Hamara Apna

Hamara Apna �� WEL COME ��
IN THIS SITE /PAGE YOU GET EDUCATION PURPOSE KNOWLEDGE AND

Respect ❤️: सेल्फी ! विराटनगरमा फरक क्षमता भएका व्यक्तिसँग सेल्फी खिच्दै गृहमन्त्री सुधन गुरुङ ।
04/07/2026

Respect ❤️: सेल्फी ! विराटनगरमा फरक क्षमता भएका व्यक्तिसँग सेल्फी खिच्दै गृहमन्त्री सुधन गुरुङ ।

B***n
04/07/2026

B***n

नेपालगन्जमा २० वर्षपछि राजा वीरेन्द्रको शालिक पुनःस्थापनानेपालगन्ज (बाँके) । बाँकेको नेपालगन्जस्थित धम्बोझी चोकमा तत्काल...
04/07/2026

नेपालगन्जमा २० वर्षपछि राजा वीरेन्द्रको शालिक पुनःस्थापना

नेपालगन्ज (बाँके) । बाँकेको नेपालगन्जस्थित धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक २० वर्षपछि पुनःस्थापना गरिएको छ।

दोस्रो जनआन्दोलन (२०६२–६३) का क्रममा तोडफोड गरी हटाइएको शालिक शनिबार राति करिब २ बजे पुनःस्थापना गरिएको हो।

शालिक पुनःस्थापनापछि धम्बोझी चोकमा सर्वसाधारणको चासो बढेको छ। २० वर्षअघि हटाइएको शालिक पुनःस्थापित भएपछि स्थानीय क्षेत्रमा यसको व्यापक चर्चा भइरहेको छ।

New traffic rule fine 📢🫵📢नेपालीको आम्दानीसँग मेल खान्छ त प्रस्तावित ट्राफिक जरिवाना? विकसित देशको अभ्यासले के भन्छ?काठमा...
26/06/2026

New traffic rule fine 📢🫵📢
नेपालीको आम्दानीसँग मेल खान्छ त प्रस्तावित ट्राफिक जरिवाना? विकसित देशको अभ्यासले के भन्छ?

काठमाडौं । सरकारले प्रस्ताव गरेको नयाँ 'सवारी तथा यातायात व्यवस्था विधेयक' ले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था अघि सारेपछि यसको प्रभावकारितामात्र होइन, नेपाली नागरिकको आर्थिक अवस्थासँग यसको सन्तुलनबारे पनि बहस सुरु भएको छ। सडक दुर्घटना न्यूनीकरणका लागि कडा कानुन आवश्यक भए पनि जरिवाना निर्धारण गर्दा नागरिकको आयस्तर, कानुनी अधिकार र कार्यान्वयन प्रणालीलाई समेत ध्यान दिनुपर्ने विज्ञहरूको धारणा छ।

प्रस्तावित विधेयकअनुसार अपारदर्शी सिसा प्रयोग गरे एक लाख रुपैयाँसम्म, अत्यधिक गतिमा सवारी चलाए ५० हजार रुपैयाँसम्म, मादक पदार्थ सेवन गरी सवारी चलाए ५० हजार रुपैयाँसम्म र मोबाइल फोन प्रयोग गरेर सवारी चलाए १० हजार रुपैयाँसम्म जरिवाना लाग्न सक्छ। यी व्यवस्था सडक सुरक्षाको दृष्टिले कडा भए पनि आम नेपालीको आयस्तरसँग तुलना गर्दा निकै महँगा देखिन्छन्।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनअनुसार नेपालमा औसत मासिक आम्दानी करिब ३२ हजार रुपैयाँ हाराहारी रहेको अनुमान छ। यस्तो अवस्थामा ५० हजार वा एक लाख रुपैयाँ जरिवाना धेरै नागरिकका लागि एकदेखि तीन महिनाको आम्दानी बराबर हुन सक्छ।

यता अस्ट्रेलियामा पनि ट्राफिक नियम उल्लङ्घनमा कडा जरिवाना छ। मोबाइल प्रयोग गरेर सवारी चलाउँदा सयौं अस्ट्रेलियन डलरसम्म जरिवाना लाग्छ। तर त्यहाँको औसत आम्दानी नेपालको तुलनामा धेरै गुणा बढी भएकाले जरिवानाको आर्थिक भार फरक हुन्छ। त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, अस्ट्रेलियाले सडक सुरक्षा कायम गर्न केवल ठूलो जरिवानामा भर परेको छैन। त्यहाँ डिमेरिट प्वाइन्ट प्रणाली, लाइसेन्स निलम्बन, अदालतमा अपिल गर्ने अधिकार, किस्ताबन्दीमा जरिवाना तिर्ने सुविधा तथा प्रमाणमा आधारित स्वचालित क्यामेरा प्रणाली एकसाथ लागू गरिएको छ।

नेपालको प्रस्तावित विधेयकमा भने जरिवाना रकम उल्लेखनीय रूपमा बढाइएको भए पनि चालकको व्यवहारलाई दीर्घकालीन रूपमा मूल्याङ्कन गर्ने डिमेरिट प्वाइन्ट प्रणाली समावेश गरिएको छैन। यसले एउटै व्यक्तिले पटकपटक गल्ती गर्दा पनि आर्थिक जरिवानामै सीमित हुने अवस्था आउन सक्छ।

कानुनी अधिकारका हिसाबले पनि विकसित देशहरू फरक देखिन्छन्। अस्ट्रेलियामा जरिवाना पाएपछि चालकले निर्णयविरुद्ध पुनरावलोकन माग्न, प्रमाण पेश गर्न, वास्तविक चालकको नाम उल्लेख गर्न वा आवश्यक परे अदालतसम्म जाने अधिकार पाउँछन्। यसले गलत कारबाही हुने सम्भावना कम गर्छ। नेपालमा भने ट्राफिक प्रहरीले तत्काल जरिवाना गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको भए पनि स्वतन्त्र अपिल प्रणालीबारे स्पष्ट व्यवस्था देखिँदैन।

अर्कोतर्फ, जरिवाना धेरै महँगो हुँदा त्यसले सबैलाई समान असर नगर्न सक्ने तर्क पनि उठेको छ। आर्थिक रूपमा सम्पन्न व्यक्तिका लागि ५० हजार रुपैयाँ ठूलो रकम नहुन सक्छ, तर न्यून आय भएका चालकका लागि यही रकमले परिवारको मासिक खर्च नै प्रभावित हुन सक्छ। त्यसैले केही विकसित देशहरूले जरिवानासँगै चालक सुधार कार्यक्रम, अनिवार्य तालिम वा लाइसेन्स निलम्बनलाई पनि प्राथमिकता दिएका छन्।

यद्यपि, सरकारले जरिवाना नागरिक एप वा विद्युतीय प्रणालीबाट तिर्न सकिने व्यवस्था प्रस्ताव गर्नु सकारात्मक पक्ष हो। यसले नगदरहित र पारदर्शी भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

समग्रमा हेर्दा, प्रस्तावित विधेयकले सडक अनुशासन कायम गर्ने स्पष्ट उद्देश्य राखेको देखिन्छ। तर विकसित देशहरूको अनुभवले देखाएझैँ सडक सुरक्षा केवल ठूलो जरिवानाले मात्र सुनिश्चित हुँदैन। जरिवानासँगै डिमेरिट प्वाइन्ट प्रणाली, निष्पक्ष अपिल प्रक्रिया, प्रमाणमा आधारित प्रविधि, चालक सुधार कार्यक्रम तथा नागरिकको आर्थिक अवस्था विचार गरेर सन्तुलित दण्ड प्रणाली लागू गर्न सके मात्र कानुन प्रभावकारी, न्यायसंगत र दीर्घकालीन रूपमा सफल हुने देखिन्छ।
゚viralシfypシ゚viralシシ

20/06/2026

कक्षा १२ नतिजामा -total गर्दा अघिल्लाे वर्षकाे शुल्क प्रति विषय ५०० रुपैयाँ थियाे । याे वर्ष १००० रुपैयाँ ताे‍किएकाे छ ।
काे शुल्क पनि ११०० बाट बढाएर प्रति विद्यार्थी १५०० रुपैयाँ ताेकिएकाे छ ।
Exam काे शुल्क पनि ६०० बाट बढाएर ८०० ताेकिएकाे छ ।

18/05/2026
श्री सरस्वती माताको आशीर्वादले SEE Result मा तपाईंको सोचे भन्दा राम्रो GPA आवोस् !! 🕉️🙏
11/05/2026

श्री सरस्वती माताको आशीर्वादले SEE Result मा तपाईंको सोचे भन्दा राम्रो GPA आवोस् !! 🕉️🙏

Exam कडा: परीक्षा बोर्डले Class 12 को Exam मा परीक्षार्थीले Mobile Phone को प्रयोग गरेको भेटिएमा निज परीक्षार्थीको सम्पू...
25/04/2026

Exam कडा: परीक्षा बोर्डले Class 12 को Exam मा परीक्षार्थीले Mobile Phone को प्रयोग गरेको भेटिएमा निज परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिने जनाएको छ ।😮
B***n ***n

बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै...
24/04/2026

बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!

यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु।
सोच्नुहोस् त, अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो।
त्यस्तै, नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ। यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।
मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौँ। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ।
काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुराB***n समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।
ढुक्क हुनुहोस्।

B***n

#समाधान

24/04/2026

सुकुम्बासी बस्तीमा डोजर चलाउने विरोधमा जेनजीले मानव साङ्लो बनाएर आन्दो'लन गर्ने भएको छ । 😮

Address

Harpatgunj
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Hamara Apna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamara Apna:

Shortcuts

Share