Niraj Pithakote Magar

Niraj Pithakote Magar This is personal user´s page. it is use by media person.

30/03/2026

चिन्ता, सुर्ता र राेईलाे गर्नुपर्दैन । ०४६ पछिका नेता, प्रशासककाे भ्रष्टाचारकाे अनुसन्धान शुरू गर्न सदनमै बाेलेकाे हाे । ठूलाठूला भ्रष्टाचारका फाइल खाेल्न पनि शुरूवात गरेकाे पनि हाे । भ्रष्टाचारकाे छानबिन आफैबाट शुरू गर्न पनि भनेकै हाे । क्याण्टाेनमेण्टकाे भ्रष्टाचार नेपाल र नेपालीले चाहेर मात्रै हुदैन । संयुक्त राष्ट्र संघकाे सुरक्षा परिषदबाट नेपालकाे बिस्तृत शान्ति सम्झाैतालाई सहयाेग गर्नका लागि गठन गरिएको नेपालका लागि शान्ति मिशन (UNMIN) सँग पनि सम्बन्धित छ ।

With Karobar Economic Daily – I just got recognized as one of their top fans! 🎉
17/03/2026

With Karobar Economic Daily – I just got recognized as one of their top fans! 🎉

17/03/2026

चैत्र ३ गते मंगलबार, आज परेको मेरो जन्म दिनमा सामाजिक सञ्जालको विभिन्न माध्यमबाट र प्रत्यक्ष भेटेर, फोन मार्फत शुभकामना दिनुहुने मेरा सबै अग्रज, आफन्त, सहृदयी शुभेच्छुक, शुभचिन्तकहरुप्रति आभार प्रकट गर्दछु । यहाँहरुको आर्शिवादले मेरो जीवनमा अझै हर्षको उमांग छाएको छ । सबैप्रति हार्दिक नमन !

Karobar National  Economic Daily Karobar Economic Daily Fncci Madhesh Province Federation of Nepalese Chambers of Commer...
15/03/2026

Karobar National Economic Daily
Karobar Economic Daily
Fncci Madhesh Province
Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI)
Birgunj Chamber of Commerce & Industries
International Labour Organization ILO

Karobar National  Economic Daily Karobar Economic Daily
15/03/2026

Karobar National Economic Daily
Karobar Economic Daily

20/02/2026

३०/३५ बर्षका बालेन साह निर्वाचनमा पहिलो पटक मेयर बनेका थिए । औपचारिक रुपमा भर्खरै रास्वपा पार्टी राजनीतिक दलमा आवद्ध भएर राजनीति शुरु गरेका हुन् । उनी काठमाडौ बाहिर निस्किदा उनीप्रतिको क्रेज देखेर बालेन देश दौडाहामा निकै घुमे । अहिले ‘ट्राभल विक्नेस भएको समाचार आएको छ । उहाँलाई स्वास्थ्य लाभको कामना ! बालेन भन्दा दोब्बर बढी उमेरका ७१ बर्षीय वृद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० बर्ष सशस्त्र जनयुद्धमा भूमिगत भई बम, बारुद सहित शाही सेनासँग जुध्दै शान्ति प्रकृयामा आएरपनि खुला राजनीतिक दलहरुसँग समेत लडेर अहिलेसम्म थाकेका छैनन् । ठुङठुङती मर्निङवाक पनि हिडेका छन् । उनी तराई झर्दा काठमाडौंमा दुर्गा प्रसाँई लगायतका राजावादीको आन्दोलनले धावा बोली रहँदा केपी ओली नेतृत्वको एमाले कांग्रेसको सरकार मुकदर्शक बन्यो । प्रचण्ड नै अभियान छोडेर काठमाडौं फर्किएपछि आन्दोलनलाई चुनौती दिए । जेनजी आन्दोलनले सत्ता साझेदार दल नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा दम्पत्ति कुटिए । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री हेलीकप्टर चढेर भाग्नुपर्ने अवस्था आयो । व्यावस्था नै संकटमा पर्ने अवस्था आएपछि त्यसलाई बचाउन अग्रपंक्तिमा रहेर सरोकारवालाहरुसँग छलफल परामर्श र पहलकदमी पनि प्रचण्डले नै गरेका छन् । उनी मधेस, पहाड, हिमालसम्म पुगेका छन् । उनै प्रचण्डको नेतृत्व र सक्रियतामा आएको गणतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, नागरिक स्वतन्त्रताको अधिकार लगायतका अधिकारहरुको प्रयोग गरेर उनैलाई ‘पूराना नेता’ ‘डेड एक्सपाएर’ अनि माओवादी र कम्युनिष्ट आन्दोलन खराब भन्नेहरुको भीड देखाउछन् ।

19/02/2026

कवि भैरव अर्यालकाे कविताकाे पहिलाे हरफ बाहेक कति सान्दर्भिक :
चाराकाे निम्ति गीत बेच्छन्
मीठाे बाेल्ने सुगाहरू
प्रकाशकाे निम्ति प्वाँख बेच्छन्
बत्ति नगिचका डाँठहरू
विलासका निम्ति सबथाेक बेच्छन्
महल निवासी स्वाँठहरू
बरदानकाे निम्ति गर्दन बेच्छन्
सिंग उम्रेका बाेकाहरू
ज्यानकाे निम्ति केही नबेचुन्
हामी जस्ता भाेकाहरू !
शुभदिन !
゚viralシfypシ゚viralシ

09/02/2026

वीरगन्जको आदर्शनगरमा सशस्त्र प्रहरीको छापा : व्यापारीको आक्रमणबाट एक सुरक्षाकर्मी घाइते

15/01/2026

मगर समुदायकाे मिनाम ल्हेस ५०१९
मगर समुदायमा यस दिनलाई एक विशेष उत्सव तथा पर्वका रूपमा सकराटी (माघे सकराट) मनाइन्छ।

नेवार समुदाय
नेवार समुदायमा माघे सङ्क्रान्ति ‘घ्यः चाकु संल्हू’ का रूपमा मनाइन्छ।

किरात समुदाय — येले संवत् ५०८६
नेपालमा प्रचलित संवत् हरूमध्ये किरात येले संवत् एक हो। माघको पहिलो दिनलाई किरात येले संवत् आरम्भ अर्थात् नयाँ वर्षका रूपमा मनाइन्छ।

थारू समुदाय — माघी थारू सम्वत २६५०
माघी नेपालमा बसोबास गर्ने थारू समुदायको प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृति, पहिचान र परम्पराले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ ।

साथै नेपालमा बसाेवास गर्ने अन्य समुदायलेपनि याे पर्वलाई विशेष रूपमा विभिन्न नामले मानउने गरेका छन् ।

बहुसांस्कृतिकाे याे साझा पर्वमा उत्सव मनाउने नाम र शैली फरक–फरक हुन सक्छन्, तर भावनाहरू एउटै छन्। सबै पर्वमा नयाँ सुरुवात, आशा र समृद्धिको कामना समेटिएको छ।

समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ सुरुवात र समृद्धिको लहर छाओस्, यस विशेष दिन तथा यी पावन पर्वहरूको हार्दिक एवं मङ्गलमय शुभकामना।

05/01/2026

धर्मले संस्कार सिकाउछ ।
संस्कृति सिकाउछ ।
शिक्षा र अनुशासन पनि सिकाउछ ।
तर, धर्मको नाममा अहिले जे भईरहेको छ ।
त्यसले समाजलाई अझै पछाडि धकेलेको छ ।
मधेसका आठवटै जिल्ला अझैसम्म साक्षर जिल्ला घोषणा हुन सकिरहेको छैन ।
एकहप्तादेखि जाडोले विद्यालयहरु बन्द छन् ।
अत्यधिक गर्मी हुँदा पनि यहिका विद्यालयहरु बन्द गर्नुपर्ने हुन्छ ।
अहिले भएको आन्दोलनले निषेधाज्ञा र कर्फ्यु आदेश जारी भएको छ ।
यसले विद्यालयहरु नै बन्द हुने भएको छ । यसले हाम्रा सन्ततिहरुको शिक्षामा कस्तो प्रभाव पारेको छ ?
यसतर्फ हामी चिन्तित हुने कि नहुने ? जहाँ समस्या थियो त्यहि समाधान हुनुपर्ने विषय वीरगन्जमा किन तनाव ?
के हाम्रा छोराछोरीले सधैं यस्तै हेरेर आफ्नो भविष्य र सपना देख्नुपर्ने हो ?
यस्तै अवस्थामा हाम्रा सन्ततिको भविष्य उज्जवल होला ?
मधेस आन्दोलनले आधार व्यापार स्थानान्तरण भयो ।
कोरोना भाईरस संक्रमणले आधा व्यापार घट्यो
देशको आर्थिक नीतिले आधा व्यापार रक्सोल पुगेको छ ।
वीरगन्जलाई सधैं रणभूमि बनाउने हो ?

Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Niraj Pithakote Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Niraj Pithakote Magar:

Share