएको छ ।
↪️शुक्रवार पनि कार्यलय खुल्ने, समय ९-५ नै हुनेछ!

19/03/2026
नेपाल सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसावट (ब्लेन्डिङ) गर्न स्वीकृति दिएको छ । इन्धन आयात घटाउने, स्वदेशी उत्पादनल...
07/01/2026

नेपाल सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसावट (ब्लेन्डिङ) गर्न स्वीकृति दिएको छ । इन्धन आयात घटाउने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र वातावरणमैत्री ऊर्जाको प्रयोग बढाउने उद्देश्यसहित मन्त्रिपरिषद्ले “इथानोल मिसावट गरिएको पेट्रोल प्रयोगसम्बन्धी आदेश, २०८२” स्वीकृत गरेको हो । यससँगै नेपाल आयल निगम (एनओसी) ले देशभर इथानोल मिसाइएको पेट्रोल मिश्रण तथा बिक्री गर्न पाउनेछ ।
इथानोल ऊखु, पराल तथा सुक्खा घाँसजस्ता कच्चा पदार्थबाट उत्पादन गर्न सकिने भएकाले यसले वार्षिक करिब ७३ मिलियन लिटर पेट्रोल आयात घटाउन सक्ने अनुमान गरिएको छ । यसबाट करिब ६ अर्ब २० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बचत हुनुका साथै किसानलाई थप आम्दानी र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । एनओसीका प्रबन्ध निर्देशक डा. चण्डिका प्रसाद भट्टका अनुसार इथानोल प्रयोगले इन्जिनबाट निस्कने प्रदूषण कम गर्छ र कार्बन डाइअक्साइड उत्सर्जन गर्दैन ।
हाल नेपालमा दैनिक करिब २० लाख लिटर पेट्रोल खपत हुने गरेको छ । पेट्रोलमा १० प्रतिशत इथानोल मिसावट गर्दा दैनिक करिब ४ लाख लिटर पेट्रोलको खपत घटाउन सकिने बताइएको छ । यस नीतिले इन्धन आयातमा निर्भरता कम गर्ने, विदेशी मुद्रा बचत गर्ने, वातावरण संरक्षण गर्ने र विद्युतीय सवारी साधनजस्ता वैकल्पिक ऊर्जासम्बन्धी पहललाई पूरक सहयोग पुर्‍याउने लक्ष्य लिएको छ ।

07/01/2026

मोरङको रंगेली नगरपालिका–स्थित श्री संसारी माई मन्दिरमा भएको चोरी घट*नामा संलग्न समूह सीसीटीभी फुटेजमार्फत देखिएको छ।
उक्त फुटेजमा देखिएका व्यक्तिहरूलाई कसैले चिन्नुहुन्छ भने, वा उनीहरूको लुगा तथा हुलिया (हिनाई) का आधारमा पहिचान गर्न सक्नुहुन्छ भने नजिकको प्रहरी चौकीमा सम्पर्क गरी जानकारी गराइदिनु हुन अनुरोध गरिन्छ।

सिंहदरबारको अवस्था ✊✊
09/09/2025

सिंहदरबारको अवस्था ✊✊

ब्रेकिङ: केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए!
09/09/2025

ब्रेकिङ: केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए!

09/09/2025

“हुलाकी राजमार्गका लोहन्द्रा घाट र रामचोक पुलको अवस्था”

09/09/2025

प्रदर्शनकारीले भक्तपुरको बालकोट स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा आगजनी गरेका छन् ।

08/09/2025

आन्दोलनमा काठमाडौँमा मात्र १७ र इटहरीमा दुई गरी १९ जनाको मृत्यु भएको छ भने सयाैँ घाइते भएका छन् ।

Gen-Z को माइतीघर मण्डलाबाट आन्दोलन सुरु गर्दै गर्दा लिएका केही जेन्जीका तस्बिरहरू l     pic: social media
08/09/2025

Gen-Z को माइतीघर मण्डलाबाट आन्दोलन सुरु गर्दै गर्दा लिएका केही जेन्जीका तस्बिरहरू l
pic: social media

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Nayabazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share