16/10/2022
मुख्य समाचार
|| पाल्पा उद्योग वाणिज्य संघको ६७ औं वार्षिक साधारण सभा || पाल्पामा अरिङ्गाल खान खोज्दा आफ्नै ज्यान गयो ! || विपदमा सुरक्षित उद्दारका लागि सुरक्षा निकायको तानसेनमा अभ्यास प्रदर्शन || बगनासकालीले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बितरण || पाल्पाकी एक्लि महिला उम्मेद्वार मतदाताकाे घरदैलाेमा ! || राजनीतिक स्थिरता कायम गर्नका लागि गठबन्ध : बराल || एमाले पाल्पामा पहिरो : जिल्ला तहका नेताहरु एकिकृत समाजवादीमा प्रवेश !
विपदमा सुरक्षित उद्दारका लागि सुरक्षा निकायको तानसेनमा अभ्यास प्रदर्शन
रानीमहल संवाददाता || २९ आश्विन २०७९,शनिबार ०८:१४
पाल्पा – विपद्का बेला सुरक्षा निकायले गर्ने उद्दारको नमूना अभ्यास गरिएको छ । नेपाली सेना, शसत्र प्रहरी तथा जनपथ प्रहरीको संयुक्त टोलीले शुक्रबार तानसेनमा विपद्का घटनामा परेका नागरिकको उद्दारमा अपनाउन सकिने छ प्रकारका अभ्याससहित प्रदर्शन गरेको हो ।
विपद्का घटना जस्तै अग्ला खोचमा खसेका, दुर्घटनाबाट भीरमा फसेका गम्भीर घाइते, अचेत अवस्थाका व्यक्तिलाई सुरक्षित रुपमा उद्दार गर्न सुरक्षाका टोलीले नमूना प्रदर्शन गरेको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायले अभ्याससहितको प्रदर्शन गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो ।
टोलीले टप रोप क्लाम्बिङ्, सिलिङ् एण्ड क्याराविनर ¥यापेलिङ्, फिक्स रोप क्लाम्बिङ्, काउण्टर व्यालेन्स रेस्क्यू, हाई लाइन रोप रेस्क्यु तथा ओभर ह्याङ् ¥यापेलिङ् जस्ता प्रदर्शन गरेका थिए ।