19/02/2025
मसीह जीवन:
मसीह जीवन ,परमेश्वरमा दृढ़ विश्वास राख्दै ,नम्रता र पवित्रताकाे साथ जिउनु हाे। बाइबलकाे अनुसार , मसीह जीवन पाप र विनाश बाट मुक्त हुन्छ ।
मसीह जीवन जिउने केही तरिकाहरु :
•परमेश्वरमा दृढ़ विश्वास राख्नुहाेस्।
•नम्रता साथ रहनु।
•आफ्नो स्वार्थी इच्छालाई छाेडेर, परमेश्वर काे इच्छालाई पुरा गर्ने काेशिस गर्नु।
•पवित्रता कायम राख्नुहाेस्।
•पापमय स्वभावलाई आफ्नो जीवनमा राज्य गर्न नदिनुहाेस्।
•आफुलाई परमेश्वरमा समर्पित गर्नुहाेस्।
•आफ्नो जीवनकाे पुनर्मूल्यांकन गर्नुहाेस्।
•परमेश्वरकाे आवाजलाई सुन्नुहाेस् र आगामी दिनहरूका लागि आफ्नो बुलावटकाे खाेजि गर्नुहाेस्।
•अरु प्रति मददगार र सेवाभावी बनिरहनुहाेस्।
•संसार र व्यक्तिहरुलाई त्यसरी नै हेर्नुहाेस् जसरी येशुले हेर्नू हुन्थ्यो ।
बाइबलका अनुसार , परमेश्वर पवित्र परमेश्वर हुनुहुन्छ र उहाँ चाहनुहुन्छ कि उहाँका जनहरु त्यसरी नै सारा कुराहरुमा पवित्र रहुन।