30/06/2026
प्रश्न विद्यालय प्रशासन र सम्बन्धित निकायसँग!
श्री मंगल मा.वि., छिपहरमाई–५, भिस्वामा फेरि कम्प्युटर चोरी। लाखौँ रुपैयाँको विद्यालय सम्पत्ति जोगाउन CCTV जडान गरिएको छ भने सुरक्षा थप गर्न करिब २० हजार रुपैयाँको इन्भर्टर राख्न किन सकिएन? यदि लाइन नभएको बेला CCTV बन्द हुन्छ भने यस्तो जोखिम पहिले नै किन व्यवस्थापन गरिएन?
विद्यालयको सम्पत्ति हाम्रो साझा सम्पत्ति हो। त्यसैले यस घटनाको निष्पक्ष छानबिन, CCTV फुटेजको अध्ययन र सत्य तथ्य सार्वजनिक हुनुपर्छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था तत्काल लागू गरियोस्।
हाम्रो उद्देश्य कसैलाई प्रमाणबिना दोष लगाउनु होइन, विद्यालयको सम्पत्ति सुरक्षित होस् भन्ने हो।
विद्यालय बचाऔँ, शिक्षा बचाऔँ, भविष्य बचाऔँ। 💻🏫