Sab Khabar Online

Sab Khabar Online "Dedicated to sharing fact news inspiring stories and impactful events within our community. Thank You.

Join us in staying informed and connected, building a stronger and more united nation."

27/08/2026

राप्रपा सांसद खुश्बु ओलिले बिपत्तिमा परेकालाई तत्काल राहत र उद्दार कार्य त छदैछ, भोलि हुनसक्ने थप जोखिमलाई मध्यनजर गरि दीर्घकालीन वयवस्था मिलाउनु अत्यन्तै आवश्यक रहेको भनेकी छन्।!

27/08/2026

:
नेपालमा भोकमरी लाग्ने खतरा! के हो त वास्तविकता भिडियो पुरा हेरेर आफ्नो प्रतिक्रिया हामीलाई कमेन्ट बक्समा लेख्नुहोला।

27/08/2026

:
तिब्बती क्षेत्रको केरुङबाट भोटेकोशी हुँदै आएको हिमपहिरोले पुर्‍याएको क्षति व्यवस्थापन र भविष्यको सुरक्षाका लागि एकीकृत तथा व्यापक कार्ययोजना तत्काल आवश्यक देखिएको छ।

हालैको विपत्तिले नदी तटीय क्षेत्रका बस्तीहरूमा गम्भीर जोखिम निम्त्याएको हुँदा सीमावर्ती क्षेत्रमा पूर्वसूचना प्रणालीको सञ्जाल विस्तार गर्दै स्थानीय तहसम्म जोडिने स्वचालित जडानको व्यवस्था मिलाउनुपर्छ।

यसका लागि चिनियाँ पक्षसँगको सहकार्यमा 'क्रस-बोर्डर अर्ली वार्निङ' संयन्त्र स्थापना गर्ने, तल्लो तटीय क्षेत्रका समुदायलाई नियमित विपत्ति अभ्यासमा सहभागी गराउने र त्रिशुली तथा चितवनसम्मका संरचनाको प्राविधिक परीक्षण गरी सबलीकरण गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ।

दीर्घकालीन समाधानका रूपमा भने चिनियाँ क्षेत्रमा सम्भावित हिमताल विस्फोटको पूर्वअनुमान गर्न भू-वैज्ञानिक अनुगमन बढाउने, नदीको प्राकृतिक बहाव अवरुद्ध हुन नदिन नियन्त्रित स्खलन जस्ता प्राविधिक उपायहरू अपनाउने र दुई मुलुकबीचको जलस्रोत तथा विपत्तिका राष्ट्रिय नीतिहरूलाई जोडेर एउटा बलियो द्विपक्षिय समन्वय संयन्त्र विकास गर्नु आवश्यक देखिन्छ।












27/08/2026

#सब- #खबर #अनलाइन डट-कम (विशेष समाचार)

​काठमाडौँ/रसुवा — रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीपछि सरकारले प्रभावित क्षेत्रहरूमा खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ।

जोखिममा परेका नागरिकको सहायताका लागि सुरक्षा निकाय तथा निजी क्षेत्रलाई व्यापक रूपमा परिचालन गरिएको छ।

​हिजो बाढी आउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको थियो। उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाका साथै निजी क्षेत्रका हेलिकोप्टरहरूसमेत परिचालन गरिएका छन्।

सेनाको पैदल टोलीले रातभर स्थलगत रूपमा उद्धार जारी राख्दै प्रभावित क्षेत्रमा खाद्यान्न, टेन्ट र आवश्यक औषधि पुर्‍याइसकेको छ।

​आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी तथा भोटेकोशी तटीय क्षेत्रमा खोजी कार्य थप कडा पारिएको छ। उद्धार टोलीहरूले नदी क्षेत्रमा फसेका नागरिकहरूको सकुशल उद्धार गर्ने र बेपत्ता भएकाहरूको तीव्र खोजी गरिरहेका छन्।

​यसैबीच, सरकारले सम्पूर्ण राज्य संयन्त्रलाई राहत र उद्धारमा केन्द्रित गर्दै भोटेकोशी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

​समाचार स्रोत: सब-खबर अनलाइन मिडिया टिम!

26/08/2026

:
भोटेकोशी बाढी: प्रभावित क्षेत्रका स्थानीयवासीलाई तत्काल उद्धारमा सघाउन अपिल!

​भोटेकोशी (सिन्धुपाल्चोक) — भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित बनेका नागरिकहरूलाई उद्धार गर्न नेपाली सेनाको टोली उद्धार स्थलमा खटिएको छ।

संकटको यस घडीमा नेपाली सेनाले आफ्नो सम्पूर्ण सामर्थ्य प्रयोग गर्दै उच्च जोखिममा परेका बासिन्दाहरूको उद्धार कार्यलाई तीव्र बनाएको छ।

​बाढीको प्रभाव क्षेत्र नजिक रहेका सम्पूर्ण स्थानीय बासिन्दा, स्वयंसेवक तथा सामाजिक संघ-संस्थाहरूलाई पनि बिना विलम्ब उद्धार तथा राहत कार्यमा जुट्न आह्वान गरिएको छ।
Sab Khabar Online

26/08/2026

:
रशुवामा आएको हिमबाढिपहिरोले छेत विच्छेद बनेको ठाउँमा ड्रोन बाट खिचेका केही भयावह दृश्यहरु।!

नजिकमा रहनुहुने सम्पुर्ण लाई सक्दो बिपत्तिमा परेकाको उद्दार कार्यमा लाग्नका निमित्त हार्दिक अनुरोध गरिन्छ। भिडियोलाई सक्दो सियर गर्नुहोला। #धन्यवाद

26/08/2026

Beauty is not in the face; it exists in a person's mindset and perspective.!!!👑🌹

चाइना रसुवाको हिमपहिरो संगै आएको बाढीपछिको त्रिशुली बजार तस्बिरहरु।!
26/08/2026

चाइना रसुवाको हिमपहिरो संगै आएको बाढीपछिको त्रिशुली बजार तस्बिरहरु।!

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट​देशबासीका नाममा बक्सेको सन्देश:​चीनको स्वशासित प्रदेश तिब्बतमा हिमत...
26/08/2026

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बीर विक्रम शाहदेवबाट
​देशबासीका नाममा बक्सेको सन्देश:

​चीनको स्वशासित प्रदेश तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीले भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रका बजार, बस्ती तथा बासिन्दा, बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना लगायतका भौतिक संरचना तथा खेतीपातीमा अपार क्षति पुगेको घटनाले हामीलाई अत्यन्तै दुःखित तुल्याएकोछ।

​प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, यस विपत्तिमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । सुरक्षाकर्मीसहित बेपत्ता भएका नागरिकहरूको तत्काल खोजी कार्यलाई तीव्रता दिनु आवश्यक छ।

​प्राकृतिक विपत्तिको यस दुःखद घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई आग्रह गर्दछौँ। साथै, सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक , स्थानीय तह, सामाजिक संघ-संस्था तथा आम नागरिक सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै विपत्तिमा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुन हामी आग्रह गर्दछौँ।

​सीमासँग जोडिएका छिमेकी देशमा आएको प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले अलग-अलग प्रयास भन्दा त्रिदेशीय संयुक्त प्रयास मार्फत यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न सकेमा अझ प्रभावकारी हुने तथ्यलाई हामी सबैले मनन गर्न आवश्यक देखिएको छ।

​श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन📿👑
​जय नेपाल।

(​सम्वाद सचिवालय)
निर्मल निवास:
​मिति: २०८३ साल भाद्र १० गते

26/08/2026

रसुवागढी नाकामा बाढी: ल्हेन्दे खोलामा गेग्र्यानसहितको बाढी त्रिशूलीमा मिसियो!

​प्लानेट ल्याबको स्याटलाइट तस्बिर अध्ययन अनुसार नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किमी उत्तरपूर्वमा हिम-चट्टान पहिरो खसेको छ।

​मुख्य विवरण: पहिरोपछि ल्हेन्दे खोलामा गेग्र्यानसहित भीषण बाढी आएको छ।

​प्रभावित क्षेत्र: उक्त बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले जनाएको छ।

​तस्बिर विश्लेषण: प्राधिकरणका अनुसार भदौ ९ र १० गतेको स्याटेलाइट तस्बिर विश्लेषणबाट यो तथ्य पुष्टि भएको हो।

Address

Letang Morang
Biratnagar
56609

Alerts

Be the first to know and let us send you an email when Sab Khabar Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share