Hasandaha Khabar

Hasandaha Khabar Yᴏᴜʀ ᴛʀᴜsᴛᴇᴅ sᴏᴜʀᴄᴇ ꜰᴏʀ ʟᴏᴄᴀʟ ɴᴇᴡs, ᴜᴘᴅᴀᴛᴇs, ᴀɴᴅ ɪᴍᴘᴏʀᴛᴀɴᴛ ɴᴏᴛɪᴄᴇs. Sᴛᴀʏ ɪɴꜰᴏʀᴍᴇᴅ ᴡɪᴛʜ ʀᴇᴀʟ-ᴛɪᴍᴇ ɪɴꜰᴏʀᴍᴀᴛɪᴏɴ ᴛʜᴀᴛ ᴍᴀᴛᴛᴇʀs ᴛᴏ ʏᴏᴜʀ ᴄᴏᴍᴍᴜɴɪᴛʏ.

18/08/2026

सुनवर्षी - २ , अमरदहस्थित माउन्ट एभरेष्ट पब्लिक स्कुलका विद्यार्थीहरुको प्रस्तुती हेर्नुहोस ।

४६० गाउँपालिका अध्यक्ष , ४६० उपाध्यक्ष , ३,६८५ वडाध्यक्ष र १४,७४० वडा सदस्यका लागि आवेदन आह्वान गर्दै राष्ट्रिय स्वतन्त्...
18/08/2026

४६० गाउँपालिका अध्यक्ष , ४६० उपाध्यक्ष , ३,६८५ वडाध्यक्ष र १४,७४० वडा सदस्यका लागि आवेदन आह्वान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि 'गाउँपालिका क्यान्डिडेट क्लब' सुरु गरेको छ ।

18/08/2026

सर्वोच्च अदालतको आदेशले रिहा भए लगत्तै पत्रकार किशोर श्रेष्ठले के भने ?

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिइएको छ। सर्वोच्च अदालतले जनआस्थ...
17/08/2026

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिइएको छ। सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई हिरासतमुक्त गर्न र निजको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू फिर्ता दिन आदेश दिएको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले साेमबार श्रेष्ठको हकमा उनकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

17/08/2026

ईतर समुहको भेलापछी गगन थापाले दिए यस्तो कडा जवाफ !!!

17/08/2026

नाग पञ्चमीको शुभ अवसरमा मोरङको सलकपुरको नागदेवी मन्दिरमा दर्शनार्थिको भिड । 🕉️

🏍️ अब पथरीमै अत्याधुनिक बाइक तथा स्कुटर वर्कसप कोशी प्रदेशमै पहिलोपटक पथरी बजारमा मोटरसाइकल तथा स्कुटरका लागि अत्याधुनिक...
16/08/2026

🏍️ अब पथरीमै अत्याधुनिक बाइक तथा स्कुटर वर्कसप

कोशी प्रदेशमै पहिलोपटक पथरी बजारमा मोटरसाइकल तथा स्कुटरका लागि अत्याधुनिक वर्कसप सञ्चालनमा आउँदैछ।

📅 उद्घाटन : २०८३ भदौ १ गते

🔧 यहाँ उपलब्ध हुने सेवाहरू:

✅ पावर कोटिङ
✅ डेन्ट–पेन्ट
✅ बफिङ (टल्काउने/चम्काउने)
✅ दक्ष तथा अनुभवी मेकानिकबाट सर्भिस
✅ स्पेयर पार्ट्स — अन्यत्रभन्दा सुपथ मूल्यमा
✅ प्लास्टिक वेल्डिङ
✅ की कटिङ (चाबी बनाउने)

अब आफ्नो बाइक तथा स्कुटरको मर्मतसम्भारका लागि अन्यत्र जानुपर्ने झन्झट छैन।

गुणस्तरीय सेवा, अनुभवी प्राविधिक र सुपथ मूल्यमा सम्पूर्ण समाधान एकै ठाउँमा।

📍 लोकेसन: पथरी बजार, मन्दिर लाइन
(नेपाल टेलिकम छेउ)
प्रोपाइटर : क्यान्सिल लिम्बू
📞 सम्पर्क : ९७६८६४३२९९

एकपटक सेवा लिने मौका दिनुहोस्, उत्कृष्ट सेवाको अनुभव लिनुहोस् !!! 🏍️✨

16/08/2026

सुनवर्षी २ अमरदहस्थित माउन्ट एभरेष्ट पब्लिक स्कुलमा राष्ट्रिय सेवा दल (एनसीसी) को तालिम निरिक्षण गर्न आउनुहुने श्री शिवदल गण थलाहाका प्रमुख सेनानी अनिल बस्नेत लगायतका सैन्य अधिकारीहरुलाई विद्यालयमा स्वागत गरिंदै !!!

नेपाल आयल निगमले ल्यायो ग्याँस वितरण तालिका । राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य ।
15/08/2026

नेपाल आयल निगमले ल्यायो ग्याँस वितरण तालिका । राष्ट्रिय परिचयपत्र वा नागरिकता अनिवार्य ।

म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेर बेच्ने ‘रिजालको भान्सा ग्याँस’ लाई २ लाख ९५ हजार जरिबानाविराटनगर । एलपी ग्यासको बजा...
14/08/2026

म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेर बेच्ने ‘रिजालको भान्सा ग्याँस’ लाई २ लाख ९५ हजार जरिबाना

विराटनगर । एलपी ग्यासको बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि मोरङको बुढीगङ्गा–५ स्थित रिजालको भान्सा ग्यास उद्योग प्रालिलाई २ लाख ९५ हजार रुपैयाँ जरिबाना गरिएको छ।

साउन २७ गते गरिएको अनुगमनमा १९ वटा रिफिल सिलिन्डरमध्ये एउटामा २४० ग्राम ग्यास कम तौल भेटिएको थियो। साथै म्याद गुज्रेका दुई सिलिन्डरमा ग्यास भरेर सिलसमेत लगाई बिक्रीका लागि राखिएको पाइएको थियो। ती सिलिन्डरको सिल तोडी नष्ट गर्न लगाइएको छ।

यस्तै, विराटनगर–३ स्थित कन्चनेश्वर ग्यास पसलले अनुगमनमा सहयोग नगरेपछि १५ हजार रुपैयाँ जरिबाना गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

Address

Biratnagar
56600

Alerts

Be the first to know and let us send you an email when Hasandaha Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hasandaha Khabar:

Shortcuts

Share