SharGop Media Network

SharGop Media Network SharGop Media Network Pvt. Ltd. is an independent and reliable online news portal based in Biratnagar, Nepal. शर्गोप मिडीया नेटवर्क Pvt.

रात्रिकालीन दृश्य श्रीपञ्चमुखी हनुमान मन्दिर विराटनगर......
25/08/2026

रात्रिकालीन दृश्य श्रीपञ्चमुखी हनुमान मन्दिर विराटनगर......

बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपम...
25/08/2026

बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भएका २७ वर्षीय राजु कठायत छन्।

‘आज बिहान व्यस्त समयमा थापागाउँस्थित सडकमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीले पैदलयात्रुलाई आकाशे पुलबाट बाटो काट्न अनुरोध गरेकी थिइन्। तर कठायतले ट्राफिक प्रहरीले भनेको स्थानबाट बाटो नकाट्ने भन्दै गालीगलौज गर्नुका साथै महिला प्रहरीमाथि हातपात गरेको थियो,’ एसपी थापाले भने।

🚨 १४ दिनपछि विराटनगरको आँखा अस्पतालको सिलबन्दी खुल्योविराटनगरको आँखा अस्पतालमा गरिएको सिलबन्दी १४ दिनपछि जिल्ला प्रशासन ...
25/08/2026

🚨 १४ दिनपछि विराटनगरको आँखा अस्पतालको सिलबन्दी खुल्यो

विराटनगरको आँखा अस्पतालमा गरिएको सिलबन्दी १४ दिनपछि जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार खोलेको छ।

🔓 अस्पतालको ताला खुलेसँगै उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीको चहलपहल बढ्न थालेको छ।

अस्पताल पुनः सञ्चालनमा आएसँगै नियमित स्वास्थ्य सेवा लिन चाहने बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ।

📍 विराटनगर, मोरङ

🐐🚨 विराटनगर–रानीबाट सडकमा खुला छाडिएका १८ बाख्रा नगर प्रहरीको नियन्त्रणमा📍 विराटनगर महानगरपालिका–रानी क्षेत्रमा सडकपेटी ...
25/08/2026

🐐🚨 विराटनगर–रानीबाट सडकमा खुला छाडिएका १८ बाख्रा नगर प्रहरीको नियन्त्रणमा

📍 विराटनगर महानगरपालिका–रानी क्षेत्रमा सडकपेटी तथा सार्वजनिक स्थानमा खुला रूपमा छाडिएका १८ वटा बाख्रा नगर प्रहरीले नियन्त्रणमा लिएको छ।

नियमित अनुगमनका क्रममा सडकमा छाडिएका बाख्रा फेला परेपछि नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ।

⚠️ सडक तथा सार्वजनिक स्थानमा पशुचौपाया खुला छाड्दा सवारी आवागमनमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले निगरानी बढाइएको जनाइएको छ।

🐐 नियन्त्रणमा लिइएका बाख्रा हाल नगर प्रहरीको संरक्षणमा राखिएका छन्। सम्बन्धित धनीलाई आवश्यक पहिचान खुल्ने प्रमाणसहित नगर प्रहरीसँग सम्पर्क गरी आफ्ना बाख्रा बुझेर लैजान आग्रह गरिएको छ।

मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियालमाथि जित निकालेको...
25/08/2026

मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियालमाथि जित निकालेको छ ।

मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि नौ विकेटको जित निकालेको हो । जितको लागि मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाललले जवाफी गर्दा गर्दै गर्दै वर्षा भएको थियो । त्यसपछि निर्धारित ५० ओभरको खेललाई छोट्टाएर ४८ ओभरमा झारिएयो । त्यससँगै नेपालले ४८ ओभरमा २२८ रनको नयाँ लक्ष्य प्राप्त गर्‍यो । उक्त लक्ष्य नेपालले २८ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १६१ रनको योगदान दिए । उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गर्दै १६१ रन बनाएका हुन् । त्यस्तै अर्जुन कुमाल ६१ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए । त्यसैगरी सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रनको योगदान दिए ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले भूमि क्षयीकरण, मरुभूमीकरण, खडेरी तथा जलवायु परिवर्तनबा...
25/08/2026

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले भूमि क्षयीकरण, मरुभूमीकरण, खडेरी तथा जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय साझेदारी, प्राविधिक सहकार्य र नवीन वित्तीय संयन्त्र आवश्यक रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी महासन्धि (युएनसिसिडी) अन्तर्गत मङ्गोलियामा जारी कोप–१७ मा नेपालको तर्फबाट सम्बोधन गर्दै सचिव मिश्रले हिमाली तथा पर्वतीय क्षेत्रमा बढ्दो भूमि क्षयीकरणले पारिस्थितिक प्रणाली, जैविक विविधता र स्थानीय समुदायको जीविकोपार्जनमा गम्भीर असर पार्न सक्ने भएकाले अन्तरराष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएका हुन् ।

नेपालले सन् २०३० सम्म भूमि क्षयीकरण तटस्थता (एलडिएन) हासिल गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले भूमि संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापनलाई राष्ट्रिय विकास योजनामा क्रमशःसमावेश गर्दै आएको बताए । उनले सरकारका तीन वटै तहको सहकार्यमा भूमि संरक्षण, पुनःस्थापना तथा दिगो विकासका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

नेपालले समुदायको सहभागितामा आधारित पुनःस्थापनाको अभ्यासलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै सचिव मिश्रले सामुदायिक वनमार्फत वन क्षेत्रको संरक्षण तथा क्षतिग्रस्त भूमिको पुनःस्थापनाबाट जैविक विविधता संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र स्थानीय समुदायको जीविकोपार्जन सुधारमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

25/08/2026

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, जेनजीको नाममा अराजकता बढ्दै !....

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नरही नेपालको गतिशी...
25/08/2026

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सशक्त मार्गचित्र बन्न सक्ने बताएका छन्।

भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको उद्घाटनमा बोल्दै उपराष्ट्रपति यादवले नेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

‘नाडा अटो शो एउटा व्यापारी मोला वा प्रर्दशनिमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता, आर्थिक रूपान्तरणको निमित्त सशक्त मार्गचित्र बन्नसक्छ,’ उनले भने।

उनले अटोमोबाइल क्षेत्रको विकासका लागि नयाँ प्रविधि, विद्युतीय सवारी साधन, अटो पाट्र्सलगायतका सेवाहरूलाई एउटै छातामुनि प्रस्तुत गर्दै उपभोक्तासम्म पु¥याउने नाडाको प्रयास सकारात्मक रहेको बताए ।

उपराष्ट्रपति यादवले अटो शोमार्फत उपभोक्ता, उद्योगी, प्रविधि विकासकर्ता र नीति निर्माताबीच प्रत्यक्ष संवाद, समन्वय र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्...
25/08/2026

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेका समस्याप्रति सरकारले पर्याप्त चासो नदिएको बताएका छन्।

मंगलबार नाडा अटो शो–२०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले अटोमोबाइल क्षेत्रमा भन्सार दर घटाउन माग गर्दा तत्कालीन अर्थमन्त्रीले नेपालमै उद्योग खोल्न आग्रह गर्दै सहुलियत दिने आश्वासन दिएको स्मरण गरे।

तर उद्योग खुलेपछि तिनको अवस्था र समस्या समाधानमा सरकारले ध्यान नदिएको उनको गुनासो थियो।

‘हामीले अटोमोबाइल क्षेत्रमा भन्सार दर बढी भयो, यसलाई घटाउनुपर्छ भन्दा तत्कालीन अर्थमन्त्रीले ‘तपाईँहरूले यहीँ उद्योग खोल्नुस्, सहुलियत दिन्छौँ’ भन्नुभएको थियो । तर अहिले उद्योगहरू खुलेका छन्, तिनीहरूको अवस्था के छ रु सरकारले कहिल्यै चासो दिएको छैन,’ उनले भने।

25/08/2026

🚨 नयाँ बानेश्वरमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि कुटपिट

Address

Talim Kendra Chowk
Biratnagar

Alerts

Be the first to know and let us send you an email when SharGop Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share