Hasandaha Khabar

Hasandaha Khabar Yᴏᴜʀ ᴛʀᴜsᴛᴇᴅ sᴏᴜʀᴄᴇ ꜰᴏʀ ʟᴏᴄᴀʟ ɴᴇᴡs, ᴜᴘᴅᴀᴛᴇs, ᴀɴᴅ ɪᴍᴘᴏʀᴛᴀɴᴛ ɴᴏᴛɪᴄᴇs. Sᴛᴀʏ ɪɴꜰᴏʀᴍᴇᴅ ᴡɪᴛʜ ʀᴇᴀʟ-ᴛɪᴍᴇ ɪɴꜰᴏʀᴍᴀᴛɪᴏɴ ᴛʜᴀᴛ ᴍᴀᴛᴛᴇʀs ᴛᴏ ʏᴏᴜʀ ᴄᴏᴍᴍᴜɴɪᴛʏ.

22/09/2025

शिक्षामन्त्री महाविर पुनले शपथ पछि के भने ?

जो नगरको भावी मेयरका रूपमा चर्चित छन् ...पथरी शनिश्चरे नगरपालिका वडा नं ४ का अध्यक्ष लोककिरण न्यौपाने आजभोलि नगरको भावी ...
22/09/2025

जो नगरको भावी मेयरका रूपमा चर्चित छन् ...

पथरी शनिश्चरे नगरपालिका वडा नं ४ का अध्यक्ष लोककिरण न्यौपाने आजभोलि नगरको भावी मेयरका रुपमा चर्चामा छन् । जनताको सुख–दुःखमा सधैं खटिने उनी बिहानदेखि रातीसम्म वडावासीको आवश्यकता पुरा गर्न तत्पर रहन्छन् । आफ्नो गाँस काटेर अरुको पेट भर्ने उनको शैलीले नगरमा सामान्य नागरिकदेखि युवासम्मको मन जितेको छ ।

सामाजिक जीवनमा प्रवेशदेखि नै उनले थुप्रै संघसंस्थामा सक्रिय भएर काम गरेका छन् । वडावासीलाई सर्वसुलभ र गुणस्तरीय शिक्षा , निशुल्क र गुणस्तरीय स्वास्थ उपचारको प्रबन्ध , हरेक नागरिकको मानव अधिकार संरक्षण, महिला हिंसा अन्त्य , युवा आत्मनिर्भरता र स्वरोजगार जस्ता मुद्दामा उनी सधैं खटिईरहन्छन । उनले यी विषयमा उल्लेख्य काम समेत गरेका छन् । युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने तथा सामाजिक न्यायको पक्षमा बोल्ने उनको नेतृत्वशैलीले सिंगो नगरवासीको मन जितेको छ ।

त्यसैले, आज उनका समर्थकहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। बालबालिका, युवा, वृद्ध सबैले उनलाई आफ्नै प्रतिनिधि र भविष्यको नगर प्रमुखका रुपमा देखिरहेका छन्। जनताको माया, विश्वास र समर्थन नै उनको नेतृत्व क्षमताको प्रमाण बनेको छ । न्यौपानेलाई आगामी दिनमा सफलताको शुभकामना । नगरवासीले चाँडै मेयरको कुर्सिमा देख्न पाउन । पुनः शुभकामना !!!

22/09/2025
22/09/2025

सञ्चारमन्त्री बनेपछि हँसिलो मुद्रामा आफ्ना पुराना सहकर्मीहरुसंग रमाईलो गर्दै जगदिश खरेल ...

प्रहरीको पेस्तोल लुट्ने जेनजी पक्राउ°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°गत भदौ २३ गते र २४ गते भएको जेनजी आन्दोलनमा प्रह...
22/09/2025

प्रहरीको पेस्तोल लुट्ने जेनजी पक्राउ
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
गत भदौ २३ गते र २४ गते भएको जेनजी आन्दोलनमा प्रहरी प्रभाग हरिसिद्बी ललितपुरको कार्यालयबाट लुटिएको दुई थान पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका- १४ ठैब खुस्बुटोल डेरा गरी बस्ने ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-३ का वर्ष २४ को दीपक राई रहेका छन्।

गोप्य सूचनाको आधारमा प्रहरीले उनको पहिचान गरी खोजतलास गर्ने क्रममा राईले आफ्नो डेराकोठामा लुकाई छिपाई राखेको अवस्थामा सो हतियार बरामद भएको हो।

उनको साथबाट २ थान पेस्तोल र सोमा लाग्ने म्यागजिन थान-२ र गोली १३ राउण्ड समेत बरामद भएको प्रहरीले जनाएको छ।

स्वास्थमन्त्री डा.संगिता मिश्रा को हुन ?स्वास्थ्य मन्त्री डा. संगीता मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा दिइसकेकी छन...
22/09/2025

स्वास्थमन्त्री डा.संगिता मिश्रा को हुन ?

स्वास्थ्य मन्त्री डा. संगीता मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा दिइसकेकी छन्।

यसअघि उनी सचिव बन्ने दौडमा थिइन्। गत फागुन २२ को मन्त्रिपरिषद बैठकले उनलाई छाडेर डा. विकास देवकोटालाई सचिव नियुक्त गरेको थियो। वरिष्ठता मिचेर सचिव नियुक्त गरेपछि विवादित भएको थियो।

यसका लागि अतिरिक्त सचिवहरू डा. संगीता मिश्रा, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस भएको थियो। आफूभन्दा कनिष्ठलाई मन्त्रिपरिषदले स्वास्थ्य सचिव नियुक्त गरेकोमा डा. मिश्राले विभिन्न माध्यमबाट असन्तुष्टि जनाएकी थिइन् ।

डा. मिश्र २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेर करिब एक वर्ष त्यहाँ काम गरेकी थिइन्। त्यसपछि उनी फुलब्राइट छात्रवृत्ति पाएर अमेरिका पढ्न गइन्। फेरि २०७० असोज १० गते खुलातर्फको प्रतिस्पर्धामा ११औं तहमा नाम निकालेर उनी स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन्।

उनले स्वास्थ्य सेवा विभाग महानिर्देशक, कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरेकी छन्। उनले कोभिड बेला कोशी अस्पतालमा गरेको काम र प्रसूति गृह प्रमुखका रूपमा गरेको कामको प्रशंसा हुने गरेको छ।

ओमप्रकाश अर्याल गृहमन्त्री बनेको भोलिपल्टै नेपाल प्रहरीको पोसाक खरिदमा ४८ करोड रुपैयाँभन्दा बढीको संस्थागत घोटाला गरिएको...
22/09/2025

ओमप्रकाश अर्याल गृहमन्त्री बनेको भोलिपल्टै नेपाल प्रहरीको पोसाक खरिदमा ४८ करोड रुपैयाँभन्दा बढीको संस्थागत घोटाला गरिएको रहस्य खुलेको छ ।
Details 👉️ https://rajdhanidaily.com/id/122238/

22/09/2025

कुरा सुन्नुस !!!

▪️आज घटस्थापना ▪️शुभ साइत ०९ : १३ बजेप्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आ...
22/09/2025

▪️आज घटस्थापना
▪️शुभ साइत ०९ : १३ बजे

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ।

उद्योग तथा भूमिसुधार मन्त्रीमा सिफारिस भएका अनिलकुमार सिन्हा को हुन ?उनी सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। उनले ६५ व...
22/09/2025

उद्योग तथा भूमिसुधार मन्त्रीमा सिफारिस भएका अनिलकुमार सिन्हा को हुन ?

उनी सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। उनले ६५ वर्षे उमेर हदका कारण २०८० कात्तिक १४ गते अवकाश पाएका थिए।

न्यायाधीश नियुक्त हुनुअघि उनी लामो समय वरिष्ठ अधिवक्ताका रूपमा वकालतमा सक्रिय थिए। उनी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ वकिल मानिन्छन्।

करिब सात वर्ष सर्वोच्च अदालतमा न्यायाधीश रहँदा उनले गरेका केही संवैधानिक फैसलाहरू महत्त्वपूर्ण छन्।

केपी ओली सरकारले गरेको संसद विघटनको पहिलो निर्णय उल्ट्याउँदा संवैधानिक इजलासमा उनी पनि थिए। त्यति बेला न्यायाधीश सिन्हाले संसद पुनर्स्थापनाको पक्षमा मत हालेका थिए।

त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति विवादमा फैसला गर्नेमा पनि उनी थिए।

बधाई एवम् शुभकामना !!!
22/09/2025

बधाई एवम् शुभकामना !!!

कृषि मन्त्री डा. मदन परियार को हुन ?कृषिमन्त्रीमा सिफारिस भएका डा. मदन परियार समता फाउन्डेसनका अध्यक्ष हुन् ।वरिष्ठ जलवा...
21/09/2025

कृषि मन्त्री डा. मदन परियार को हुन ?

कृषिमन्त्रीमा सिफारिस भएका डा. मदन परियार समता फाउन्डेसनका अध्यक्ष हुन् ।

वरिष्ठ जलवायु तथा कृषिविज्ञ डा. परियारले यसअघि संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको संयोजक रहेर काम गरेका थिए।

उनी अध्यक्ष रहेको समता फाउन्डेसन २००९ मा स्थापना भएको हो। यसले जातीय भेदभावमुक्त समाज निर्माणमा काम गर्दै आएको छ। यो संस्था दलित तथा अन्य अल्पसंख्यक समुदायको अधिकार र समावेशीताका लागि अनुसन्धान, नीति निर्माण, मानवअधिकार र नेतृत्व विकासका क्षेत्रमा सक्रिय छ।

सप्तरीका परियारले उदयपुर सिमेन्ट र कृषि औजार काराखाना वीरगन्जको महाप्रबन्धकका रूपमा पनि काम गरेका थिए।

उनी दलित समुदायबाट पिएचडी गर्ने पहिलो व्यक्ति हुन्। जलवायु परिवर्तन क्षेत्रमा पनि लामो समय काम गरे।

Address

Biratnagar
56600

Alerts

Be the first to know and let us send you an email when Hasandaha Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hasandaha Khabar:

Share