22/02/2026
मेरो सदावहार सिद्धान्त रहन्छ कोही पैसा मात्र कमाएर कहिलै पनि धनी हुन सक्दैन। जसले कमाएको पैसाको व्यवस्थापन राम्रो सगं गरेको हुन्छ धनी उ हुन्छ। करोडौ कमाउनेहरु कति गरिबनै हुन्छन भने कोही हजार कमाउनेहरुले आफुलाई अब्बल बनाएका हुन्छन। यस्तै कमाएको पैसाको ब्यवस्थापन कसरी गर्ने बिषयमा लेखिएको यो किताब पढ्न लायक छ। अझ कमाउने तर बचाउन नसक्नेहरुको लागि त झन उपयोगि। बजारको भोलाटिलीमा कसरी आफुले धर्यता कायम गर्ने भन्ने बिषय पनि चाखलाग्दो छ। एक पटक खोजेर पढ्नु होला है।