K.G.F News

K.G.F News society social work animal child women etc.

भावपूर्ण श्रद्धाञ्जलिझापा जिल्लाका युवा समाजसेवी आदरणीय सर राजा आङ्थुपो ज्यु को ममतामयी आमा स्व. पार्वती माबोहाङ (आङ्थुप...
06/06/2026

भावपूर्ण श्रद्धाञ्जलि
झापा जिल्लाका युवा समाजसेवी आदरणीय सर राजा आङ्थुपो ज्यु को ममतामयी आमा स्व. पार्वती माबोहाङ (आङ्थुपो) को आज दुःखद निधन भएको खबरले हामी अत्यन्त दुःखी एवं मर्माहत भएका छौं।
स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस् भनी भगवानसँग प्रार्थना गर्दछौं। साथै शोकसन्तप्त परिवारजन तथा आफन्तजनमा यस असह्य पीडालाई सहन गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं।
K.G.F Team परिवार
अन्त्येष्टि कार्यक्रम मिति : जेठ २४ गते, आइतबार
समय : दिउँसो १२:०० बजे
स्थान : कन्काई–माइपूर्व, सडक उत्तर, कोटिहोम समाधिस्थल

स्वर्गीय पार्वती माबोहाङ (आङ्थुपो) प्रति हार्दिक श्रद्धाञ्जलि।

सामाजिक उत्तर दाईत्य बिचार धार भएका हाम्रा समाज सेवि नवीन चन्द्र बस्नेत र अरुन कुमार डाङी ज्युको तर्फ मार्फत गरिब तथा रो...
06/06/2026

सामाजिक उत्तर दाईत्य बिचार धार भएका हाम्रा समाज सेवि नवीन चन्द्र बस्नेत र अरुन कुमार डाङी ज्युको तर्फ मार्फत गरिब तथा रोडमा पुग्न बाध्य भएका ब्याक्ती हरुको सहयोग होस भनी १० बोरा चामल उपलब्ध गराउनु भएकोमा K.G.F Team को तर्फ बाट स धन्यवाद ब्याक्त गर्नु भएको छ।

यो मानव चोला सधैव मानबता हुनु पर्छ भन्ने बिचारले सुरु भएको यो मानवीय कार्यमा तपाईं हामी सबैको दाईत्व हुन्ने भएकोले स-धन्यवाद दिन चान्छौ।

श्रीमतीको ह'त्या गरेर नेपाली ब्रो' कुमार थापाले गरे बालाजु प्रहरीमा आत्मस'मर्पण, उपचारकै क्रममा श्रीमतीको मृ'त्यु, डिभोर...
06/06/2026

श्रीमतीको ह'त्या गरेर नेपाली ब्रो' कुमार थापाले गरे बालाजु प्रहरीमा आत्मस'मर्पण, उपचारकै क्रममा श्रीमतीको मृ'त्यु, डिभोर्स मुद्दा अदालतमा विचाराधीन थियो।

काठमाडौं । टिकटकमा ‘नेपाली ब्रो’का रूपमा परिचित प्रो रेस्लर कुमार थापा श्रीमतीको ह'त्या गरेको आ'रोपमा प'क्राउ परेका छन्। प्रहरीका अनुसार शुक्रबार बेलुका बालाजुस्थित आफ्नै कोठामा धारि'लो हति'यार प्र'हार गरी श्रीमतीको ह'त्या गरेको आ'रोपमा थापालाई नियन्त्रणमा लिइएको हो। घ'टनापछि ग'म्भीर घा'इते भएकी महिलालाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको नि'धन भएको छ।घटनापछि थापा आफैं बालाजु प्रहरी वृत्तमा आत्मस'मर्पण गर्न पुगेका थिए। उनलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनु'सन्धान भइरहेको प्रहरीले जनाएको छ।स्रोतका अनुसार थापा दम्पतीबीच लामो समयदेखि पारिवारिक वि'वाद थियो र सम्बन्ध विच्छेदको मु'द्दा समेत अदालतमा विचाराधीन थियो। वास्तविक नाम कुमार थापा रहेका उनी प्रो रेस्लिङ खेलाडी हुन्। पछिल्लो समय उनी सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा ‘नेपाली ब्रो’ नामले चर्चित थिए। प्रहरीले घ'टनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको ।।

दमककी रमा तिवारी हत्या प्रकरण ३० वर्षीय भारतीय युवक पक्राउ। यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्रा...
05/06/2026

दमककी रमा तिवारी हत्या प्रकरण ३० वर्षीय भारतीय युवक पक्राउ।

यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुंग्याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भारतीय नागरिक दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आएको खुलेको छ। प्रहरी स्रोतका अनुसार मृतक तिवारी र आरोपितबीच घटनाअघि चिनजान रहेको देखिएको छ।

अनुसन्धानबाट प्राप्त विवरणअनुसार आरोपितले दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा रमा तिवारीसँग दुई पटक शारीरिक सम्पर्क राखेका थिए। त्यसबापत प्रत्येक पटक एक हजार रुपैयाँ उपलब्ध गराएको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि रकमको विषयलाई लिएर दुवैबीच विवाद भएको थियो।

प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार सोही विवाद उग्र बन्दै जाँदा आरोपितले तिवारीको घाँटी थिचेर हत्या गरेका थिए। हत्या पश्चात् घटनालाई लुकाउन शवलाई मोटरसाइकलमा राखी दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि लगेर फालिएको अनुसन्धानबाट खुलेको छ।

गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र महिलाको शव फेला परेपछि घटनाले व्यापक चर्चा पाएको थियो। शवको पहिचान भएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो। घटनापछि केही दिनसम्म प्रहरीले हत्याको कारण र संलग्न व्यक्तिबारे स्पष्ट निष्कर्ष निकाल्न नसकेको अवस्था रहेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धानका लागि प्राविधिक विश्लेषण, मोबाइल विवरण, स्थानीय सूचनालगायतका आधार प्रयोग गरेको जनाएको छ। अनुसन्धानको क्रममा संकलित प्रमाणका आधारमा भारतीय नागरिकलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार घटनाको सम्पूर्ण विवरण, आरोपितको परिचय, पक्राउ प्रक्रिया तथा अनुसन्धानबाट खुले छ।

05/06/2026

दुखद समचार
मेचि राजमार्ग अन्तर्गत पाँचथर हिलिहाङ ६ चतुरे बजार छेउ मा बिर्तामोड बाट ताप्लेजुङ को तेल्लोक जादै गरेको १३ जना यात्रु बोकेको बुलेरो गाडी सडकबाट करिब २५ मिटर तल झरेको छ यात्रु घाइते भएका छ्न् । उनीहरुलाई एम्बुलेन्स मार्फत जिल्ला अस्पताल पाँचथर पठाइएको छ!
घाइते सबैलाई सिघ्र स्वास्थ लाभको कामना !

05/06/2026

“भोकालाई खाना, प्यासिलाई पानी, बिरामीलाई उपचार — यही नै सबैभन्दा ठूलो मानव सेवा हो।
KGF टिमको यात्रा मानवता, माया र सेवाको बाटोमा निरन्तर अघि बढिरहेको छ। सडकमा भोक, प्यास र रोगसँग संघर्ष गरिरहेका बुबा–आमा, दाजुभाइ, दिदीबहिनी र निर्दोष पशुपन्छीको सहारा बन्ने हाम्रो सानो प्रयास जारी छ।
मानवता जिउँदो रहोस्, सेवा कहिल्यै नरोकियोस्।
सम्पर्क को लागि निम्न नम्बर
येहाङ लाबुङ 981-5908111
बिक्रम सुब्बा -9814997887
आधार घिमिरे -982-3153447

04/06/2026

बिगत ७ महिना देखि KGF टिम निरन्तर सडकमै छ।
गरिब, दुखी, असहाय, निमुखा तथा सडकमा जीवनयापन गर्न बाध्य बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई निरन्तर खाना खुवाउने, उद्धार गर्ने र बिरामी बुबाआमाको उपचार गराउने कार्यमा हामी लागिरहेका छौं।
सडकको पीडा बुझ्दै, भोकै पेटमा रात कटाइरहेका मानवहरूको सहारा बन्ने सानो प्रयास स्वरूप KGF टिम दिनरात मानव सेवामै समर्पित छ।
मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने विश्वासका साथ हाम्रो यो अभियान निरन्तर अगाडि बढिरहेको छ।
सडकमै पुगेर एक छाक खाना खुवाउँदा उहाँहरूको अनुहारमा देखिने मुस्कान नै हाम्रो सबैभन्दा ठूलो शक्ति र प्रेरणा बनेको छ।
आगामी दिनहरूमा पनि मानव सेवाको यो यात्रा अझ मजबुत रूपमा अघि बढाउने प्रतिबद्धता गर्दछौं।

झापा मेचीनगर नगरपालिका–७ सतीघट्टामा आज बेलुका भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।बेलुका करिब ५:२५ बजे मे १ क ३...
03/06/2026

झापा मेचीनगर नगरपालिका–७ सतीघट्टामा आज बेलुका भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
बेलुका करिब ५:२५ बजे मे १ क ३९१ नम्बरको होली बेल इङ्लिस स्कुलको बस र मे ९ प ९००४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ। दुवै जनाको शव थप प्रक्रिया तथा पहिचानका लागि भद्रपुर स्थितमेचि प्रदेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भारतको नयाँ दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको एक होटल तथा रेस्टुरेन्ट भवनमा आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको ...
03/06/2026

भारतको नयाँ दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको एक होटल तथा रेस्टुरेन्ट भवनमा आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये अधिकांश विदेशी नागरिक रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। आगलागीपछि ४० भन्दा बढी व्यक्तिको उद्धार गरिएको छ भने घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।

हिजो गौरादह र दमकको सिमानामा रहेको रतुवा पुल मुनि बोरामा प्याक गरिएको अवस्थामा फे ला परेको शवको पहिचान खुलेको छ । झापा द...
31/05/2026

हिजो गौरादह र दमकको सिमानामा रहेको रतुवा पुल मुनि बोरामा प्याक गरिएको अवस्थामा फे ला परेको शवको पहिचान खुलेको छ । झापा दमक नगरपालिका ८, बसन्त टोल निवासी नारायण तिवारीकी २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको उनका बुवा नारायण तिवारी र आमा मुना तिवारीले श व हेरेर आज सनाख त गरेका जिल्ला प्रह री झापाले जनाएको छ । प्रहरीका अनुसार रमा तिवारी जेठ १३ गते राति करिब ९:३० बजे घरबाट आफैं निस्किएकी थिइन् । त्यसपछि उनी घर नफर्किएको बुझिएको छ ।

Address

Birta
57204

Website

Alerts

Be the first to know and let us send you an email when K.G.F News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share