FNJ PARSA

FNJ PARSA journalism

13/06/2026
11/06/2026

सरकारी सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी, प्रेसको संवैधानिक हकको रक्षाका लागि मिति २०८३/०२/२९ गते बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, पर्सामा हुने धर्नामा सहभागिताको लागि सम्पूर्ण मिडिया सञ्चालक, सञ्चारकर्मी, नागरिक समाजलाई हार्दिक आह्वान गर्दछौं ।
नेपाल पत्रकार महासंघ, पर्सा

सरकारी सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी र प्रेसको संवैधानिक हकको रक्षाका लागि मिति...
10/06/2026

सरकारी सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी र प्रेसको संवैधानिक हकको रक्षाका लागि मिति २०८३/०२/२७ गते बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, पर्सामा नेपाल पत्रकार महासंघ, पर्साको आह्वानमा भएको धर्ना ।

09/06/2026

सरकारी सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी, प्रेसको संवैधानिक हकको रक्षाका लागि मिति २०८३/०२/२७ र २९ गते बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, पर्सामा हुने धर्नामा सहभागिताको लागि सम्पूर्ण मिडिया सञ्चालक, सञ्चारकर्मी, नागरिक समाजलाई हार्दिक आह्वान गर्दछौं ।
नेपाल पत्रकार महासंघ, पर्सा

प्रेस विज्ञप्तिमिति २०८३ जेष्ठ १५नेपाल पत्रकार महासंघ, पर्सा शाखामा कायम सदस्यहरूको शुद्धीकरणको विषयलाई लिएर गठन भएको भन...
29/05/2026

प्रेस विज्ञप्ति
मिति २०८३ जेष्ठ १५
नेपाल पत्रकार महासंघ, पर्सा शाखामा कायम सदस्यहरूको शुद्धीकरणको विषयलाई लिएर गठन भएको भनिएको ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’को नाममा शाखा कार्यालयमा गरिएको तालाबन्दीबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका सूचनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासंघ, पर्सा शाखा कुनै एक व्यक्ति वा समूहको मात्र संस्था होइन । यो पर्साका सम्पूर्ण सञ्चारकर्मीहरूको साझा भरोसा, साझा सम्पत्ति र वर्षौंदेखि बनेको प्रतिष्ठाको प्रतीक हो । यस्तो संस्थालाई कुनै औपचारिक जानकारी नै नदिई सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहेको बेला केही व्यक्तिहरूले ताला लगाएर सामाजिक सञ्जालमार्फत प्रदर्शन गरिएको गतिविधि अत्यन्त दुःखद, आपत्तिजनक र संस्थाको गरिमामाथिको प्रत्यक्ष प्रहार हो । यस्ता गतिविधिले पर्सेली पत्रकारिताको एकता, विश्वास र साखमा गम्भीर चोट पु¥याएको महसुस हामीले गरेका छौं ।
सदस्यता शुद्धीकरणको सवालमा नेपाल पत्रकार महासंघ, पर्सा शाखा पूर्ण रूपमा प्रतिबद्ध छ । तर, शुद्धीकरण कुनै व्यक्तिगत आग्रह, आवेग वा दबाबमा हुने विषय होइन । यो संस्थाको विधि, विधान र विगतका निर्णयहरूको अध्ययन तथा सहमतिका आधारमा मात्रै अगाडि बढ्नुपर्ने जिम्मेवार प्रक्रिया हो ।
यसै सन्दर्भमा शाखा नेतृत्वले तत्कालीन अध्यक्ष श्री अनुप तिवारीज्यूलाई २०८३ साल जेठ ७ गते औपचारिक पत्राचार गरी ३ दिनभित्र संस्थाको निर्णय पुस्तिका, सदस्यताको अभिलेख र आर्थिक हरहिसाबलगायतका आवश्यक कागजात बुझाइदिन आग्रह गरेको थियो । तर, कागजात उपलब्ध गराएर प्रक्रिया सहज बनाउनुको सट्टा उहाँकै नेतृत्वमा संस्थाको कार्यालयमा तालाबन्दी हुनु केवल दुःखदमात्रै होइन, नियतप्रति गम्भीर प्रश्न उठाउने खालको घटना बनेको छ ।
शाखामा अहिले कायम सदस्यता निवर्तमान नेतृत्वकै कार्यकालमा कायम भएको यथार्थ एकातिर छ भने त्यही सदस्यहरूको मताधिकारबाट नेतृत्वसमेत परिवर्तन भइसकेको अवस्थामा वर्तमान कार्यसमितिलाई हस्तान्तरण गर्नुपर्ने निर्णय पुस्तिका, आर्थिक विवरण र अन्य अभिलेख अहिलेसम्म नबुझाइनु अत्यन्त चिन्ताजनक विषय हो । अझ साधारणसभा गर्ने तयारी भइरहेका बेला त्यसलाई प्रभावित पार्ने गरी भइरहेका गतिविधिले थप आशंका पैदा गरेका छन् ।
कार्यसमितिको पदस्थापनकै दिन निर्णय पुस्तिका हस्तान्तरण नगरिनु, पटकपटक आग्रह गर्दा बहाना बनाइरहनु, पहिलो बैठकले ३० दिनभित्र हरहिसाब बुझाउने निर्णय गर्दा पनि त्यसलाई बेवास्ता गरिनु, हरहिसाब साधारणसभामा बुझाउँछौं भन्दै बलमिच्याइँ गर्नु र साधारणसभाको मिति तय गर्न बैठक बोलाउँदा बारम्बार अवरोध सिर्जना हुनु, यी सबै घटनाले शुद्धीकरणको नाममा संस्थालाई अन्योल र असहजतामा राख्ने प्रयास भइरहेको हाम्रो ठहर छ ।
त्यसैले महासंघको निर्णय पुस्तिकालगायत सम्पूर्ण हरहिसाब तत्काल शाखालाई बुझाई सदस्यता शुद्धीकरण प्रक्रियामा सहयोग गर्न र शाखा कार्यालयमा लगाइएको तालाबन्दी तत्काल खोलेर संवादमा आउन पुनः आग्रह गर्दछौं । नेपाल पत्रकार महासंघ, पर्सा शाखा सदैव संवाद, सहकार्य र संस्थाको हितमा उभिएको छ । तर, संस्थाको गरिमा, पत्रकारहरूको साझा प्रतिष्ठा र कानूनी अधिकारमाथि निरन्तर प्रहार भइरहेमा शाखा आवश्यक कानूनी उपचारको बाटो रोज्न बाध्य हुने जानकारी गराउँदछौं ।

https://www.facebook.com/share/1FcAbEDsGj/
24/05/2026

https://www.facebook.com/share/1FcAbEDsGj/

पत्रकार आचारसंहिता पालनले नै सञ्चारमाध्यमको विश्वसनीयता बढ्छ : अशोक तिवारी

बिस्तृत समाचार कमेन्टमा.....

https://www.facebook.com/share/p/1C1znZkddL/
24/05/2026

https://www.facebook.com/share/p/1C1znZkddL/

अभिलाष गुप्तावीरगञ्ज, १० जेठ नेपाल पत्रकार महासंघ पर्सा को आयोजनामा पत्रकार आचारसंहिता सम्बन्धी एकदिने अनुशिक्...

21/05/2026

सरकारी विज्ञापन राज्यनियन्त्रीत सरकारी मिडियालाई मात्र उपलब्ध गराउने विभेदकारी नितिको विरोध स्वरुप नेपाल पत्रकार महासंघको आह्वानमा महासङ्घ पर्सा शाखाले आयोजना गरेको हस्ताक्षर अभियानमा सहभागिताका लागि पर्सामा क्रियाशील सम्पूर्ण संचारकर्मीहरु र नागरिक समाजलाई हार्दिक अनुरोध छ ।
मितिः२०८३-०२-०७ गते ।
स्थानः नेपाल पत्रकार महासंघ पर्साको सभाहल
समयः दिउँसो ४ बजेदेखि १ साता ।

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when FNJ PARSA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FNJ PARSA:

Share