YOURS TV HD

YOURS TV HD सुचना मनोरञ्जन र ताजा अपडेट को लागि हा

14/12/2022

फौजदारी अपराधका दोषीलाई जेलमुक्त गर्न सरकारले ल्याएको अध्यादेश आफ्नो पार्टीले विरोध गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । सरकारले ल्याएको अध्यादेश सर्वथा गलत रहेको भन्दै महामन्त्री थापाले आफ्नो पार्टी त्यसको विरोधमा उत्रने पनि बताए ।

14/12/2022

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतारमा जारी फिफा विश्वकपको फाइनल खेलेसँगै आफ्नो विश्वकप यात्रा सकिने बताएका छन्।मंगलबार राती भएको क्रोएसियाविरूद्धको खेलमा ३-० को जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले अर्को विश्वकप आफूले नखेल्ने बताएका हुन्।

13/12/2022

झापामा लागु औषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दमक नगरपालिका- ९ निवासी ४५ वर्षीया तुलमाया तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शङ्का लागी चेक जाँच गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने लिस्याइलो पदार्थ ५ ग्राम फेला परेको हो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

13/12/2022

दाङमा प्रहरी हिरासतभित्रै श्रीमानलाई लागुऔषध ब्राउन सुगर दिन खोज्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ की २६ वर्षीया शान्ति खड्का घर्ती रहेको प्रहरीले जनाएको छ ।

13/12/2022

काठमाडौंको बाजाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धाको हत्या भएको छ ।
तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार वडा नम्बर–३ मा पर्ने जंगलमा मंसिर २२ गते मृतावस्थामा फेला परेकी थिइन् ।
उनको टाउकोमा गम्भीर चोट देखिएको छ । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

13/12/2022

रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रभु साहले नयाँ पार्टीको नाम टुंगो लगाएका छन् । लामो आन्तरिक गृहकार्य र छलफलपछि साहले ‘आमजनता पार्टी’ नाम जुराएका छन् ।

13/12/2022

सेयर बजार मंगलबार झिनो अंकले ओरालो लागेको छ।

बजार आज २.५७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९९.७० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले घटेर ३७१.३० को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर पौने १ अर्ब रुपैयाँ बढीको भएको छ।

12/12/2022

समानुपातिक सांसद चयनबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद देखिएको छ । पोखरास्थित राप्रपाको प्रदेश कार्यालय र कास्की जिल्ला कार्यालयमा तालाबन्दी गरिएको छ भने प्रदेश अध्यक्ष पञ्चराम गुरुङको तस्बिरलाई तोडफोड गरी भुइँमा फ्याँकिएको छ ।
राप्रपाले समानुपातिक सांसदको सूची शनिबार अबेरमात्रै तय गरेको थियो ।

10/12/2022

नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्धको आन्दोलनमा बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलका करिब एक लाख समर्थक शनिबार ढाकामा भेला भएका छन् ।
विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सबै सात सांसदले उक्त कार्यक्रममा संसद्बाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै देशको विधायिकालाई मुख्यतया रबर स्ट्याम्पको रूपमा छोड्नेछ ।
पश्चिमा सरकार र संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् ।

10/12/2022

नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न स्थायी कमिटि सदस्यद्वय घनश्याम भुसाल र प्रभु साहसहितका नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।

10/12/2022

अर्घाखाँचीको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान कार दुर्घटना हुँदा एकै घरपरिवारका ५ जना घाइते भएका छन् । सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको कार सडकबाट करिब ८० मिटर तल सितखोलामा खसेर दुर्घटना भएको हो ।

09/12/2022

सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै संसद सचिवालयका महासचिव भरत गौतमले लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले उक्त अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

Address

Birtamod
Birtamod

Telephone

+9779817999931

Website

Alerts

Be the first to know and let us send you an email when YOURS TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to YOURS TV HD:

Share