20/12/2024
सुनमा सुग्नध सदरमुकाममा केन्द्रित मालपोत,नापी र प्रशासन कार्यालयको शाखा भए हुन्थ्यो |
किनकी मधेश प्रदेशको पर्सा जिल्लामा मात्र उपरोक्त कार्यालयको शाखाहरु छैन |
मिति २०८१ पुष ५ गते
सम्माननीय प्रधानमंत्री ज्यु को बिशेष निर्देशनमा पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पर्सास्थित पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पतालको रूपमा घोषणा गर्ने निर्णय गरेको छ ।सम्माननीय प्रधानमंत्री के पी शर्मा ओली ज्यु को बिशेष निर्देशनमा स्वास्थ्य मन्त्रालयको सिफ़ारिशमा पोखरियाँ अस्पताललाई स्तरोन्नति गर्ने ऐतिहासिक निर्णयले पोखरियावासीलाई मात्र नभएर आसपासका क्षेत्रका जनतालाई समेत गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउनुका साथै, मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने मेरो विश्वास छ ।
वर्षौँदेखि पोखरियाबासीले उठाउँदै आएको यस मागलाई आज मिती २०८१।०९।०५ गते को मन्त्रीपरिषद को वैठकले औपचारिक निर्णय गर्दै यहाँका जनताको स्वास्थ्य आवश्यकता पूरा गर्ने दिशा अब झन् प्रभावकारी बनेको छ । यो महत्त्वपूर्ण उपलब्धि सम्भव बनाउन सम्माननीय प्रधानमंत्री ज्यु लाई अभार।साथ साथै प्रत्यक्ष-अप्रत्यक्ष रूपमा योगदान पुर्याउने पोखरिया नगरका जनप्रतिनिधि, सामाजिक अगुवा, तथा विभिन्न राजनीतिक दलका नेताज्यूहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु । यहाँहरूको धैर्यता, समर्पण, र निरन्तर प्रयासले यो उपलब्धि सम्भव भएको हो ।