29/09/2025
नख्खु कारागार बाट रवि लामिछाने भन्छ्न
🔹मलाई यहाँ राखिएको व्यक्तिगत कारणले होइन, राजनीतिक प्रतिशोधका कारण हो। -किनकि मैले सडकदेखि संसदसम्म पुराना पार्टी,भ्रष्ट नेताहरूको विरुद्ध बोलेको हुँ। गृहमन्त्री हुँदा मैले नक्कली भुटानी शरणार्थी काण्डदेखि स्काउट, बासबारी, टिकापुर, बालुवाटार, गिरिबन्धु, यति, ओम्नी, ह्वाइटबडीसम्मका २५ वटा ठूला फाइल खोल्ने मेहनत र आँट गरे— त्यसैको डरले रातारात मिलेर दुई ठूला दलले मलाई कारागारमा कोचे।
🔹राष्ट्र र जनताको हितमा बोलेको बाहेक मेरो कुनै गल्ती छैन। जनताको हितका लागि बोलेको मेरो निर्णय र कार्यहरू नै मेरो मार्गदर्शक पनि हुन्।
🔹अहिले पार्टीभित्र पुनर्गठन र सुधारको माग उठाउने समय उपयुक्त छैन। किनकि पुनर्गठन–सुधार चाहे जति सुकै आवश्यक किन नहोस्, समय, सान्दर्भिकता र परिस्थिति हेरी निर्णय गर्नुपर्छ। अहिलेको प्रयास संस्थापकलाई कमजोर पार्ने षड्यन्त्रजस्तो देखिन्छ।
🔹म बाहिरी भ्रष्टहरूसँग लड्न सक्छु, तर आफ्नै परिवारभित्रका साथीहरूसँग म लड्न सक्दिन।
यो विभाजनको प्रयासहरूले मलाई गहिरो चोट पुर्याएको छ ।
🔹म अहिले आरोपित मात्र हुँ; दोषी होइनँ। न्यायिक प्रक्रियाले दोषी ठहर गर्यो भने म परिणाम भोग्न तयार छु। ४० लाख जनताको हस्ताक्षरले स्पष्ट भनेको छ कि म माथि राजनीतिक प्रतिशोध साँधिएको छ। त्यसैले अहिले पुनर्गठनको बहस उठाउनु जनताको विश्वासप्रति धोका गर्नु पनि हो।
🔹जेलका पर्खाल,बलिया फलामे बारहरु र ताल्चाले मेरो आवाजलाई रोकेर राख्न सक्दैनन्।मेरो आवाज जनतासम्म पुगिरहेको छ र म दृढ छु कि अन्ततः सत्यको विजय हुनेछ।
त्यसैले, प्रिय साथीहरू, म फेरि स्मरण गराउन चाहन्छु—
रास्वपाले आफ्नो पहिलो वाचापत्रमै नागरिकलाई प्रत्यक्ष सम्बोधन गर्दै सात बुँदे धारणा स्पष्ट पारेको थियो। ती धारणा आज पनि उतिकै प्रासंगिक छन्।
१) प्रदेश सभा खारेज गर्ने।
२) प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्ने।
३) राष्ट्रिय सभालाई विज्ञहरूको सभा बनाउने।
४) राष्ट्रिय सभाका अध्यक्षलाई पदेन उपराष्ट्रपति बनाउने।
५) संवैधानिक परिषद खारेज गर्ने।
६) संसद सदस्य संख्या घटाउने।
७) पूर्ण समानुपातिक व्यवस्था लागू गर्ने।
यसैले, अबको बाटो स्पष्ट छ—Gen Z आन्दोलनको उद्देश्य पनि यही हो। शासन प्रणालीमा ठूला सुधार गरेर देशलाई नयाँ नेतृत्व, नयाँ सोच र नयाँ दिशा दिनु। त्यसका लागि रास्वपाले देखाए