30/10/2025
रक्सौल प्रहरी तथा बैरगनिया प्रहरीको सहकार्यमा ठूलो मात्रामा लागूऔषध नशालु औषधि बरामद
अभिलाष गुप्ता
रक्सौल १३ कार्तिक
रक्सौल प्रहरी तथा बैरगनिया प्रहरीको सहकार्यमा ठूलो मात्रामा लागूऔषध नशालु औषधि बरामद गरेको छ।बैरगनिया स्थित पटेल चौक नजिकको हनुमान मेडिको औषधि पसलको गोदाम अंसारी मार्केट, माछा बजारबाट
ठूलो मात्रामा लागूऔषध (नशालु औषधि) बरामद गरेको छ।उक्त कारवाहीमा दण्डाधिकारीको रूपमा सीओ रञ्जित कुमार, बैरगनियाका अनि बण्टी कुमार, एएसआई बलराम प्रसाद तथा एसएसबीका जवानहरू सम्मिलित थिए।